प्रधानमन्त्री कार्यालयको निर्देशनलाई वेवास्ता गर्दै अवैध मोबाइल क्रसरको ताण्डव, बागमती नदीको निर्बाध दोहन
१८ जेष्ठ २०८३
•
४ मिनेट पाठ
प्रधानमन्त्री कार्यालयको निर्देशनलाई वेवास्ता गर्दै अवैध मोबाइल क्रसरको ताण्डव, बागमती नदीको निर्बाध दोहन
सर्लाहीको बागमती नदी मै अवैध मोबाइल क्रसर लगाएर व्यापक मात्रामा दोहन कार्य गरिरहेको पाइएको छ ।




सर्लाही स्थित बगमती नदिको विभिन्न घाटमा भइरहेको अबैध उत्खननलाई तत्काल रोक्न प्रधानमन्त्री मन्त्री कार्यालयबाट लिखित रुपमै पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत समेत उत्खनन रोक्न निर्देशन भएको थियो ।

बागमती नदिमा भइरहेको अबैध उत्खनन एवं दोहन रोक्न प्रधानमन्त्री कार्यालयको सचिवालयबाट गत बैशाख २४ गते नै ८ वटा बुन्दा उल्लेख गरि तत्काल दोहन रोक्न निर्देशन जारी भएको थियो । तर निर्देशन जारी भएको महिनौ बित्न लाग्दा नदि दोहन रोकिएको छैन ।

नदीजन्य पदार्थ उत्खनन, संकलन, ओसारपसार तथा बिक्री–वितरण नियमन गर्ने निकायहरूकै संरक्षण र मिलेमतोमा नदी दोहन भइरहेको आरोप स्थानीयवासी लगाउदै आएका छन ।

सर्लाहीको बसबरिया गाउँपालिकाले बिगत दुइ वर्ष देखि नदीजन्य पदार्थ उत्खननका लागि कुनै ठेक्का नलाए पनि बागमती नदी, बुढी बागमती र एकादशी नदिमा सातवटा मोबाइल क्रसर सञ्चालन गरी दिनरात ढुंगा, गिटी, बालुवा र बोल्डर उत्खनन गरिरहेका छन।  

स्थानीयका अनुसार दैनिक सयौं ट्र्याक्टर र टिपरमार्फत नदीजन्य पदार्थ निर्बाध रूपमा निकासी हुँदै आएको छ।

बसबरिया गाउँपालिका अध्यक्ष राम सिंहासन राय यादवले  गाउँपालिकाले उत्खननको ठेक्का नलगाएको स्वीकार गर्दै बागमती र एकादशी खोलाको बगरमा क्रसर सञ्चालन भइरहेको प्रतिक्रिया दिए  ।  

अवैध उत्खनन रोक्ने जिम्मेवारी स्थानीय तहसँगै प्रहरी प्रशासन समेतको पनि भएको उल्लेख गर्दै शक्तिशाली समूहका अगाडि आफूहरू निरीह बनेको दुखेसो पोखे ।

स्थानीयवासीले भने गाउँपालिका, प्रहरी प्रशासन तथा अन्य सम्बन्धित निकायको मिलेमतोमा अवैध क्रसर सञ्चालन भइरहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार उत्खनन तथा ओसारपसारमा संलग्न व्यक्तिहरूले बाटोमा रहेका प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलका बेस क्याम्पसँग समेत समन्वय गरी कारोबार सञ्चालन गर्दै आएका छन्।

नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारमा इलाका प्रहरी कार्यालय बरहथवा, प्रहरी चौकी हजरिया, प्रहरी चौकी मानपुर, सशस्त्र प्रहरी बेस क्याम्प मनुसमारा तथा सुन्दरपुर चोहर्वालगायत सुरक्षा निकाय प्रभावित भएको स्थानीयको आरोप छ। विरोध गर्नेहरूलाई उल्टै धम्की र दबाब दिइने गरेको स्थानीयको भनाइ छ।

बसबरिया गाउँपालिका–२ का वडाध्यक्ष बिन्देश्वर यादवले सबै पक्षको मिलेमतोमा लामो समयदेखि नदी दोहन भइरहेको दाबी गर्दै अवैध उत्खननको विरोध गर्दा आफू र आफ्नो परिवारमाथि समेत दबाब सिर्जना गरिएको उनको आरोप छ।

गत बैशाख २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर नदीजन्य तथा खानीजन्य पदार्थको अवैध उत्खनन, संकलन, ओसारपसार र बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिदै सर्लाही–रौतहटका प्रमुख जिल्ला अधिकारीलाई व्यक्तिगत रुपमै फोन गरेर दोहन रोक्न निर्देशन दिएपनि त्यसक्षेत्रमा त्यसको कुनै किसिमको प्रभाव देखिएको छैन।

प्रधानमन्त्री कार्यालयले गृह, संघीय मामिला, उद्योग, वन, अर्थ, ऊर्जा, भूमि व्यवस्थालगायत मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई परिपत्र जारी गर्दै प्रचलित कानुन, वातावरणीय प्रभाव मूल्यांकन तथा स्वीकृत मापदण्डअनुसार मात्र उत्खनन गर्न निर्देशन दिएको थियो।  

अबैध उत्खनन तत्काल रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पनि बागमती नदी मै अबैध मोबाइल क्रसर लगाएर उत्खनन कार्य निरन्तर भइरहेको छ ।

वर्षौंदेखि जारी अवैध नदी दोहनका कारण वातावरणीय सन्तुलन बिग्रँदै गएको, खेतीयोग्य जमिन जोखिममा परेको तथा राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको भन्दै स्थानीयवासीले दोषीमाथि कडा कारबाही र अवैध मोबाइल क्रसर तत्काल बन्द गर्न माग गरेका छन्।  

यस बिषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई पटक पटक फोन गर्दा सम्पर्कमा आउनु भएन । तर जिल्ला प्रहरी कार्यालय सर्लाहीको कमान्ड सम्हाल्न भरखरै आएका प्रहरी प्रमुख एसपी रबिन्द्र नाथ पौडेलले अबैध तरिकाले नियम बिपरित भइरहेको खोला दोहनको बिषयमा तत्काल रोक्न युनिट प्रमुखलाइ निदेशन दिएको बताए ।

अवैध उत्खननले बदलिँदै नदीको बहाव

बागमती अत्यधिक दोहनको कारण नदीको पानीको बहाव नै बदलिएको छ । नदीको धार बदलिँदा तटबन्ध नै खतरामा पर्ने र बस्ती डुबानमा पर्ने खतरा बढेको हो ।

बागमती नदीको मूल बहावको दुवैतिर अवैध उत्खननले सीमा नाघेको छ । रौतहटको गढीमाई नगरपालिकाको समनपुर तथा सर्लाहीको बरहथवा नगरपालिकाको हजरियातिरबाट बागमती नदीमा अत्यधिक मात्रामा अवैध दोहन भएको हो । पानी बगिरहेको नदीको धारबाट समेत उत्खनन गरी ढुंगा, गिटी र बालुवा निकाल्ने प्रवृत्तिले धार परिवर्तन भएको हो ।

सर्लाहीको हजरियातिरबाट अत्यधिक दोहन हुँदा बागमतीको धार परिवर्तन भएर रौतहटको समनपुरतर्फ मोडिएको हो । पानीको बहाव नै परिवर्तन भएपछि स्थानीयले विरोध गरेका छन् । अत्यधिक मात्रामा अवैध दोहनले धार परिवर्तन भएपछि समनपुरको माथिल्लो भागमा तटबन्ध नै खतरामा परेको स्थानीयको आरोप रहेको छ ।

तटबन्धका साथै बस्ती पनि खतरामा परेकोले अवैध दोहन तत्काल रोक्नुपर्ने माग स्थानीयको छ ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
८ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस