सुशासन र सेवा प्रवाह कमजोर : मानवअधिकारको कठघरामा कर्णाली
०२ असार २०८३
•
६ मिनेट पाठ
सुशासन र सेवा प्रवाह कमजोर : मानवअधिकारको कठघरामा कर्णाली
कर्णाली प्रदेशमा मानवअधिकारको अवस्था अझै चुनौतीपूर्ण रहेको निष्कर्ष राष्ट्रिय मानवअधिकार आयोगको टोलीले निकालेको छ। सुशासनको अभाव, कमजोर सेवा प्रवाह, स्वास्थ्य तथा शिक्षामा सीमित पहुँच, बेरोजगारी, सामाजिक विभेद, महिला तथा बालबालिकामाथिको हिंसा तथा लागूऔषध दुरुपयोगजस्ता समस्याले नागरिकका आधारभूत अधिकारमाथि निरन्तर दबाब सिर्जना गरिरहेको सरोकारवालाहरूले औँल्याएका छन्।




राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको टोलीले जुम्लामा आयोजित सरोकारवालासँगको छलफलमा कर्णालीको मानवअधिकार अवस्थाबारे गहन समीक्षा गरेको हो। छलफलमा सहभागी अधिकांश वक्ताले संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा अझै पूर्ण रूपमा स्थापित हुन नसकेको धारणा राखे।

आयोगका अध्यक्ष मगरले सुशासन कमजोर हुँदा भ्रष्टाचार मौलाउने र त्यसले अन्ततः मानवअधिकार उल्लंघनका घटना बढाउने बताए। उनका अनुसार राज्यका निकाय नागरिकप्रति जवाफदेही बन्न नसक्दा शिक्षा, स्वास्थ्य, न्याय र विकासका अवसरमा असमानता बढिरहेको छ। अन्य प्रदेशको तुलनामा कर्णाली अझै पनि संरचनागत विभेद र राज्यको कमजोर उपस्थितिको मारमा परेको उनको भनाइ थियो।

आयोगका सचिव मुरारीप्रसाद खरेलले स्वास्थ्य, शिक्षा, रोजगारी र गुणस्तरीय सेवाको पहुँच कमजोर हुनु आफैंमा मानवअधिकारको गम्भीर सवाल भएको बताए। महिला तथा बालबालिकामाथि हुने हिंसा केवल व्यक्तिगत घटना नभई राज्य र समाजको असफलताको प्रतिविम्ब भएको उनको टिप्पणी थियो। उनले लागूऔषध नियन्त्रण र बाल संरक्षणका क्षेत्रमा स्थानीय सरकार अझ सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए।

उच्च अदालत सुर्खेत–जुम्ला इजलासका न्यायाधीश यामबहादुर बुढामगरले स्थानीय तहका न्यायिक समितिहरू अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको बताए। कानुनले अधिकार दिए पनि कार्यान्वयन कमजोर हुँदा नागरिकले सहज न्यायको अनुभूति गर्न नसकेको उनको भनाइ थियो। न्यायमा पहुँचको कमीले विशेषगरी विपन्न र सीमान्तकृत समुदाय बढी प्रभावित भएको उनले बताए।

छलफलमा सहभागी नागरिक समाजका प्रतिनिधिहरूले कर्णालीमा विकासका सूचकहरू कमजोर रहनुका पछाडि राजनीतिक प्रभाव, स्रोतसाधनको असमान वितरण र संस्थागत कमजोरी जिम्मेवार रहेको धारणा राखे। नागरिक समाजका अध्यक्ष राजबहादुर महतले राजनीतिक पहुँचका आधारमा सेवा र स्रोत वितरण हुने प्रवृत्तिले पछाडि परेका समुदायको अवस्था झन् कमजोर बनाएको बताए।

स्थानीय तह र सरकारी कार्यालयका प्रमुखहरूले पनि संरचनागत समस्यातर्फ ध्यानाकर्षण गराएका थिए। सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले महिला विकास अधिकृतको दरबन्दी रिक्त रहनु, हिंसापीडितको संरक्षणका लागि पर्याप्त बजेट नहुनु तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा नराखिनुले समस्या झन् जटिल बनेको बताए।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बालिका बलात्कार, बहुविवाह, अन्धविश्वास, घरेलु हिंसा तथा लागूऔषध दुरुपयोग कर्णालीका प्रमुख सामाजिक चुनौतीका रूपमा रहेको बताए। गरिबीका कारण नागरिकले समयमै स्वास्थ्य सेवा प्राप्त गर्न नसक्नु पनि मानवअधिकारकै प्रश्न भएको उल्लेख गर्दै उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ जनशक्ति र अत्याधुनिक उपकरणको आवश्यकता औँल्याए।

महिला अधिकारकर्मी दिलमाया शाहीले बदलिँदो सामाजिक परिवेशसँगै लागूऔषधका नयाँ स्वरूपहरू देखापरेको भन्दै विद्यमान कानुन समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले बहुविवाह, बालविवाह, घरेलु हिंसा, महिला स्वास्थ्य तथा सुरक्षित मातृत्वका सवाल अझै गम्भीर चुनौतीका रूपमा रहेको बताइन्। लागूऔषधको दुष्चक्रमा परेका बालबालिकाका लागि जुम्लामा बाल सुधार गृह आवश्यक रहेको उनको भनाइ थियो।

छलफलका क्रममा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, ज्येष्ठ नागरिकको सुरक्षा, बालअधिकार, महिला अधिकार तथा सामाजिक न्यायका विषयमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो सरोकारवालाहरूले गरेका थिए। संविधानले सुनिश्चित गरेका अधिकार र नागरिकको दैनिक जीवनबीच अझै ठूलो दूरी रहेको उनीहरूको निष्कर्ष थियो।

यसैबीच आयोगको टोलीले मानवअधिकार आयोगको जुम्ला कार्यालय संरक्षण तथा पुनःस्थापनामा योगदान पुर्‍याएको भन्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यलाई सम्मान गरेको थियो।

कर्णालीको मानवअधिकार अवस्था केवल कानुनी वा प्रशासनिक विषय नभई विकास, सुशासन, सामाजिक न्याय तथा राज्यको उत्तरदायित्वसँग प्रत्यक्ष जोडिएको विषय भएको छलफलले स्पष्ट पारेको छ। स्थानीय सरकार, राज्यका निकाय, नागरिक समाज तथा सञ्चार क्षेत्रबीच प्रभावकारी सहकार्य बिना मानवअधिकारका आधारभूत सवाल समाधान हुन नसक्ने निष्कर्षसहित आयोगको टोलीले कर्णालीको यथार्थ चित्र सार्वजनिक गरेको छ।

संविधानले सुनिश्चित गरेका अधिकारहरू कागजबाट नागरिकको जीवनमा पुग्न अझै धेरै संघर्ष बाँकी रहेको तथ्य कर्णालीको वर्तमान अवस्थाले उजागर गरेको छ।

उच्च अदालत सुर्खेत–जुम्ला इजलासका माननीय न्यायाधीश जितेन्द्रबहादुर थपलिया, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, जुम्ला जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश आनन्दराज पन्त, आयोगका सहसचिव सम्झना शर्माले पनि मानवअधिकार आयोग सबैको साझा संस्था भएको बताएका थिए।

कार्यक्रममा आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल (आचार्य) ले आयोगबाट भएका मानवअधिकार संरक्षण तथा संवर्द्धनसम्बन्धी गतिविधिबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म जिल्लामा लैंगिक हिंसाका २९, घरेलु हिंसाका ७० तथा यौनजन्य हिंसाका ५ घटना दर्ता भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तथ्यांकअनुसार सोही अवधिमा लैंगिक हिंसाबाट प्रभावितमध्ये ४ जना पुरुष र ६० जना महिला रहेका छन्।

यौनजन्य दुर्व्यवहारका ८, शारीरिक दुर्व्यवहारका २१ तथा मानसिक दुर्व्यवहारका २५ घटना अभिलेख भएका छन्। जातीय आधारमा दलित समुदायका ३१, जनजातिका ८ तथा ब्राह्मण–क्षेत्री समुदायका २५ जना पीडित रहेको तथ्यांक प्रस्तुत गरिएको थियो।

दाइजोका कारण ९, घरेलु हिंसाका ४८, सामाजिक भेदभावका ३ तथा अन्य कारणका ४ घटना रहेका छन्। मनोसामाजिक परामर्श सेवा ६४ जनालाई प्रदान गरिएको छ।

घटनाका दोषीमध्ये प्रेमी १३, श्रीमान् ३०, श्रीमती ४, छिमेकी ४, परिवारका सदस्य ८ तथा आमा २ जना रहेको पाइएको छ। क्षेत्रगत रूपमा सबैभन्दा बढी घटना चन्दननाथ नगरपालिकामा १५, पातारासी गाउँपालिकामा १२, तातोपानी गाउँपालिकामा ११, गुठीचौर गाउँपालिकामा ५, हिमा गाउँपालिकामा ५, सिञ्जा गाउँपालिकामा ३ तथा कनकासुन्दरी गाउँपालिकामा १ रहेको तथ्यांकमा उल्लेख छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को वर्षपुस्तक २०२६ अनुसार कर्णालीमा मानवअधिकार उल्लंघनका घटना बढ्दो क्रममा छन्। एक वर्षमा ६ सय ९४ जना पीडित भएका छन्, जुन अघिल्लो वर्षको ६ सय ८ भन्दा बढी हो। राज्य पक्षबाट ६ महिला र ७९ पुरुष तथा अन्य पक्षबाट ५ सय ३१ महिला र ७८ पुरुष पीडित भएका छन्।

बालअधिकार उल्लंघनका घटनामा पनि वृद्धि देखिएको छ। एक वर्षमा ४९ बलात्कार, १६ यौन दुर्व्यवहार, २ शारीरिक यातना तथा बालबालिका बेचबिखनका घटना अभिलेख भएका छन्। महिला अधिकार उल्लंघनका १ सय ९४ घटनामध्ये ४८ बलात्कारका घटना रहेका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस