मार्सीधान जोगाउन तातोपानीकाे अभियान
२९ वैशाख २०८३
•
५ मिनेट पाठ
मार्सीधान जोगाउन तातोपानीकाे अभियान
जुम्लाको तातोपानी गाउँपालिकाले मार्सीधान खेतमा प्रयोग हुँदै आएको झारनासक विषादी ब्यूटाक्लोर नियन्त्रण गर्न एक महिने अभियान सुरु गरेको छ।




धान रोपाइँ सुरु हुनुअघि नै किसानका खेतबारीमा लुकिछिपी प्रयोग भइरहेको ब्यूटाक्लोरविरुद्ध गाउँपालिकाले सोमबारदेखि गाउँ–गाउँ पुग्ने अभियान थालेको हो। जेठ २८ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत तातोपानी गाउँपालिका जेठ१ देखि ८ सम्मका सबै मार्सीधान उत्पादन हुने खेत, बस्ती र घरदैलोमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

अभियानमा सहभागी किसान, नागरिक अगुवा र जनप्रतिनिधिले ब्यूटाक्लोर प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। तातोपानी जुम्लामै पहिलोपटक मार्सीधान खेती सुरु भएको क्षेत्र हो भन्ने किंवदन्ती छ। यहाँको पहिलो धानखेती गरिएको खेतलाई स्थानीयले अहिले पनि ‘गुरु फोक्टो’ भनेर चिन्ने गर्छन्। यही ऐतिहासिक पहिचान बोकेको भूमिमा पछिल्ला वर्ष किसानले श्रम कम र उत्पादन बढी हुने आशामा ब्यूटाक्लोर प्रयोग गर्न थालेपछि गाउँपालिका चिन्तित बनेको हो।

गाउँपालिकाका कृषि शाखा प्रमुख प्रेमकृष्ण उपाध्यायका अनुसार ब्यूटाक्लोर प्रयोगले माटोको उर्वरा शक्ति नष्ट गर्ने, खाद्य शृंखलामार्फत मानव शरीरमा गम्भीर असर पार्ने तथा पशुचौपायामा समेत स्वास्थ्य समस्या देखिने गरेको छ। 'किसानलाई खेतमै पुगेर बुझाउँछौँ,' उनले भने, 'रासायनिक विषादीले तत्काल केही सहज देखिए पनि त्यसले भविष्यको खेती प्रणाली नै संकटमा पारिरहेको छ।'

प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीय तहले ब्यूटाक्लोर प्रयोग गर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए। जुम्लाको कृषि उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको उल्लेख गर्दै उनले गुणस्तरीय उत्पादन र किसानको आय वृद्धि गर्न रासायनिक विषादी नियन्त्रण अपरिहार्य रहेको बताए।

'नेपालकै पहिलो अर्गानिक जिल्ला भनेर चिनिएको जुम्लाको साख जोगाउन अब सबै स्थानीय तह कठोर बन्नैपर्छ,' उनले भने, 'रासायनिक मल र विषादी प्रयोग रोकिएन भने जुम्लाको मौलिक कृषि प्रणालीमाथि नै संकट आउँछ।'

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले ब्यूटाक्लोर प्रयोगका कारण उत्पादन घट्नुका साथै मानव स्वास्थ्यमा गम्भीर असर देखिन थालेपछि अभियान सञ्चालन गर्नुपरेको बताए।'गाउँपालिकाबाट हालसम्म ३१ जना महिलाको उपचारका लागि सिफारिस गरेका छौँ, तीमध्ये २२ जनामा पाठेघर क्यान्सर देखिएको छ,' उनले भने, 'धानमा प्रयोग भइरहेको ब्यूटाक्लोर यसको प्रमुख कारण भएको स्थानीय स्तरको निष्कर्ष छ। त्यसैले नियन्त्रणका लागि अभियानै चलाएका हौँ। अब लुकिछिपी प्रयोग गरे सिधै कारबाही हुन्छ।'

किसान सचेतीकरण, क्षमता विकास, किसान जाँगर अभियान, बेमौसमी तरकारी खेती, रोग–कीरा नियन्त्रण सहयोगलगायत कार्यक्रम सञ्चालन गरिरहेको छ। गत वर्ष ब्यूटाक्लोर प्रयोग गर्ने चार जनालाई कारबाही गरिएको र यस वर्ष अभियान अझ कडाइका साथ लागू गरिने उनले बताए। 

जिल्ला कृषि विकास कार्यालय जुम्लाका रामभक्त अधिकारीले १४औँ जिल्ला परिषद्बाट जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरिए पनि व्यवहारमा अझै लुकिछिपी विषादी प्रयोग भइरहेको बताए। 'जुम्लाको कृषि उत्पादनदेखि उपभोगसम्म स्वच्छ र गुणस्तरीय बनाउन जरुरी छ,' उनले भने, 'यदि विषादी प्रयोग रोक्न सकियो भने जुम्लाले मार्सीधानको प्याटेन्ट राइटसमेत लिन सक्छ। त्यसले किसानको आम्दानी, उत्पादन र जुम्लाको पहिचान तीनै कुरा बलियो बनाउँछ।'

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर चन्दले ब्यूटाक्लोर प्रयोगसँगै महिलामा क्यान्सरका समस्या बढ्दै गएको र उत्पादनसमेत घट्न थालेपछि अभियान सुरु गरिएको बताए। उनले अर्गानिक उत्पादनलाई बजारसँग जोड्न लेबलिङ, प्याकेजिङ र बजारीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।कार्यक्रममा सहभागीहरूले विद्यालय तहको पाठ्यक्रममै विषादी प्रयोग र त्यसका असरबारे अध्यापन गरिनुपर्ने सुझाव दिएका थिए। उनीहरूले रासायनिक विषादी नियन्त्रणसँगै जैविक विषादी उत्पादन तथा प्रयोगमा पनि पालिकाले लगानी बढाउनुपर्ने बताएका थिए।

कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा मार्सीधानसँगै चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धान पनि खेती गरिन्छ। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ–१ र ३ सिफारिस गरिसकेको छ भने मार्सी–१८, २० र २२ परीक्षण चरणमा छन्।

जुम्ली मार्सी चामलबाट वार्षिक करिब तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यस वर्ष ६ हजार १ सय २५ मेट्रिकटन उत्पादन भएको छ भने अघिल्लो वर्ष २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा ५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन भएको थियो। उत्पादन २.३ प्रतिशतले बढे पनि रोपाइँ क्षेत्र घटेर २ हजार ८८ हेक्टरमा सीमित भएको कृषि कार्यालयको तथ्यांक छ।चालु आर्थिक वर्षमा कृषि कार्यालयले जुम्ली मार्सी धान उत्पादन विशेष नमुना क्षेत्र कार्यक्रम सुरु गरेको छ। चन्दननाथ नगरपालिका, तातोपानी, हिमा गाउँपालिका र सिंजा गाउँपालिकामा लागू गरिएको कार्यक्रमका लागि ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै पातारासी गाउँपालिका र तातोपानी गाउँपालिकामा मार्सीधान बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम सञ्चालन भइरहेको छ। यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको कृषि कार्यालयले जनाएको छ। कार्यक्रमअन्तर्गत किसानलाई तालिम, प्राविधिक सहयोग, रोग नियन्त्रणसम्बन्धी जानकारी, बिउ, सिटबिन, त्रिपाल, मिनिटेलर र थ्रेसर मेसिन वितरण गरिएको छ। साथै प्रांगारिक मल उत्पादन र कम्बाइन मिल स्थापना गर्ने कामसमेत अघि बढाइएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस