रसुवाको बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा जुम्लाको पातारासीका परिवार दिन गन्दै बसेका छन्। गत भदौ १० गतेको विनाशकारी बाढीमा आफ्ना मान्छे गुमाएका परिवारको पीडा अझै उस्तै छ। आफन्तको अवस्था के भयो भन्ने टुंगो छैन।
यही अनिश्चितताबीच मंगलबार जिल्ला प्रशासन कार्यालय जुम्ला स्वास्थ्यकर्मी र मनोपरामर्शदातासहित पीडितको घरदैलोमा पुगेको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मी, आवश्यक स्वास्थ्य जनशक्ति तथा मनोपरामर्शदातासहितको टोली पातारासी गाउँपालिकामै पुगेर बेपत्ता व्यक्तिका परिवारको डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।
बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण गर्नाका साथै पीडित परिवारलाई राहत तथा मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको छ। आफन्तको अवस्था थाहा नहुँदा दिनरात पीडामा रहेका परिवारका लागि प्रशासनको टोली गाउँमै पुग्नु केही राहत बनेको छ।
प्रमुख जिल्ला अधिकारी प्रसाईंले पातारासी गाउँपालिकालाई बाढी प्रभावित तथा बेपत्ता परिवारको यथार्थ विवरण तीन दिनभित्र उपलब्ध गराउन अनुरोध गरे। प्रभावित परिवारको संख्या, उमेर, पारिवारिक अवस्था तथा उनीहरूको वर्तमान अवस्थासहितको तथ्यांक व्यवस्थित रूपमा संकलन गरी प्रशासनलाई उपलब्ध गराउन उनले आग्रह गरेका हुन्।
वास्तविक पीडित परिवार पहिचान गरी राहत, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा अन्य आवश्यक सहयोग प्रभावकारी रूपमा पुर्याउन तथ्यांक आवश्यक रहेको प्रसाईंले बताए।
प्रमुख जिल्ला अधिकारी प्रसाईंले अभियन्ता युवा उपेन्द्र बुढ्थापालगायतका युवाले संकलन गरेको खाद्यान्न तथा हुम्ला, पातारासी र मुगु क्षेत्रलगायत विभिन्न स्थानका मनकारी व्यक्ति तथा व्यवसायीबाट प्राप्त नगद रकम पीडित परिवारलाई हस्तान्तरण गरेका छन्।
अभियन्ता उपेन्द्र बुढ्थापालगायत युवाहरूको टोलीले चामल, तेल, बालबालिकाका चप्पल, कपडा, चिउरा, भुजा, बिस्कुट, चाउचाउलगायतका खाद्य तथा आवश्यक सामग्री संकलन गरी गाउँपालिकामार्फत पीडित परिवारलाई हस्तान्तरण गरेको छ।
प्रसाईंले विपद्को यस दुःखद घडीमा पीडित परिवार एक्लो नरहेको बताए। जिल्ला प्रशासन र सबै सरोकारवाला निकाय पीडितको साथमा रहेको उनको भनाइ छ।
“दुःखको यो घडीमा प्रशासन सधैँ पीडित परिवारको साथमा रहनेछ,” प्रसाईंले भने।
उनका अनुसार पातारासी गाउँपालिकाले तत्कालका लागि १४ लाख ७० हजार रुपैयाँ उपलब्ध गराएको छ। प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको हो।
त्यसैगरी सामाजिक तथा मानवीय भावनाका साथ विभिन्न व्यक्ति तथा व्यवसायीबाट संकलित ५ लाख ७७ हजार ४ सय १७ रुपैयाँ जम्मा बाढीमा परी बेपत्ता भएका पातारासीका परिवारलाई तत्काल प्रतिपरिवार ४१ हजार रुपैयाँका दरले नगद वितरण गरिएको छ।
मानवीय संवेदनाले जुटेको उक्त सहयोगमा पातारासी गाउँपालिका–२ का जंगविर बोहराले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। बोहराले आफू सहित पीडितको घाउमा मलम लगाउन २३ जना व्यक्तिबाट सहयोग संकलन गरेका हुन्।
रामचन्द्र पौडेल, कृष्णबहादुर पुन र छिरिङ फुन्जो लामाले जनही ५० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। छबिलाल लामाले ३५ हजार, कुन्जाङ टसी लामाले ३० हजार, कैलाशचन्द्र शर्माले २५ हजार ५, तेजबहादुर बम, धुर्बकुमार बैज्य र फुन्जोक लामाले जनही २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
ग्याला लामा, पामा लामा र उर्गेन तामाङले जनही २० हजार, सर्किल जस्पाटले १५ हजार, कर्मी तुङ्गु लामाले १० हजार ९ सय ५०, सूर्य कठायत (सूर्य साउजी) ले १० हजार १ सय २५ र विजय लामाले १० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
पेमा छिरिङ लामा र गुनराज घिमिरेले जनही १० हजार, कुन्साङ लामाले ७ हजार ७ सय ७७, जयबहादुर कठायतले ७ हजार, नैसाङ नुर्बु तामाङले ५ हजार ५ र पूर्णबहादुर रोकायाले ५ हजार रुपैयाँ सहयोग गरेका छन्।
यसरी विभिन्न ठाउँमा रहेका २३ जना व्यक्ति तथा व्यवसायीबाट संकलित कुल ५ लाख ७७ हजार ४ सय १७ रुपैयाँ पातारासीका बाढीपीडित परिवारका लागि जुटेको हो।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जुम्लाले हरेक वर्ष बाढी, चट्याङ, आगलागीलगायतका विपद्का कारण मानवीय क्षति व्यहोर्दै आएको तीतो यथार्थ सुनाए।
यसपटक रसुवामा आएको बाढीले पातारासीका परिवारमा ठूलो मानवीय क्षति र पीडा थपेको उनले बताए। पीडित परिवारलाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै उनले दुःखको घडीमा मन बलियो बनाउन र पीडालाई शक्तिमा बदल्दै अघि बढ्न आग्रह गरे।
पातारासी गाउँपालिकाका अनुसार रसुवामा आएको बाढीमा परी हालसम्म पातारासीका ४९ जना सम्पर्कविहीन छन्। जसमध्ये पातारासी–४, लाम्री गाउँका मात्रै १५ जना छन्। तिर्खु गाउँका ९ जना, उक्त गाउँपालिका–५, जम्ना गाउँका २ जना, माथिल्लो लोर्पा गाउँका १० जना, तल्लो लोर्पाका ४ जना, गाउँपालिका–२ को तल्फी गाउँका १ जना र उक्त गाउँपालिका–६ को बाता गाउँका ८ जना छन्।
जुम्लाको चन्दननाथ नगरपालिकाका ४ जना, सिंजा गाउँपालिकाका १ जना र गुठिचौरका ९ जना सम्पर्कविहीन छन्।
भने, सम्पर्कमा आएका पातारासी गाउँपालिकाका अहिलेसम्म २४ जना, गुठिचौरका १ जना, सिंजा गाउँपालिकाका ३ जना, हिमाका १ जना र कनकासुन्दरी गाउँपालिकाका १ जना छन्।
यता, गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बाढीपीडितका लागि आवश्यक कानुन निर्माण गरी राहत तथा सहयोगलाई व्यवस्थित बनाउने बताए।
जुम्लाका अन्य स्थानीय तह, विभिन्न सहयोगी संस्था तथा व्यक्तिबाट प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत संकलन र वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।