मानव तस्करमाथि अनुसन्धान कमजोर
०६ असोज २०८३
•
४ मिनेट पाठ
मानव तस्करमाथि अनुसन्धान कमजोर
भिजिट भिसा दुरुपयोग गरी कामका लागि विदेश जाने प्रवृत्ति रोक्न सरकारैपिच्छे मापदण्ड बने पनि बेथिति रोकिएको छैन।




सरकारैपिच्छेका मापदण्डले न नागरिकले सुबिस्ता पाएका छन् न कर्मचारीदेखि बिचौलियासम्मको असुली धन्दा रोकिएको छ। श्रम स्वीकृत नलिईकन भिजिट भिसामा खाडी मुलुक जाने नेपाली जोखिममा पर्न थालेपछि सरकारले पटकपटक मापदण्ड बनाएको छ। ती मापदण्डले जोखिम मोलेर विदेश जाने प्रवृत्तिमा कमी ल्याउन पनि सकेका देखिँदैन।

२०८२ साल जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान अयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत सहसचिव तीर्थ भट्टराईलाई पक्राउ गर्‍यो। भिजिट भिसामा खाडी मुलुक जानेसँग पैसा असुलेको आरोपमा भट्टराईलाई अख्तियारले पक्राउ गरेर मुद्दा चलायो। विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश दियो। 

तत्कालीन सरकारले श्रम स्वीकृति नलिईकन मानव तस्करको प्रभावमा परी भिजिट भिसामा खाडी मुलुक जाने नेपाली अलपत्र परेको भन्दै त्यसो हुन नदिन ६ बुँदे मापदण्ड जारी गर्‍यो। तर त्यसकै आडमा विदेश जानेबाट पैसा असुल्ने धन्दा चल्यो। तत्कालीन सरकारले भिजिट भिसामा खाडी मुलुक जान ६ महिना अवधि भएको राहदानी, सम्बन्धित देशको भिसाबाहेक दुईतर्फी हवाई टिकट, भ्रमण अवधिभर बस्न होटल बुकिङ, आफन्तको घरमा बस्ने भए तीन पुस्ताभित्रको नाता खुल्ने प्रमाणपत्र, पाँच सय अमरिकी डलर देखाउनुपर्ने मापदण्ड राखेको थियो।

महिलाका लागि वडा कार्यालयको सिफारिस र विवाहितको हकमा पति र अविवाहितको हकमा बुबाको स्वीकृतसमेत देखाउनुपर्ने भनिएको थियो। भिजिट भिसाका नाममा काम गर्न जानेले बिचौलियामार्फत सबै कागजात नक्कली बनाउने गरेको अनुसन्धानबाटै खुलेको थियो। मापदण्ड पालना गराउने संयन्त्रमा बसेका व्यक्तिहरूले नै २ सय ५७ जनासँग पैसा असुलेको अनुसन्धानबाट खुलेको थियो। भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकसहित राजनीतिक नेतृत्वमाथि पनि अनुसन्धान गर्नुपर्ने दबाब जनस्तरबाट आए पनि अख्तियारले त्यसलाई दोस्रो चरणमा राख्यो।

सरकारले भिजिट भिसामा विदेश जान विभिन्न मापदण्ड बनाए पनि त्यो प्रभावकारी भएन। श्रम स्वीकृति लिएर र भिजिट भिसामा खाडी जाने नेपालीको संख्या बराबरजस्तै थियो। सन् २०२४ मा खाडी मुलुकमा जान श्रम स्वीकृति लिनेको संख्या ८ लाख ५६ हजार र भिजिट भिसामा जानेको संख्या ८ लाख ५८ हजार ९४ रहेको अध्यागमन विभागको तथ्यांक छ। २०८० सालमा ६ बुँदे मापदण्ड बनाउनुअघि २०७९ मा १७ बुँदे मापदण्ड बनाइएको थियो।

खाडी मुलुकमा हुने श्रमशोषण तथा मानव तस्करी रोक्न सरकारले नयाँ नयाँ मापदण्ड बनाए पनि बिचौलिया र मानव तस्करलेले विदेश जान चाहनेबाट पैसा असुलेर उनीहरूलाई नक्कली कागजात बनाइदिने गरेका थिए। त्यसको जाँच गर्ने कुनै प्रविधि अध्यागमन विभागमा अहिले पनि छैन। अध्यागमनका कर्मचारीदेखि एयरलाइन्सका कर्मचारीसम्मले घुस लिएर विदेश पठाउने गिरोहलाई साथ दिएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले २०८० मंसिरमा सात जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो।

अख्तियारको कारबाहीपछि तत्कालीन सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा अध्यागमन सुधारसम्बन्धी अध्ययन समिति बनायो। त्यही समितिले सरकारले बनाएको मापदण्डअनुसार कागजात जाँच गर्ने प्रणाली नभएको भन्दै प्रणाली बनाउन सिफारिस गर्‍यो। नक्कली कागजात बनाउनेदेखि नक्कली होटल बुकिङ, दुई तर्फी हवाई टिकट बनाउने धन्दामा गिरोह नै सक्रिय रहेको पाइयो।

समितिले बुझाएको प्रतिवेदनकै आधारमा गत कात्तिकदेखि सरकारले मापदण्डलाई तीन बुँदामा झारेको छ। अहिले भिजिट भिसामा विदेश जाने ६ महिना अवधि भएको राहदानी, सम्बन्धित देशको भिसा र टिकट भए पुग्छ। तर त्यसरी जानेले जोखिममा परे आफैंले बेहोर्ने भनेर स्वघोषणा गर्नुपर्ने हुन्छ।

दोहोरो हवाई टिकट नै नक्कली
भिजिट भिसामा विदेश जानेले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा दुईतर्फी हवाई टिकट देखाउने गरेका छन्। तर अधिकांशले अध्यागमन पार गरेपछि टिकट रद्द गर्छन्।

सन् २०२२ देखि २०२५ सम्म भिजिट भिसामा विदेश जानेले विभिन्न १३ वटा ट्राभल एजेन्सीबाट दुइतर्फी ११ हजार ५ सय ७५ थान टिकट बुकिङ गरेकोमा ३७ सय १९ जनाले रद्द गरेको अनुसन्धानबाट खुलेको छ। यसबाट भिजिट भिसाका नाममा श्रम स्वीकृति नलिईकन खाडी मुलुक पठाउने गिरोहमा ट्राभल एजेन्सीदेखि एयरलायन्ससम्म संलग्न रहेको बुझिन्छ।

एयरलायन्स कम्पनीले पहिला टिकट बुकिङ गर्ने र पैसा नबुझाउनेलाई विमानस्थलबाटै फिर्ता पठाउने गरेका थिए। भिजिट भिसामा लगाइएको मापदण्ड रोजगारीका लागि विदेश जाने नेपाली असुरक्षित नहोउन भन्नका लागि हो।

तर मापदण्ड पालनाका नाममा नक्कली कागजात बनाउने गिरोहदेखि त्यसैका नाममा घुस खाने कर्मचारीसम्मले अध्यागमनलाई बदनाम गराएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन्। ‘हामीले अनुहार हेरेर कसैलाई विदेश जान दिनेनदिने निर्णय गर्न सक्ने कुनै कानुन छैन। त्यो नागरिकको संवैधानिक अधिकार हो,’ तिवारीले भने। 
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस