चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित उपरदाङगढीमा कोत घरको निर्माण र ऐतिहासिक हात हतियार राखिएको छ । अंग्रेजहरुसँग लड्न बनाईएको ऐतिहासिक किल्लासमेत रहेको उपरदाङगढीमा निर्मित कोत घरलाई संग्रहालयको रुपमा विकास गर्ने उद्देश्यले भरतपुरमा रहेको सबुज गणबाट बुधबार एक कार्यक्रमका बिच ऐतिहासिक हात हतियार लगेर पुनः राखिएको हो ।
मध्ये पृतना हेट क्वाटरका पृतनापति उपरथी विष्णु कुमार खड्का, नयाँ सबुज गण भरतपुर चितवन गणपति प्रमुख सेनानी दिनेश लामा, ७ बाहिनी अड्डाका बाहिनीपती सहायक रथी डा.कमल बानियाँको उपस्थितिमा युद्धमा प्रयोग भएका ऐतिहासीक हात हतियार राखिएको हो । अंग्रेजसँगको युद्धमा प्रयोग भएका ६ पाउण्डको १ थान तोप, ५० थान थोला, २ थान भरुवा बन्दुक, ६ थान खुकुरी, १ थान खुँडा, २ थान तरबार र ६ थान ढालसहितका ऐतिहासिक हतियार संग्रालयमा राखिएको छ ।
उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व विभागका अनुसार यो किल्ला तत्कालि बाइसे चौबिसे राज्य एकीकरणका बेला अंग्रेज फौजविरुद्धको युद्धमा नेपाली भूमिको रक्षा गर्न सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति बहादुर शाहका छोरा शत्रुगञ्जन शाहले निर्माण गरेका थिए । यो ऐतिहासिक स्थलको संरक्षण गर्न पुरातत्व विभागले पनि चासो देखाएको छ । पुरातन्व विभागले देखाएको चासो देखाएपछि नेपाली सेनाले ऐतिहासिक हात हतियार उपरदाङगढीमा राख्न तयार भएको हो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार नेपाललाई अंग्रेजबाट जोगाउन पुर्खाले नेपालमा तीन सयभन्दाबढी गढी निर्माण गरेका थिए । त्यसमध्ये चितवनको उपदाङगढी विजयी प्राप्त गरेको ऐतिहासीक गढी रहेको उनले बताइन् ।
‘वि.सं. १८७१ देखि ०७३सम्मको नेपाल अंग्रेजको युद्धमा हामी विजयी भएको गढी हो,’ उनले भनिन् ‘महत्वपूर्ण ऐतिहासीक इतिहास भएकाले नेपाल सरकारले संरक्षण गर्ने उद्देश्यले २०७० सालदेखि गढीको पुर्ननिर्माण थालेका छौँ ।’ गढीको संरक्षणका लागि प्राकृतिक र भौगोलिक वातावरण सुहाउँदो संरचना समेत निर्माण गरिएको उनले बताइन् । पुरातत्व विभागकै कर्मचारी खटिएर यहाँ चुना सुर्खि प्रयोग गरेर कोत घर र आगन निर्माण गरिएको उनले जानकारी दिइन् । यसले इच्छाकामनाको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरिन् । हामी विकासको नयाँ अध्यायमा प्रवेश गरेका छौँ ।, उनले भनिन् ‘इतिहासमा भएको मौलिक स्वरुपमा मौलिक संरचना निर्माण गरेका छौँ ।’ उनले यस ठाउँको प्रचारप्रसार गरेर पर्यटनको प्रवद्र्धन गर्न समेत स्थानीय सरकारलाई अनुरोध गरेकी छन् ।
कोत घर निर्माण गर्न गाउँपालिकाले एक करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । यसको संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले समेत सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । ‘ऐतिहासिक स्थलको हामी सबैले अध्ययन गर्नुपर्छ,’ उनले भने ‘यहाँको सुरक्षा आवश्यक परेँ हामी समन्वय गर्न तयार छौँ।’ उनले ऐतिहासिक धरोहर मास्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने धारणा समेत राखे ।
विशाल पाल्पा राजा मणी मुकुन्द सेनको मृत्यु पश्चात उनका साहिँला छोरा भृङ्गी सेन तनहुँ खण्डका राजा भए । तनहुँ सेना राज्य अन्तरगर्त चितवन इलाकामा सोमेश्वर गढी, कविलास गढी, प्याउली गढी सिञ्चाङ गढी थिए । हिन्दुस्तान, रामनगर ठोरी, सोमेश्वर गढी माडी हुँदै उपरदाङगढी, कान्द्राङ गढी, गल्छि बेलकोट, नुवाकोट गढी, रसुवा गढी हुँदै केरुङ, भोट पुग्ने असली व्यापारीक धार्मिक र पर्यटकीय बाटो थियो । सेन राज्यकालदेखि वि.सं. २०१४ सालसम्म यो गढी चितवन क्षेत्रको सदरमुकाम थियो । सेन कालिन यस गढीमा प्रधानसेनापति अभिमान सिंह बस्न्यातको नेतृत्वमा विस १८३४ श्रावण ३ गते हमला भई (गोर्खा) नेपाल राज्यमा गाभिएको थियो । सेना कालिन गढी अलि व्यवस्थित नभएकोले वि.सं. १८८५ मा तत्कालिन गढीलाई भत्काएर ठुलो बनाइएको इतिहास रहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।
यो गढी बनाउन भैरुङ पल्टनका अफिसर कमाण्डिङ लेफ्टिनेट रणविर महत रहेको बताइन्छ । ११ सय सेना, बटुक कम्पनी १३०, गैर सैनिक सिकर्मी, डकर्मी, बज्रकर्मी, बोसकर्मी समेत भएर गढी बनाएको इतिहास छ । जग खन्दा सुन र चाँदीको कोदालीले खन्नु पर्ने भएकाले काठमाडौँ तोपखानाबाट एक/एक थान कोदाली ल्याएर प्रयोग गरेको उनले बताए ।
उपरदाङगढी चितवन र पर्साको आम्दानीबाट बनेको हो । यसका लागि चामल २०६६ मुरी ५ पाथी १ माना, मास १०१ मुरी २ पाथी २ माना, तेल १ मुरी १५ पाथी ६, नुन २ मुरी १ पाथी ४ माना, गुढ ३२ हजार ८०० धानी, छाला १००० धानी सन, कागज ६ मन खर्चिएको शिलापत्रमा उल्लेख गरिएको छ । पुरातन्व विभागले यस स्थानमा अनुमति विना कुनै संरचना बनाउन समेत रोक लगाएको छ ।