जेन–जी आन्दोलन: छोरीहरूले ‘बाबा खोइ?’ भनेर सोध्छन्, के जवाफ दिऊँ
२७ भदौ २०८२
•
३ मिनेट पाठ
जेन–जी आन्दोलन: छोरीहरूले ‘बाबा खोइ?’ भनेर सोध्छन्, के जवाफ दिऊँ
श्रीमान् मोहनको मृत्युपछि भावविह्वल मञ्जु सरदार । तस्बिर: नागरिक
इटहरी उपमहानगरपालिका–१४ का ४० वर्षीय मोहन सरदार डकर्मीकाे काम गर्थे। कामकाे सिलसिलामा खुट्टामा चोट लाग्दा साेमबार उपचारका लागि सामुदायिक अस्पताल गएका थिए। त्यो दिन जेन-जीको आन्दोलन पनि प्रारम्भ भयो। त्यही आन्दोलनका क्रममा गोली लागेर माेहनकाे मृत्यु हुनपुग्यो। सामुदायिक अस्पताल इलाका प्रहरी कार्यालयभन्दा ठिक अगाडि पट्टी छ। 




मृतक मोहनका दुई वटा साना छोरी छन्, सात वर्षकी आरोगी र पाँच वर्षकी आकृति। उपचार गर्न गएका पतिको मृत्युको खबर सुनेदेखि उनकी पत्नी मञ्जु विक्षिप्त छन् । उनलाई छोरीहरूले खोइ बाबा भनेर प्रश्न सोध्दा नाजवाफ हुन्छिन् र एकोहोरो रुन थाल्छिन्। उनी बेला बेलामा सम्हालिँदै बोल्छिन् ।

मोहन डकर्मीकै काम गरेर घर व्यवहार धान्दै आएका थिए। मञ्जु दुई वर्षअघि कुबेत गएर एउटा  सामान्य घर बनाएकी थिइन्। जसोतसो घर व्यवहार सामान्य ढङ्गले चलेको थियो। अब भने समस्या निम्तिएको छ । मञ्जु कुवेतबाट घर बिदामा आएकी थिइन् । उनी फेरि कुबेत जाने तय भदौ २६ गते (बिहीबार) तय भएको थियो। तर, अब उनको कुबेत गएर पैसा कमाउने सपना पनि तुहिएको छ। ‘अब मैले छोरीहरूलाई कसरी पाल्नु ?’ मञ्जुकाे दुखेसाे छ। 

मञ्जुको दयनीय अवस्था देखेर नागरिक समाज इटहरीका पूर्व अध्यक्ष राजेश श्रेष्ठ, बालिका खड्का भट्टराई, अहिलेका अध्यक्ष आरके राईलगायतले घरमै पुगेर आर्थिक सहयोग पनि गरेका छन् । मृतक मोहनको शव यति बेला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । शव छिटो ल्याउने व्यवस्था मिलाई दिन मोहनका आफन्तले नागरिक समाज इटहरीसँग आग्रह समेत गरेका छन्।

युवा पुस्ता जेन-जीको आन्दोलनको पहिलो दिन सोमबार इटहरीमा दुई जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर मृत्यु हुनेमा इनरुवा वडा नं. ६ घर भई आफन्तको घरमा इटहरी बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठ हुन् । उनी इटहरीकै बरगर हाउस फोटो सेन्टरमा काम गर्थे । उनी आन्दोलनमा गएका घर परिवारमा पत्तै थिएन । तर, राति उनकै ठूलोबुबाका छोरामार्फत मृत्यु भएको खबर थाहा पाएको इटहरी वडा नं. ५ घर भएका ठूलोबुवा टीकाबहादुर श्रेष्ठले बताए ।

एकोहोरो आफ्ना छोराको तस्बिर हेर्दै सुष्मा श्रेष्ठ । तस्बिर : नागरिक
आफन्तबाट सूचना पाएर सोमबार राति ११ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा गएर हेर्दा आफ्नै भतिजो भएको पत्ता लागेको उनले बताए । ‘प्रहरीले त भोलिपल्ट बिहान मात्र तपाईँको भतिजको बारेमा डिटेल भन्न प¥यो भन्दै फोन गरेको थियो,’ उनले भने, ‘जेन-जी पनि दुई दिनपछि बोलाएर मात्र घर आइ पुगे ।’ मृतक श्रेष्ठ पनि विदेश जाने तयारीमा थिए । उनका बबु प्रदिप श्रेष्ठ दुबईमै छन् । छोराको मृत्युपछि फर्कने तयारीमा रहेका छन् ।

छोरा अभिषेकको मृत्युले आमा सुष्मा मानसिक रूपमा विक्षिप्त छन् । जेन-जीको आन्दोलनमा मृत्यु भएका अभिषेकका आफन्त मृतक र घाइते परिवारलाई अब बन्ने सरकारले क्षतिपूर्ति नभई सम्मान दिनुपर्ने बताए । ‘जे नहुनु भयो, अब आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति होइन, सम्मान दिनुपर्छ,’ उनले भने, ‘इटहरीमै दुई जनाको मृत्यु भएको छ । दुवै जनाको सम्मानमा सालिक निर्माण गर्दा हामीप्रति न्याय हुन्छ ।’ उनले आफ्नो भतिजलाई नाकमा ताकेरै गोली हानेकाले गर्दा त्यसरी गोली हान्नेको पहिचान गरी कारबाही समेत हुनुपर्ने बताए । उनका अनुसार यदि कम्मरभन्दा मुनी गोली हानेको भए अपाङ्ग नै भएर पनि भतिज बाँच्ने थिए होला!

अभिषेकको पनि छिटो गरेर शव ल्याउन व्यवस्था मिलाई दिन नागरिक समाजसमक्ष आग्रह गरेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार सुरक्षाको जिम्मा सेनाले लिएकाले गर्दा आफू ‘क्लियर’ नभएको बताए । 
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस