उपत्यकामा धमाधम ढल्दै घरहरू : भूबनोट कमजोर कि संरचना ?
१३ असोज २०८३
•
४ मिनेट पाठ
उपत्यकामा धमाधम ढल्दै घरहरू : भूबनोट कमजोर कि संरचना ?
बिहानको झिसमिसे नहुँदै ललितपुर महानगरपालिका-२४ स्थित धापाखेलमा साढे दुई तले एउटा पक्की घर ढल्यो। लगातारको वर्षा रोकिएको भोलिपल्ट सोमबार बिहान ६:३५ बजे सोवितकुमार थापाको घर ढलेको हो।




तलतिर पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी गराए। प्रहरीका अनुसार ठुलो आवाजसहित थापाको घर ढलेको हो। त्यहाँ आइतबार नै जोखिम आकलन गरी थापाको घरमा बस्ने सबैलाई सारिएको थियो। यसैकारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। वर्षाको पानी भिरालो जमिनभित्र पसेर पहिरो गएसँगै घर पनि ढलेको प्रारम्भिक अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा बुधबार रातिदेखि भएको वर्षा आइतबार दिउँसोदेखि रोकिएको थियो।

थापाको साढे दुई तले घर अचानक जमिनसँगै तल खस्दा केही समय स्थानीयमा त्रास फैलिएको थियो। निरन्तर वर्षाले घर रहेको पाखाको जमिन कमजोर हुँदै गएको र अन्ततः घर जगसहित ढलेको स्थानीयवासीको भनाइ छ। उनीहरूले तल्लो भागमा पहिरो गएपछि माथि रहेको घर पनि ढलेको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार यो घर जोखिममा परेको संकेत आइतबार नै देखिएको थियो। त्यसैले धनीलाई आइतबार नै घर खाली गर्न भनिएको थियो। घरमा तीन जना बस्दै आएका थिए। उनीहरू समयमै सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति भएन।

घर ढलेर करिब दुई सय मिटर तल खोल्सामा पुगेको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार कमजोर योजना र जमिनका कारण घर पल्टिएको अनुमान गर्न सकिन्छ। तत्कालीन कारण लगातारको वर्षा भए पनि घर निर्माण गर्दा जमिनको भौगोलिक अवस्था, जग राख्दा आवश्यक प्राविधिक अध्ययन नगरिएको हो कि भन्ने पनि देखिन्छ।

उपत्यकामा एक वर्षको अवधिमा झन्डै दुई दर्जन पक्की घर जगबाटै ढलेका छन्। गत असारमा पनि काठमाडौंको तारकेश्वर नगरपालिकामा आधा दर्जनजति घर यसैगरी ढलेका थिए। भक्तपुरको बोडे, काठमाडौंका सीतापाइला, काभ्रेस्थली, बुढानीलकण्ठ, बाँसबारी, भंगाल, कपनमा पनि पक्की घर पल्टिएका छन्। उपत्यकामा पछिल्ला वर्षहरूमा तीव्र रूपमा भइरहेको अव्यवस्थित सहरीकरणले घर निर्माणको गुणस्तर र सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।

भिरालो जमिनमा पर्याप्त प्राविधिक अध्ययन र भवन निर्माणसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा उपत्यकाका धेरै घर जोखिममा पर्न थालेका छन्। कतिपय स्थानमा सामान्य वर्षा, जमिनमा आएको परिवर्तन वा अन्य प्राकृतिक कारणले घर चर्किने, भासिने र क्षति पुग्ने घटना देखिन थालेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरमा पछिल्ला दशकमा जनसंख्या र घर निर्माणको चाप अत्यधिक बढेको छ। अहिले सीमित जमिनमा धेरै संरचना निर्माण गर्ने होडसँगै घरको डिजाइन, माटो परीक्षण, जगको गहिराइ र संरचनात्मक सुरक्षालाई पर्याप्त प्राथमिकता नदिइएको गुनासो सम्बन्धित विज्ञ एवं सरोकारवालाको छ। उनीहरूका अनुसार विशेषगरी पुराना बस्तीमा नयाँ घर थपिँदा छिमेकीका संरचनामा समेत असर पर्ने अवस्था देखिएको छ।

विज्ञहरूकाअनुसार घर निर्माणअघि जमिनको अवस्था, माटोको भारवहन क्षमता र भवनको संरचनात्मक डिजाइनबारे प्राविधिक अध्ययन आवश्यक हुन्छ। तर कतिपय अवस्थामा नक्सा पास गर्ने प्रक्रियालाई औपचारिकताका रूपमा लिने र निर्माणका क्रममा स्वीकृत डिजाइनभन्दा फरक संरचना बनाउने प्रवृत्तिले जोखिम बढाउन सक्छ।

विज्ञका अनुसार भवन निर्माण सम्पन्न भएपछि पनि त्यसको नियमित प्राविधिक निरीक्षण आवश्यक हुन्छ। तर व्यवहारमा निर्माण सामग्रीको गुणस्तर, कामदारको दक्षता, संरचनात्मक डिजाइन र निर्माण प्रक्रियाको अनुगमन पर्याप्त नहुँदा समस्या देखिन सक्छ।

काठमाडौं उपत्यका भूकम्पीय जोखिमका दृष्टिले पनि निकै संवेदनशील मानिन्छ। त्यसैले २०७२ सालको भूकम्पपछिको नयाँ मापदण्डबमोजिम हरेक भवनले भूकम्प प्रतिरोधी डिजाइन र निर्माण मापदण्ड पालना गर्नु आवश्यक छ। बाहिरबाट हेर्दा घर बलियो देखिनु मात्र पर्याप्त हुँदैन, त्यसको जगदेखि छतसम्मको संरचनात्मक प्रणाली सुरक्षित हुनुपर्छ।

घर ढल्ने समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय तह, प्राविधिक जनशक्ति, निर्माण व्यवसायी र घरधनी सबै जिम्मेवार बन्नु आवश्यक छ। नक्सा स्वीकृतिदेखि निर्माण सम्पन्न हुँदासम्म नियमित प्राविधिक अनुगमन, गुणस्तरीय निर्माण सामग्रीको प्रयोग र मापदण्ड उल्लंघन गर्नेमाथि प्रभावकारी कारबाही आवश्यक देखिन्छ।

भौतिक निर्माण र विकास संरचनालाई सुरक्षित र योजनाबद्ध बनाउनु आवश्यक छ। घर निर्माण केवल निजी सम्पत्ति नभई सार्वजनिक सुरक्षासँग जोडिएको विषय हो। एउटा व्यक्तिको कमजोर योजना र लापरबाहीका कारण भविष्यमा ठुलो मानवीय तथा आर्थिक क्षति नहोस् भन्नका लागि भवन निर्माण गुणस्तर र नियमनमा गम्भीर सुधार आवश्यक छ।

धापाखेल घटनाले एउटा गम्भीर प्रश्न पनि उब्जाएको छ। काठमाडौं उपत्यकामा अब घरको संख्या बढाउनु मात्र विकासको मापदण्ड हुन सक्दैन। कहाँ घर बनाउने, कस्तो जमिनमा कस्तो संरचना बनाउने, वर्षाको पानीलाई कहाँबाट निकास दिने र पहिरो जाने वा जमिन भासिने सम्भावना कति छ भन्ने विषयलाई निर्माणकै अंग बनाइनुपर्ने सरोकारवाला बताउँछन्।

धापाखेलको घर ढलेको घटनाले अब नयाँ घर बनाउनेलाई एउटा चेतावनी दिएको छ। प्रकृतिलाई दोष दिएर मात्र पुग्दैन, योजनालाई मात्र दोष दिएर पनि हुँदैन। सुरक्षित भवन निर्माणका लागि भूवनोटको वैज्ञानिक अध्ययन, गुणस्तरीय निर्माण र स्थानीय तहको नियमित अनुगमन आवश्यक छ। धापाखेलका विनय महर्जन भन्छन्, ‘हामी घर मात्र बनाइरहेका छौं कि सुरक्षित बस्ती पनि बनाइरहेका छौं?’
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस