दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, एक पक्राउ
२७ फागुन २०८२
•
२ मिनेट पाठ
दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, एक पक्राउ
रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामूहिक कुटपिट घटनामा ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको छ। पीडित बिर्जा राम चमारले दिएको लिखित उजुरीका आधारमा इलाका प्रहरी कार्यालय विजयपुर, लक्ष्मिनियाले बुधबार मुद्दा दर्ता गरेको हो।




प्रहरीका अनुसार घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई पक्राउ गरिएको छ। अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव फरार छन्। फरार आरोपीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

घटना गत फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि भएको बताइएको छ। एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेका थिए।

पीडितले न्यायका लागि पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेपछि मात्रै प्रहरीले मुद्दा दर्ता गरेको स्थानीयको भनाइ छ।

पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले सामान्य विवादपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी–भाटा लिएर घरमा प्रवेश गरी कुटपिट गरेको बताएका थिए।

बिर्जाको घरमा रहेका उनकी श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामानसमेत तोडफोड गरिएको थियो।

कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको छ। उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लगाइएको छ।

कुटपिटका कारण ललन राम चमार र नरेश राम चमारको टाउको र आँखामा पनि चोट लागेको पीडितले बताएका छन्।

प्रहरीको भूमिकामाथि प्रश्न

घटनापछि पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिनुको सट्टा पीडित बिर्जा राम चमार र उनका छोरालाई नै पक्राउ गरी हथकडी लगाएर लगेको आरोप लगाइएको छ। उनीहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर लगिएको पीडित पक्षको आरोप छ।

फतुवा विजयपुरका मेयर प्रत्याशी विजय यादवका अनुसार पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिइएको र घटनाको एक सातासम्म पनि जाहेरी दर्ता नगरिएकाले प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।

इलाका प्रहरी कार्यालय विजयपुर, लक्ष्मिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशील अवस्थाका कारण उनीहरूलाई पक्राउ गरिएको बताएका छन्।

पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको थाहा पाएपछि सोही रात जिम्मा जमानिमा छाडिएको उनले बताए।

स्थानीयका अनुसार इन्स्पेक्टर यादव इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुख भएर आएदेखि क्षेत्रमा अराजक गतिविधि बढेको गुनासो गरिएको छ।
अर्को समाचार
दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, एक पक्राउ
२७ फागुन २०८२
•
२ मिनेट पाठ
दलित टोलमा सामूहिक कुटपिट : ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा, एक पक्राउ
रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामूहिक कुटपिट घटनामा ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।




पीडित बिर्जा राम चमारले दिएको लिखित उजुरीका आधारमा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरले बुधबार मुद्दा दर्ता गरेको हो।

प्रहरीका अनुसार घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई पक्राउ गरिएको छ। अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव फरार रहेका छन्। फरार आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि उक्त घटना भएको बताइएको छ। एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका थिए।

पीडितले न्यायका लागि पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेपछि मात्रै प्रहरीले मुद्दा दर्ता गरेको स्थानीयको भनाइ छ।

पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले सामान्य विवादपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी–भाटा लिएर घरमा प्रवेश गरी कुटपिट गरेको बताए।

बिर्जाको घरमा रहेका उनकी श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरिएको थियो।

कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको छ। उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात वटा टाँका लगाइएको छ।

यसैगरी कुटपिटबाट ललन राम चमार र नरेश राम चमारको टाउको तथा आँखामा चोट लागेको पीडितले बताएका छन्।

प्रहरीको भूमिकामाथि प्रश्न

घटनापछि पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिनुको सट्टा पीडित बिर्जा राम चमार र उनका छोरालाई नै पक्राउ गरी हथकडी लगाएर लगेको आरोप लगाइएको छ। उनीहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर लगिएको पीडित पक्षको दाबी छ।

फतुवा विजयपुरका मेयर प्रत्याशी विजय यादवका अनुसार पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिइएको र घटनाको एक सातासम्म पनि जाहेरी दर्ता नगरिएकाले प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ।

इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशील अवस्थाका कारण उनीहरूलाई पक्राउ गरिएको बताएका छन्।

उनका अनुसार पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको थाहा पाएपछि सोही रात जिम्मा–जमानिमा छाडिएको थियो।

स्थानीयले भने इन्स्पेक्टर यादव इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुख भएर आएपछि क्षेत्रमा अराजक गतिविधि बढेको आरोप लगाएका छन्।
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस