बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२५ कार्तिक २०८३
•
६ मिनेट पाठ
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ । नदीपारि रहेको लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिएको छ । भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ । सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ ।




तर, अब यो बाध्यता अन्त्य हुने आशा पलाएको छ । सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने गच्छे–भालुबाङ सडक निर्माणले तीव्रता पाएसँगै अर्घाखाँची र प्रदेश राजधानीबीचको दूरी छोटिने भएको हो । यो सडक निर्माण सम्पन्न भए अहिले प्रयोग भइरहेको गोरुसिङ्गे हुँदै जाने सडकमार्गभन्दा करिब ४७ किलोमिटर दूरी कम हुनेछ । अर्थात्, अहिले १२० किलोमिटर यात्रा गर्नुपर्ने भालुबाङ पुग्ने दूरी घटेर करिब ७३ किलोमिटरमा सीमित हुनेछ ।

प्रदेश राजधानी आफ्नै जिल्लाको सिमानामा भएर पनि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको यो सडक अर्घाखाँचीको महत्त्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा स्थापित हुँदै गएको छ । लुम्बिनी प्रदेश सरकारले गौरवको योजनाका रूपमा अघि बढाएको यस सडकको निर्माणकार्य सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले अगाडि बढाएको छ ।

गच्छेबाट सुरु भएर भालुबाङसम्म पुग्ने सडकको कुल लम्बाइ ७३ किलोमिटर छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर वासुदेव भण्डारीका अनुसार गच्छेदेखि धनचौर हुँदै लामातालसम्मको ४७.५ किलोमिटर सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ ।

सडक निर्माणका विभिन्न खण्डमा क्रमशः कालोपत्र, ग्राभेल तथा आवश्यक संरचना निर्माणका काम भइरहेका छन् । गच्छेदेखि गैरागोठसम्मको सडक गत आर्थिक वर्षमै कालोपत्र सम्पन्न भएको थियो । चालु आर्थिक वर्षमा पनि दुईवटा खण्डमा निर्माणकार्यलाई अगाडि बढाइएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।  

उनका अनुसार अम्मर एसियाली मल्लरानी जेभी प्युठानले गच्छेदेखि ढिकुरासम्मको ५.६५ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गर्ने काम गरिरहेको छ । उक्त खण्डमा सडक कालोपत्रसँगै आवश्यक संरचना निर्माण तथा ग्राभेलको कामसमेत भइरहेको छ । यसका लागि करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माणकार्य केही दिनमै सम्पन्न हुने कार्यालय प्रमुख भण्डारीले बताए ।

त्यस्तै, समपूरक आयोजनाअन्तर्गत अर्को सडकखण्डमा पनि कालोपत्रको काम अघि बढेको छ । खनाल वैदर्श सागर जेभी अर्घाखाँचीले अघिल्लो आर्थिक वर्षमा सम्झौता गरेर निर्माणकार्य सुरु गरेको हो । उक्त आयोजनाअन्तर्गत झन्डै ९.५ किलोमिटर सडक कालोपत्रसहित निर्माण भइरहेको छ ।

समपूरक आयोजनाअन्तर्गत निर्माण भइरहेको सडकको भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको निर्माण व्यवसायी कविराम खनालले जानकारी दिए । आगामी आर्थिक वर्षसम्म सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भए पनि निर्माणकार्यलाई तीव्रता दिँदै चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।  

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु पाँच करोड र सङघीय सरकारबाट रु पाँच करोड गरी रु १० करोड बजेट विनियोजन भएको छ । सोही बजेटबाट झन्डै साढे नौ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गर्नेगरी काम भइरहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर भण्डारीले जानकारी दिए।

वर्षौँदेखि प्रदेश राजधानीसँग सहज सडक सम्पर्कको प्रतीक्षामा रहेका जिल्लावासीका लागि सडक निर्माणले गति लिनु उत्साहजनक विषय बनेको छ । सडकका विभिन्न खण्डमा कालोपत्र तथा स्तरोन्नतिको काम अगाडि बढेसँगै आयोजना पूरा हुने अपेक्षा पनि बढेको छ ।

गच्छे–भालुबाङ सडक निर्माण सम्पन्न भए यसको लाभ अर्घाखाँचीका नागरिकले मात्र नभई छिमेकी जिल्ला गुल्मी र प्युठान र पाल्पाका बासिन्दाले समेत लिन सक्नेछन् । सन्धिखर्कलाई प्रदेश राजधानीसँग छोटो सडकमार्गबाट जोड्ने यो सडकले जिल्लाका ग्रामीण क्षेत्रको यातायात पहुँच विस्तारमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

विशेषगरी नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगङ्गा नगरपालिकाका वडा नं ५, ६ र ७ तथा भूमिकास्थान नगरपालिकाका वडा नं ९ र १० हुँदै यो सडक जाने भएकाले ती क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने भूमिकास्थान नगरपालिका १० धनचौरका स्थानीय समाजसेवी लेखनाथ पाण्डेले बताए।  

अहिले ती क्षेत्रका नागरिकलाई सदरमुकाम, प्रदेश राजधानी तथा अन्य बजार क्षेत्रसम्म पुग्न भौगोलिक अवस्था र सडकको पहुँचका कारण विभिन्न समस्या झेल्नुपर्ने अवस्था छ । सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुनुका साथै कृषि तथा पशुजन्य उत्पादन बजारसम्म पुर्याउन पनि सजिलो हुनेछ ।

ग्रामीण क्षेत्रमा उत्पादित तरकारी, फलफूल, दूध तथा अन्य कृषि उपजले बजार पाउने सम्भावना बढ्नेछ । सडक पहुँच विस्तारसँगै स्थानीयस्तरमा व्यापार व्यवसाय, होटल तथा पर्यटन गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, प्रदेश राजधानी भालुबाङसँग प्रत्यक्ष सडक सम्पर्क स्थापित भएपछि सरकारी कार्यालयका काम, स्वास्थ्य उपचार, शैक्षिक गतिविधि तथा व्यापारिक प्रयोजनका लागि आवतजावत गर्ने नागरिकलाई ठूलो राहत मिल्नेछ । प्रदेश राजधानी पुग्न लाग्ने समय, इन्धन खर्च र यातायात खर्च घट्ने भएकाले यसले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

गच्छे–भालुबाङ सडक निर्माणमा प्रगति भइरहे पनि सम्पूर्ण सडकलाई कालोपत्र गरी पूर्णता दिन पर्याप्त बजेटको आवश्यकता छ । हालसम्म भएका निर्माणकार्यले सडकको आधार तयार पार्ने काम गरे पनि बाँकी खण्डको स्तरोन्नति र कालोपत्रका लागि थप बजेट आवश्यक देखिएको छ ।

झन्डै रु एक अर्ब बजेट उपलब्ध हुनसके सम्पूर्ण सडक कालोपत्र गर्न सकिने अनुमान गरिएको छ । त्यसैले प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको यस सडकलाई पूर्णता दिन प्रदेश र सङ्घीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

प्रदेश राजधानीसँग जोडिने सडक भएकाले यसलाई सामान्य स्थानीय सडकका रूपमा मात्र नभई प्रदेशस्तरीय महत्व बोकेको रणनीतिक सडकका रूपमा हेर्नुपर्ने जिल्लावासीको अपेक्षा छ । पर्याप्त बजेट विनियोजन गरी बहुवर्षीय योजनाका रूपमा निरन्तर काम अगाडि बढाउनसके आगामी केही वर्षभित्रै सडकले पूर्णता पाउने सम्भावना छ ।

अहिले भौगोलिक रूपमा नजिक भएर पनि सडकका कारण टाढा रहेको भालुबाङलाई गच्छे–भालुबाङ सडकले अर्घाखाँचीको पहुँचमा ल्याउनेछ । यो सडकले केवल ४७ किलोमिटर दूरी घटाउनेमात्र नभई जिल्लाको आर्थिक, सामाजिक र प्रशासनिक सम्बन्धलाई प्रदेश राजधानीसँग थप मजबुत बनाउनेछ ।

अर्घाखाँचीको विकास, ग्रामीण क्षेत्रको समृद्धि र प्रदेश राजधानीसँगको सहज सम्पर्कका लागि महत्त्वपूर्ण मानिएको यो आयोजना समयमै सम्पन्न हुनु आवश्यक छ । निर्माणाधीन सडकलाई पर्याप्त बजेट, प्रभावकारी अनुगमन र निरन्तर निर्माणको वातावरण बनाउनसके गच्छे–भालुबाङ सडक जिल्लाको विकासमा नयाँ कोशेढुङ्गा बन्न सक्नेछ । रासस
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
५४ मिनेट अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस