जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आगामी दुई दिन देशका विभिन्न भू-भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
विभागले एक विशेष मौसम बुलेटिन जारी गर्दै विशेषगरी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार, यो मौसमी प्रणालीको असर कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म रहनेछ।
यस अवधिमा गण्डकी, कर्णाली र बाग्मती प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
विभागले विशेषगरी गण्डकी प्रदेशको गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ र आसपासका हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी हिमपात समेत हुनसक्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यसैगरी, वर्षातर्फ गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटकहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
यो मौसमी बदलीले कृषि र दैनिक जनजीवनमा समेत असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरिएको छ।
अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली आएको छ भने बंगालको खाडीमा बनेको ‘मोन्था’ नामक समुद्री चक्रवातका कारण यो साता नेपालको पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना बढेको छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तैआज राती प्रदेश नं १ को पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...