भूकम्पले चर्किए लोमान्थाङका सयौं घर
२५ भदौ २०८३
•
३ मिनेट पाठ
भूकम्पले चर्किए लोमान्थाङका सयौं घर
लोमान्थाङ गाउँपालिका–२ को दिव्यदीप माविको चौरमा टाँगिएको टेन्ट। भूकम्पले विद्यालयको छात्राबास भवन चर्केपछि विद्यार्थीलाई समस्या परेको छ। तस्बिरः नागरिक
भूकम्पले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राती ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो। भूकम्पले त्यहाँका घर, गुम्बा, विद्यालयका भवन चर्केका छन्। कतिपय भवन भत्किने अवस्थामा पुगेको स्थानीयले बताएका छन्। भूकम्प पछि पनि बारम्बार धक्का महसुस गरेको स्थानीयले बताएका छन्।  




लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्ह्र्वु गुरुङका अनुसार गाउँपालिकाका अधिकांश माटोको घर चर्केका छन्। कतिपय घर त भत्किने अवस्थामा पनि पुगेको उनले बताए। भूकम्प र त्यसपछिका बारम्बार आएका धक्कापछि स्थानीयहरु घरबाहिर टेन्ट टाँगेर बसेका छन्। दिनमा घर फर्किने र राती बाहिर खुला चौरमा टेन्ट टाँगेर सुत्ने गरेको उनले बताए।  

‘भूकम्पले मानवीय क्षति मात्र नगरेको हो। नत्र भौतिक क्षति गरेको छ। यहाँका घरहरु सबैजसो चर्केका छन,’ उनले भने, ‘लोमान्थाङ गाउँपालिकाका अधिकांश घरहरु माटोले छाएका कच्ची घर छन्। ती मध्ये अधिकांश घर चर्केको र केही त भत्किने अवस्थामा पुगेका छन्।’ 

पानी कम पर्ने र चिसो हुने भन्दै हिमाली जिल्लाको माथिल्लो भेगका घरहरु माटोले बनाउने चलन छ। अहिले तिनै घर भूकम्पले चर्केको उनले बताए।  उनका अनुसार लोमान्थाङ क्षेत्रमा केही घरहरु पक्कि भएपनि ती घरमा क्षति भएको छैन। होटल तथा अन्य पक्कि भवन सुरक्षित रहेको पनि उनले बताए। ‘बस्ती नै जोखिममा छन। गाउँलेलाई घर फर्किन पनि त्रास छ। बारम्बार धक्का पनि महसुस भईरहेकोले पनि कतिखेर कुन घर भत्किने भन्ने यकिन हुन सकेन। त्यसले गर्दा समस्या आइपरेको छ,’ उनले भने।  

अध्यक्ष गुरुङका अनुसार लोमान्थाङका चारवटा वडामा बढिजसो प्रभाव परेको छ। लोमान्थाङ–१ र २ वडामा १३० वटाको दरले घर रहेका छन्। वडानम्बर ३ मा ८६ वटा घर रहेका छन। ४ नम्बर वडामा  १ सय ५ वटाजति घर रहेका छन्। ती मध्ये अधिकांशमा क्षति भएको उनले बताए।

‘लोमान्थाङ गाउँपालिकामा मात्र करिब ४ सय घरमा क्षति भएको छ। घर भत्किएका त होईनन, तर, चर्किएका छन। कुनैपनि बेला भत्किन पनि सक्छ,’ उनले भने, ‘७० वटाजति त बस्नै नहुने अवस्थामा रहेका छन्।’ 
गाउँपालिकामा सबैगरि ७ सय घर रहेका छन्। लोमान्थाङ गाउँपालिकाको जनसंख्या १९ सय रहेको छ।  चर्केका घर, गुम्बा, विद्यालय भवन सहितका संरचनाको क्षतिबारे तथ्यांक संकलन गरिरहेको उनले बताए। ‘गाउँपालिकासँग पनि पर्याप्त श्रोत छैन। तत्कालका लागि त्रिपाल चाहिएको छ। चिसो र हावा चल्ने भएकोले पनि समस्या छ,’ उनले भने। उनका अनुसार गाउँपालिकासँग अहिले श्रोत केही छैन। तत्काल सामान किन्नुपरेमा पनि पोखरासम्म धाउनुपर्ने उनले बताए।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालका अनुसार घर चर्केपछि त्यहाँका बासिन्दा घरबाहिर बसेका छन्। रातीको समयमा सुत्नका लागि टेन्ट टाँगेका छन्। 

‘लोमान्थाङ बजारभित्र केही पक्कि घर हुन। ती घर र होटलमा केही समस्या छैन। तर, कच्ची घरमा समस्या हो,’ लम्सालले भने, ‘भूकम्पपछि बारम्बार धक्का आइरहेकोले झनै समस्या थपिएको छ। स्थानीय त्रासमा बसेका छन। गाउँपालिकाले केही त्रिपाल दिएको छ। तर, पर्याप्त छैन।’ 
उनका अनुसार भवनको क्षति मुल्यांकन गर्न वडा कार्यालय मार्फत क्षति मुल्याकंन गर्न थालिएको छ। त्यसका लागि प्राविधिकहरु पनि गाउँमा खटाइएको छ। गाउँपालिकाभित्रको सबैतिरको क्षतिको विवरण नआइसकेको उनले बताए।  

लोमान्थाङ गाउँपालिका–२ को दिव्यदीप माविको छात्राबास भवन चर्केपछि त्यहाँका विद्यार्थी पनि समस्यामा परेका छन। छात्राबासको भवन चर्केपछि पठनपाठन हुने विद्यालय भवनभित्रको कक्षा कोठामा राती सुत्ने गरेका छन्। कतिपय विद्यार्थी विद्यालय भित्रकै खुला चौरमा टेन्ट टागेर सुत्न बाध्य भएको विद्यालयले बताएको छ। विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीका अनुरा विद्यालयमा सबैगरि ८४ जना विद्यार्थी छन्। ती मध्ये ८० जना विद्यार्थी विद्यालयको छात्राबासमा बस्छन्। बाँकी चारजना घरबाट आउजाउ गर्छन। छात्राबासमा बस्ने ती विद्यार्थी अहिले रातीमा विद्यालयको टेन्टमुनि सुत्ने गरेका छन्।  

‘भूकम्पले भवन चिराचिरा परेको छ। छात्राबास भवन पुरै चर्केको छ। विद्यालयमा सबैगरि ११ वटा कोठा छन्’ उनले भने, ‘तत्कालका लागि छात्राबासमा बस्न मिल्दैन। त्यही भएर तिनै कक्षाकोठालाई उपयोग गरेका छौं। विद्यार्थी बाँडिएर सुत्ने गरेका छन। केही विद्यार्थी दिँउसो पढाई हुने कक्षाकोठामा र केही बाहिर चौरमा टेन्टमुनि सुत्ने गरेका छन।’  
अर्को समाचार
भदौ अन्तिममा लोमान्थाङमा गल्फ प्रतियोगिता
२० भदौ २०८०
•
२ मिनेट पाठ
भदौ अन्तिममा लोमान्थाङमा गल्फ प्रतियोगिता
लोमान्थाङस्थित गल्फ कोर्ष। फाईल तस्बिर: धन बस्नेत/नागरिक
लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ। लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६ सय ४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ। कोर्ष मर्मत गर्न पोखरास्थित व्यवसायिक गल्फर भूबहादुर गुरुङ एकसाता अघि नै लोमान्थाङ पुग्ने तयारीमा छन्।  




समुद्रीसहतदेखि ४६ सय ४५ मिटर उचाईमा गतवर्ष गल्फ कोर्ष बनाईएको छ। त्यही कोर्षलाई वर्षदिनपछि मर्मत सम्भार गरेर दोस्रो संस्करणको प्रतियोगिता गरिदैं छ। ९ होलको कोर्षमा नेपालका उत्कृष्ट गल्फरले प्रतियोगिता दोस्रो पटक खेल्न उक्लिने तयारीमा छन्। गल्फकै लागि नेपालका गल्फरहरु अर्को साता लोमान्थाङ पुग्ने छन । भदौ अन्तिम शनिबार ९ होलको स्टेफल फोर्डको फरम्याटमा प्रतियोगिता खेल्ने गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेका विष्टले सुनाए।  

‘होल ईन वान हान्नेलाई पुरस्कार स्वरुप घोडा प्रदान गरिने छ,’ विष्टले गतवर्ष झैं आफनो योजना सुनाए, ‘७० वर्षमाथिको उमेरका गल्फरलाई सम्मान गरिने छ।’ गल्फमा हुने होल ईन वानसँगै बेष्ट ग्रस, लङगेष्ट ड्राईभ, होल नजिक प्रहार गर्ने गल्फरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने छ। ‘लाोमान्थाङको परिचय बदल्ने योजनामा छौ। त्यही अनुसार गल्फको हब बनाउने लक्ष्यलाई साकार रुप दिन यो वर्षपनि प्रतियोगिता गर्दै छौं,’ विष्टले भने, ‘गल्फले लोमान्थाङको परिचय बदल्ने छ।’  

‘वर्षदिन अघि बनाएको कोर्षमा दोस्रो पटक प्रतियोगिता आयोजनाको तयारी भएकोले एकसाता अघि नै मर्मत गर्नुपर्ने छ। त्यसैले एकसाता अघि नै लोमान्थाङ पुगेर मर्मत सम्भार गरी कोर्ष तयार गर्ने छौं’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङले भने, ‘गतवर्ष मिलाउन नसकिएको होल र ड्राइभ रेन्ज अहिले मिलाईने छ,’ प्रतियोगिता स्टेफल फोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाईने छ। लोमान्थाङमा हुने प्रतियोगिताले विश्वकै एडभेन्चर गल्फ खेल्ने गल्फरलाई आकर्षण गर्ने उनले दावी गरे।  

गल्फ कोर्ष लोमान्थाङदेखि झण्डै २५ मिनेटको दुरी टाढा पर्छ। प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी स्थानीयबासी लिएका छन। लोमान्थाङ गाँउपालिकाको आयोजनामा हुने प्रतियोगितालाई विभिन्न संघसंस्थाले सहयोग भूमिका खेलेको छ। प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटी एक्सप्रेस, जर्मन बेकरी, सोल्टी पानी, मुस्ताङस्थित छिम्ले अर्चार्ड प्रालि लगायतले सहयोग गरेका छन्। गतवर्षको प्रतियोगिताको लागि नेपालका ४० जना भन्दा बढी गल्फरहरुले प्रतिस्पर्धा गरेका थिए।  
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस