४९ सूचकमध्ये ९६ प्रतिशत पूरा गर्दै गुठीचौर ५ पोषणमैत्री वडा घोषणा
१५ असार २०८३
•
४ मिनेट पाठ
४९ सूचकमध्ये ९६ प्रतिशत पूरा गर्दै गुठीचौर ५ पोषणमैत्री वडा घोषणा
पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिँदै। तस्बिर: गाेल्डेन/ नागरिक
दुर्गम बस्तीमा कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको विकास र व्यवहार परिवर्तनलाई संस्थागत बनाउने लक्ष्यसहित जुम्लाको गुठीचौर गाउँपालिका–५ लाई पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।




स्थानीय बाजागाजा, नाचगान र सयौँ स्थानीयवासीको उत्साहजनक सहभागिताबीच गरिएको घोषणा केवल औपचारिक कार्यक्रम नभई समुदायस्तरमै पोषण सुधारको साझा प्रतिबद्धताका रूपमा हेरिएको छ। गुठीचौर गाउँपालिकाको झारज्वाला माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकाली र गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले संयुक्त रूपमा वडा घोषणा गरेका हुन्।

उनीहरूले पानसमा बत्ती बालेर गमलामा पानी हालेका थिए। जिल्ला समन्वय समितिका उपप्रमुख थकालीले कुपोषण कुनै एक परिवारको समस्या नभई समग्र समाजको चुनौती भएको उल्लेख गर्दै अब कुनै पनि बालबालिका कुपोषणको सिकार बन्न नपर्ने अवस्था सिर्जना गर्न सबै तहको निरन्तर प्रयास आवश्यक रहेको बताए। उनले पोषण सुधारका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक तथा समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अभियानलाई निरन्तर अघि बढाउन आग्रह गरे।

कर्णाली प्रदेश योजना आयोगका कार्यालय प्रमुख गोपाल केसीले पोषणमैत्री स्थानीय शासन घोषणा अन्तिम लक्ष्य नभई दिगोपनाको सुरुवात भएको बताए। उनले सूचक पूरा गरेर घोषणा गर्नुभन्दा पनि त्यसलाई व्यवहारमा उतारेर दीर्घकालसम्म कायम राख्नु अझ चुनौतीपूर्ण हुने धारणा राखे।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले वडा नम्बर ५ को उपलब्धि सम्पूर्ण गाउँपालिकाकै गौरव भएको बताइन्। पोषणमैत्री घोषणा सफल बनाउन सहयोग गर्ने सबै सहयोगी दाता, वडा कार्यालय, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा सम्पूर्ण गुठीचौर गाउँपालिकालाई नै पोषणमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यका साथ काम अघि बढाइने प्रतिबद्धता जनाइन्।

वडाध्यक्ष कमलबहादुर महतले घोषणा सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। राष्ट्रियस्तरकी गायिका इब्सल सञ्जाल तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको भन्दै उनले समुदायको सक्रिय सहभागिताले अभियानप्रति अपनत्व बढाएको बताए।

घोषणा समारोहमा स्थानीय पञ्चेबाजा, विद्यालयका स्वागत गीत, सांस्कृतिक नृत्य तथा स्थानीय महिलाहरूले ‘सरसफाइ गरौँ, स्थानीय रैथाने बाली उत्पादन गरि खाऔँ’ भन्ने सन्देशमूलक देउडा प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुति मार्फत पोषण, सरसफाइ र स्थानीय उत्पादनको महत्व जोड्नु कार्यक्रमको विशेष आकर्षण बनेको थियो।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले घोषणा कागजमा सीमित भए त्यसको कुनै अर्थ नहुने भन्दै नागरिकको दैनिक व्यवहारमा पोषणसम्बन्धी अभ्यास स्थापित गर्नुपर्ने बताए।

उनले वडा नम्बर ५ का नागरिकलाई अभियानलाई निरन्तरता दिन आग्रह गरे। गाउँपालिका प्रवक्ता अर्जुनकुमार महताराले पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि बालबालिका, गर्भवती तथा सुत्केरी महिला, किशोरी र समुदायको पोषण अवस्थासँग सम्बन्धित सूचक पूरा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए। भौगोलिक रूपमा सबैभन्दा टाढा रहेको आफ्नो वडाले पनि सीमित स्रोतसाधनका बीच कुपोषण न्यूनीकरणका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै अभियान सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका गाउँपालिका प्रतिनिधि रावल, नेपाली कांग्रेसका सभापति टेकबहादुर भण्डारी, गाउँपालिकाका पूर्व अध्यक्ष हरिबहादुर भण्डारी, गैसस महासंघका जिल्ला अध्यक्ष टेकबहादुर रावतलगायतका वक्ताहरूले पोषणमैत्री स्थानीय शासनको दिगोपना कायम राख्न व्यवहार परिवर्तन, सामुदायिक सहभागिता र निरन्तर अनुगमन आवश्यक रहेको धारणा राख्दै शुभकामना व्यक्त गरे।

गाउँपालिका पोषण शाखा प्रमुख जग्गीप्रसाद धितालका अनुसार संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० अनुसार आवश्यक तयारी पूरा गरिएको हो। उनका अनुसार कार्यविधिले निर्धारण गरेका ४९ सूचकमध्ये ९६ प्रतिशत सूचक पूरा गरेपछि जिल्ला समन्वय समितिको अनुगमन तथा मूल्याङ्कनका आधारमा वडा नम्बर ५ लाई पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो। उनले बालबालिकामा देखिएको कुपोषणको अवस्था अहिले उल्लेख्य रूपमा सुधार भएको दाबी गरे।

महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाका अनुसार पोषण कार्यक्रमले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको छ। उनले कुनै पनि लक्ष्य हासिल गर्न व्यवहार परिवर्तन अपरिहार्य हुने उल्लेख गर्दै पोषण सुधारलाई दिगो बनाउन समुदायको निरन्तर सक्रियता आवश्यक रहेको बताइन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस