सोमबारको जेन–जी प्रदर्शनमा काठमाडौं र काठमाडौंबाहिर गरी १९ जनाको मृत्यु भएपछि मंगलबार बिहानैदेखि मधेस प्रदेशका जिल्लाहरूमा प्रदर्शन भइरहेको छ।
सरकारले संयमता गुमाउँदै बर्बर दमनमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा र दोषीमाथि कारबाहीको मागसहित वीरगन्ज, बारा, रौतहट, सर्लाही, महोत्तरी, मधेस प्रदेशको राजधानी जनकपुरधाम, सिरहा, लहान, राजबिराजलगायत स्थानमा सर्वसाधारणसहित विद्यार्थी सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्।
जेन–जी समर्थकहरूले पूर्वपश्चिम राजमार्गको लहान खण्डमा टायर बालेर आवागमन अवरुद्ध पारेका छन्। राजमार्ग भएर चल्ने सवारी साधन ठप्प छन्। जिल्ला उद्योग वाणिज्य संघ सिरहाको आह्वानमा बजार, उद्योग, कलकारखाना बन्द गरिएको छ। मंगलबार दिउँसो ५ बजे उद्योग वाणिज्य संघले लहानको दुर्गा मन्दिर प्राङ्गणमा श्रद्धाञ्जली सभा आयोजना गरेको अध्यक्ष विकास कुमार सारडाले बताए।
प्यावसनलगायत निजी विद्यालय संगठनहरूले विद्यालय दुई दिनका लागि शोक बिदा दिएको प्यावसन जिल्ला अध्यक्ष उमेश प्रसाद चौधरीले बताए। सोमबारदेखि स्थानीय प्रशासनले वीरगन्जमा लगाइएको कर्फ्यु मंगलबार बिहान हटेपछि आन्दोलन पुनः सुरु भएको छ। आन्दोलनमा उत्रिएका युवाहरूले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ।
युवाहरूको भीडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २ राउन्ड अश्रुग्याँस प्रहार गरिरहेको छ। अहिले माईस्थान चोक क्षेत्र तनावपूर्ण बनेको छ र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ।
यता, जेन–जी समर्थकहरूले सरकारी दमनको विरुद्धमा नाराबाजी गर्दै रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगो लगाएका छन्। मंगलबार बिहानैदेखि जेन–जी समर्थकहरूले चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्ड अवरुद्ध पार्दै करिब छ वटा सवारी साधन तोडफोड गरेको प्रहरीले जनाए।
फोटो: पूर्वपश्चिम राजमार्गको लहान खण्डमा टायर बालेर जेन–जी समर्थकहरूले प्रदर्शन गर्दै सवारी आवागमन ठप्प पारेका छन्। तस्बिर: नागरिक