हरितालिका तीजको दिन तौलेश्वरनाथ महादेव मन्दिरमा सुन चोर्ने भारतीय महिलाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गत वर्ष र यस वर्षको बोलबम कावर जलयात्राको समयमा सोही मन्दिरमा समेत चोरीमा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरु महिलाको सिक्री र लकेट चोरेर भाग्नेक्रममा पक्राउ परेका हुन्। उनीहरुबाट केही नगर रुपैयाँ समेत बरामद भएको छ ।
तीज, बोलबम लगायत समयमा योजनाबद्ध तरिकाले मन्दिरमा सुन चोरेर भाग्ने गिरोहको यस पटक प्रहरीले बिशेष निगरानी राखेको थियो । यसपटक पनि उनीहरु भारतको खुनु्वा नाका हुँदै नेपाल प्रवेश गरी मन्दिरमा दर्शनार्थी बनेर आएका थिए । भीडभाडको मौका छोपी उनीहरुले सोमबार दिउँसो पानै २ बजेतिर सुन चोरेर मन्दिरबाट भागका थिए । सिसी टिभीमा निगरानी गरिएकाले चोरेर भागेको केही मिनेटमै महिलालाई पक्रउ गरिएको प्रहरीले जनाएको छ।
२०८२ साल भाद्र १० गते तिजको दिन तथा गएको साउन २५ गते समेत यही समूहले महिलाको सुनको सिक्री चोरेर भागेको सिसी फुटेजमा देखिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए । ‘चाडबाडको बेला भिडभाडको फाईदा उठाउदै यो गिरोहले लामो समय देखि योजनाबद्धरुपमा सुनको सामाग्रीहरु चादै आएका थिए,’ उनले भने, ‘यस वर्ष विशेष निगरानी पछि उनीहरु फन्दामा परेका हुन् ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगंज जिल्लाकी २५ वर्षीया उशादेवी हरिजन, गोरखपुर जिल्लाकी ३२ वर्षीया गितादेवी चमार, ३५ वर्षीया रिता चमार, सिद्धार्थनगर पोस्ट पोस्ट सोहरथगढ थाना करहियाकी ३५ वर्षीया उशादेवी चमार ,सिद्धार्थनगर थाना नुक्साबजार २४ वर्षीया सिला हरिजन, गोरखपुर कम्यिर थाना पकरीदुसवाकी अनितादेवी हरिजन रहेका छन् ।
२४ वर्षीया शीला हरिजन गर्भवती रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महिलाहरुसँग सोधपुछ र घटनाको अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक सिंहले बताए ।
सोही गिरोहका अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।