तीन हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार
२३ साउन २०८२
•
३ मिनेट पाठ
तीन हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार
अर्घाखाँची जिल्लामा तीन हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। जिल्लामा आठ हजार ५४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकामा ३६.४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको हो।




जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालले जिल्लामा २१ हजार २४७ हेक्टर जमिनमा खेती भइरहेको जानकारी दिए। त्यसमध्ये आठ हजार ५४४ हेक्टर सिँचाइयोग्य जमिन रहेकामा तीन हजार ११८ हेक्टरमा सिँचाइ सुविधा पुगेको उनले बताए।

जिल्लास्थित जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालयले आयोजित वार्षिक प्रगति समीक्षामा डिभिजन प्रमुख भुसालले एक वर्षमा १२३ सिँचाइ आयोजना सम्पन्न भएको जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरका १३३ मध्ये १२३ आयोजना सम्पन्न भएका, दुई आयोजना कार्यान्वयनको चरणमा छन् र आठ आयोजना मापदण्डअनुसार नभएकाले तिनमा काम भएको छैन।

गत आर्थिक वर्षमा कार्यालयको कुल बजेट १६ करोड ७५ लाखमध्ये १४ करोड ४९ लाख ४५ हजार खर्च गरी भौतिक प्रगति ९७.९९ प्रतिशत र वित्तीय प्रगति ८६.५३ प्रतिशत भएको कार्यालयका लेखापाल शिवहरि खनालले जानकारी दिए।

कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने अर्घा कन्स्ट्रक्सन, समयभन्दा अगावै उत्कृष्ट कार्यसम्पादन गर्ने लुम्बिनी निर्माण सेवा, उत्कृष्ट रूपमा आयोजना कार्यान्वयन गर्ने चौवाटार जलस्रोत उपभोक्ता समिति र ३६ वर्षसम्म (कार्यालयको संस्थापक कर्मचारीका रूपमा) काम गरेर अनिवार्य अवकाश हुने डम्बरबहादुर खत्रीलाई सम्मान गरेको छ।

जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले सिँचाइ विकास डिभिजनले असारे विकास रोकेर जेठ मसान्तसम्म सबै योजना सम्पन्न गरी भुक्तानी गरेकोमा प्रशंसा गर्दै सिँचाइबिना कृषि उत्पादन नबढ्ने बताए।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हरेक कार्यालयका विकास निर्माणका गतिविधिमा जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर काम गर्ने बताए।

कार्यक्रम जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका लेखापाल शिवहरि खनालको स्वागत मन्तव्य र सूचना अधिकारी रामजी भट्टराईको सञ्चालनमा सम्पन्न भयो।

समीक्षा कार्यक्रममा शीतगङ्गा नगरपालिका प्रमुख छविलाल पौडेल, भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेलगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रतिनिधि, सिँचाइ र जलउपभोक्ता, सञ्चारकर्मीलगायतको सहभागिता थियो।

जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीअन्तर्गत जरेखोला बगाले ५०० फाँट सिँचाइ योजना सन्धिखर्क–४ र छत्रदेव–६ को कार्य निर्माण सम्पन्न गर्नुपर्ने म्याद एक वर्ष रहेकामा लुम्बिनी निर्माण सेवा, सन्धिखर्क–८ ले दुई महिना १८ दिनमा सम्पन्न गरेको सिँचाइ कार्यालयका डिभिजन प्रमुख भुसालले जानकारी दिए।

उनका अनुसार लुम्बिनी निर्माण सेवा, सन्धिखर्क–८ का प्रोपाइटर नारायण पौडेलले निर्माण सम्पन्न गर्नुपर्ने म्याद एक वर्ष रहेकामा दुई महिना १८ दिनमा सम्पन्न गरी अब्बल निर्माण व्यवसायीका रूपमा स्थापित भएका छन्। रासस
अर्को समाचार
एक वर्षभित्र १०७ सिँचाइ योजना सम्पन्न : ८० हेक्टर जमिनमा थपियो सुविधा
३१ असार २०८३
•
२ मिनेट पाठ
एक वर्षभित्र १०७ सिँचाइ योजना सम्पन्न : ८० हेक्टर जमिनमा थपियो सुविधा
बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन्। ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ।




जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत ११४ सिँचाइ योजनामध्ये १०७ वटा सम्पन्न भएका छन्। सिँचाइ कुलो र नदी नियन्त्रणका लागि रु १२ करोड ६६ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो।

कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार योजना सम्पन्न भएपछि ८० हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ। यससँगै जिल्लामा ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उनले बताए।

आचार्यका अनुसार स्वीकृत ११४ योजनामध्ये सात वटा विभिन्न कारणले कार्यान्वयन हुन सकेनन्। प्राविधिक समस्या, स्थलगत कठिनाइ, ठूलो लागतका योजना भए पनि पर्याप्त बजेट नहुनु र अन्य कारणले ती योजना रोकिएका हुन्।

निसीखोलाको एउटा योजना ढोरपाटन सिकार आरक्षभित्र परेकाले काम गर्न नसकिएको उनले बताए। केही योजनामा लागत धेरै भए पनि बजेट कम भएकाले कार्यान्वयन हुन सकेन।

जाउलेपानी-मधु सिँचाइ योजना आरक्ष क्षेत्रभित्र परेकाले रोकिएको हो भने खाराखेतदेखि भब्रेटा-झिङ्गलबारी-रातामाटा-घम्सिन-सोरबोट-खप्तरीबाङ सिँचाइ योजना लिफ्टिङ प्रणालीबाट सञ्चालन गर्नुपर्ने भएकाले प्राविधिक रूपमा कार्यान्वयन गर्न कठिन भएको उनले बताए।

यस्तै, बागपानी-कटुवाल डेरा सिँचाइ योजना, निसीखोला-५ का लागि दुई पटक ठेक्का आह्वान गर्दा पनि कुनै निर्माण कम्पनीले आवेदन नदिएको उनले जानकारी दिए।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुजन खड्काले ठूलो लागतका योजनामा पर्याप्त बजेट नआउँदा कार्यान्वयनमा समस्या भएको बताए। रु एक करोड लागतको योजनामा १० लाख मात्र बजेट आउँदा काम गर्न चुनौती भएको उनको भनाइ छ।

उनका अनुसार केही योजनाको स्रोत सुनिश्चित गरी आगामी आर्थिक वर्षदेखि बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गर्ने गरी ठेक्का लगाइएको छ। काठेखोलाको रेश, बडिगाडको मालारानी र तमानखोलाको नर्जाखानीलगायत योजना १५ वटा प्याकेजमा ठेक्का लगाइएको उनले जानकारी दिए।

‘हामीले नयाँ संरचना निर्माण गर्नुका साथै पुराना सिँचाइ कुलोको मर्मत पनि गरेका छौँ,’ प्रमुख खड्काले भने, ‘सिँचाइ सुविधा पुगेपछि केही बाँझो जमिनमा पनि यस वर्ष धान रोपिएको छ।’ रासस
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस