गम्भीर चुनौतीका रूपमा देखा पर्दै मानव र वन्यजन्तुबीच द्वन्द्व
१६ असार २०८३
•
६ मिनेट पाठ
गम्भीर चुनौतीका रूपमा देखा पर्दै  मानव र वन्यजन्तुबीच द्वन्द्व
तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको छ। विशेषगरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन्। वन क्षेत्र नजिकका बस्तीमा चितुवाको उपस्थितिसँगै स्थानीयवासी त्रसित बन्न बाध्य छन्।




तनहुँमा साँझ ५ देखि ८ बजेसम्मको अवधिमा चितुवाको आक्रमण बढी भएको पाइएको छ। जिल्लामा नौ वर्षको अवधिमा चितुवाको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ। उक्त घटनामध्ये २२ वटा घटना साँझ ५ देखि ८ बजेसम्मको अवधिमा भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

चितुवाको आक्रमणबाट मृत्यु भएका १७ जनामध्ये १३ जनाको मृत्यु साँझको समयमा भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए। साँझको समयमा घरआँगन वा बाटोमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको देखिएको रानाभाटले जानकारी दिए। बिहानको समयमा आक्रमण भएका घटनामा खेतबारी, गोठ तथा घर आसपासमा चितुवासँग जम्काभेट हुँदा घटना घटेका छन्।

साँझ ५ देखि ८ बजेसम्मको समयमा २२ घटना घटेकामा १३ जनाको मृत्यु, नौ जना घाइते भएका छन्। बिहान ३ देखि ८ बजेसम्मको अवधिमा भएको सात घटनामा दुई जनाको मृत्यु र पाँच जना घाइते भएको रानाभाटले बताए। त्यस्तै दिउँसो १२ देखि ५ बजेसम्म सात घटना भएकामा एक जनाको मृत्यु र छ जना घाइते भएका छन् भने राति ८ बजेपछि भएको दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।

दिनभरि झाडी, भीरपाखा तथा वन क्षेत्रमा लुकेर बस्ने चितुवा साँझपख सक्रिय हुन थाल्छ। यही समयमा मानिसहरू पनि खेतबारीबाट घर फर्किने, बालबालिका घरआँगनमा खेल्ने तथा पशु चौपाया गोठतर्फ ल्याउने गतिविधि हुने भएकाले मानव र चितुवाबीच जम्काभेटको सम्भावना बढ्दो रहेको रानाभाटको भनाइ छ।

उनका अनुसार चितुवाको आक्रमणबाट पाँच वर्ष मुनिका चार जनाको मृत्यु र दुई जना घाइते, १० वर्षमुनिका दश जनाको मृत्यु र छ जना घाइते भएका छन्। एघारदेखि १५ वर्षसम्मका एक जनाको मृत्यु र दुई जना घाइते, १६ देखि ३० वर्षसम्मका दुई जना घाइते, ३१ देखि ५० वर्षसम्मका सात जना घाइते, ५० भन्दामाथिको दुई जना घाइते भएका छन्। आर्थिक वर्ष २०७४/७५ मा एक, २०७५/७६ मा दुई, २०७६/७७ मा पाँच, २०७७/७८ मा एक, २०७८/७९ मा एक, २०७९/८० मा तीन, २०८१/८२ मा एक र २०८२/८३ मा एक जनाको मृत्यु भएको छ।

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न सचेतनामूलक गरिँदै आएको उनको भनाइ छ। 'चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ', उनले भने, 'बच्चा तथा वृद्धहरूको विशेष ख्याल र रेखदेख गरौ।'

मृग, वन कुखुरा लगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको उनले बताए। जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ। 'तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ', उनले भने, 'चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ।'

वनजङ्गलमा पाइने जीवजन्तु मानिसले शिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ। चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ। 'चितुवाको प्राकृतिक खाना मानिस होइन', उनी भन्छन्, 'तर वनभित्र पर्याप्त शिकार नपाउँदा उसले बस्ती क्षेत्रलाई विकल्पका रूपमा लिन थालेको देखिन्छ।'

पछिल्ला वर्षमा तनहुँका विभिन्न क्षेत्रमा सडक विस्तार, बस्ती विकास तथा वन क्षेत्रको अतिक्रमण बढेको छ। वन क्षेत्र खुम्चिँदै जाँदा चितुवा र मानिसको दूरी घट्दै गएको छ। विशेषगरी बन्दीपुर, भानु, व्यास, शुक्लागण्डकी तथा आँबुखैरेनी क्षेत्रका वन आसपासका बस्तीहरूमा चितुवा देखिने क्रम बढेको छ। वन र बस्तीको सीमाना अस्पष्ट बन्दै जाँदा द्वन्द्वका घटना बढिरहेका छन्।

१७ जनाको मृत्यु

आव २०७४/७५ देखि २०८२/८३ सम्म जिल्लाका विभिन्न स्थानीय तहमा चितुवाको आक्रमणका घटना भएका हुन्। मृत्यु हुनेमध्ये बन्दीपुर गाउँपालिकामा सबैभन्दा बढी सात जना रहेका छन्। त्यसैगरी भानु नगरपालिकामा पाँच जना, व्यास नगरपालिकामा दुई जना, शुक्लागण्डकी नगरपालिकामा दुई जना तथा आँबुखैरेनी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। यस अवधिमा चितुवाको आक्रमणबाट २१ जना घाइते भएका छन्। घाइतेमध्ये भानु नगरपालिकामा नौ जना, बन्दीपुर गाउँपालिकामा चार जना, व्यास नगरपालिकामा चार जना, आँबुखैरेनी गाउँपालिकामा दुई जना, शुक्लागण्डकी नगरपालिकामा एक जना तथा म्याग्दे गाउँपालिकामा एक जना रहेका छन्।

३२ लाख राहत वितरण

कार्यालयले वन्यजन्तुबाट क्षति भएकालाई राहत वितरण गर्दै आएको छ। चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवार, वन्यजन्तुबाट बालीनालीमा पुगेको क्षतिको मूल्याङ्कन गरी राहत वितरण गर्ने गरिएको छ। विसं २०७६ देखि २०८३ सम्म रु ३१ लाख ७६ हजार चार सय ५० राहत वितरण गरिएको छ। २०७६ सालमा रु तीन लाख ११ हजार पाँच सय, २०७७ मा रु चार लाख ७६ हजार, २०७८ मा रु १५ हजार, २०७९ मा रु सात लाख १८ हजार, २०८० मा रु चार लाख १६ हजार आठ सय, २०८१ मा रु छ लाख आठ हजार, २०८२ मा रु पाँच लाख ८९ हजार २५० र २०८३ मा रु ४१ हजार नौ सय राहत वितरण गरिएको छ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व पछिल्ला वर्षहरूमा चुनौतीका रूपमा देखिन थालेको उल्लेख गर्दै वन्यजन्तुको प्राकृतिक वासस्थान खुम्चिँदै जानु, जङ्गल आसपास मानव बस्ती विस्तार हुनु तथा खाद्यान्नको खोजीमा वन्यजन्तु बस्ती क्षेत्रमा प्रवेश गर्नु मुख्य कारण रहेका छन्। 'तनहुँका विभिन्न ग्रामीण क्षेत्रमा बाँदर, भालु, बँदेललगायतका वन्यजन्तुले कृषिबाली तथा पशुधनमा क्षति पुर्याउने र कतिपय अवस्थामा मानिसमाथि समेत आक्रमण गर्ने घटना भइरहेका छन्', रानाभाटले भने, 'यस्ता घटनाबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनु सरकारको दायित्व हो। त्यसैले निर्देशिका अनुसार निवेदन परेका घटनाको स्थलगत अध्ययन गरी राहत वितरण गरिरहेका छौँ।'

उनले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि राहत वितरण मात्र पर्याप्त नभएको बताउँदै दीर्घकालीन समाधानका उपायहरूमा समेत कार्यालयले काम गरिरहेको जानकारी दिए। वन्यजन्तु प्रवेश रोक्न तारबार, जनचेतनामूलक कार्यक्रम, वन क्षेत्र व्यवस्थापन तथा स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको उनले बताए। 'किसानले मेहनत गरेर लगाएको बाली नष्ट हुँदा र पशुधन गुमाउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपर्छ। त्यसैले राहतसँगै क्षति न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक छ,' उनले भने।

रानाभाटका अनुसार वन्यजन्तुबाट क्षति भएमा प्रभावित नागरिकले सम्बन्धित वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समूह वा डिभिजन वन कार्यालयमा समयमै जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ। घटनाको सत्यतथ्य मूल्याङ्कनपछि निर्देशिकामा तोकिएबमोजिम राहत उपलब्ध गराइने गरिएको छ। तनहुँका व्यास, भानु, शुक्लागण्डकी, बन्दीपुर, घिरिङ, म्याग्दे तथा आँबुखैरेनी क्षेत्रका विभिन्न ग्रामीण बस्तीहरूमा बाँदर र अन्य वन्यजन्तुका कारण कृषिबाली तथा पशुधनमा क्षति पुग्ने समस्या बर्सेनि दोहोरिने गरेको छ। विशेषगरी मकै, धान, तरकारी तथा फलफूलखेती वन्यजन्तुको निशानामा पर्ने गरेका छन्।

चितुवा नियन्त्रणभन्दा पनि मानव–वन्यजन्तु सहअस्तित्वलाई प्राथमिकता दिनुपर्ने औँल्याइएको छ। वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण, अवैध शिकार नियन्त्रण, वन क्षेत्र व्यवस्थापन, जनचेतना अभिवृद्धि तथा बस्ती सुरक्षाका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नसके मात्र समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस