होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारलाई पाँच दिनभित्र स्थान खाली गर्न सरकारले निर्देशन दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आगामी शुक्रबारभित्र स्व–व्यवस्थापन गरी सेन्टर खाली गर्न आग्रह गरेको हो।
समितिका अनुसार मनसुन सुरु भइसकेको र होल्डिङ सेन्टर खोला किनारमा रहेकाले बाढी तथा डुबानको जोखिम बढेको छ। यस्तो अवस्थामा त्यहाँ बसोबास गरिरहेका परिवारको सुरक्षालाई ध्यानमा राख्दै वर्षायाम अघि नै सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको जनाएको छ।
आयोजनाका सदस्य सचिव तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव मचाकाजी महर्जनका अनुसार, नगरकोट, बनेपा, कीर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरिपाटी, बालुजुका विभिन्न होटल र इचंगु नारायणमा रहेका ३८८ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनिएको हो। सुकुम्बासी बस्ती भत्काएर होल्डिङ सेन्टरमा राखेको दुई महिना पुग्नै लाग्दा सरकारले लामो समयसम्म होल्डिङ सेन्टरमा बसाइँ हुँदा परिवारहरूको दैनिक जीवन अस्तव्यस्त बन्दै गएको निष्कर्षसहित खाली गर्ने भनेको हो। मचाकाजीका अनुसार उक्त स्थान केवल अस्थायी व्यवस्थापनका लागि बनाइएको भएकाले त्यहाँ स्थायी रूपमा बसोबास गराउन सम्भव छैन।
सरकारले प्रभावित परिवारलाई पुनर्स्थापनाका लागि राहत प्याकेजसमेत घोषणा गरेको छ। यसअन्तर्गत प्रत्येक परिवारलाई कोठा खोज्न तथा प्रारम्भिक व्यवस्थापनका लागि एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। उनले सरकारले उपलब्ध गराउने रकम लिएर पाँच दिनभित्र खाली गर्न सूचना जारी गरेकाे बताए।
त्यसैगरी, वास्तविक सुकुमबासी तथा घरबारविहीन प्रमाणित परिवारलाई स्थायी व्यवस्थापन नहुँदासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा सहयोग प्रदान गरिने समितिले जनाएको छ।
राहत वितरण प्रक्रिया छिटो बनाउन विशेष टोली परिचालन गरिएको छ। प्रभावित परिवारले बैंक खाता नम्बर सहित निवेदन दिएपछि रकम सिधै बैंकमार्फत उपलब्ध गराइने व्यवस्था मिलाइएको समितिले जनाएको छ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...