पहिरोले देशका २५ मुख्य राजमार्ग अवरुद्ध
१२ असोज २०८३
•
३ मिनेट पाठ
पहिरोले देशका २५ मुख्य राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै निम्तिएको बाढी र पहिरोका कारण देशभर ३१ जनाको ज्यान गएको छ भने दुई दर्जनभन्दा बढी मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।




विपद्ले देशका अधिकांश सडक सञ्जाल विच्छेद गरेपछि जोखिममा परेका नागरिकको उद्धार गर्न र बन्द सडक खुलाउन नेपाल प्रहरीसहितका सुरक्षा निकायहरू उच्च सक्रियताका साथ फिल्डमा खटिएका छन्।

प्रहरीका अनुसार गत असोज ८ गतेदेखि सुरु भएको बाढीपहिरोमा परी हालसम्म १ हजार ६ सय ४ जनाको सकुशल उद्धार गरिएको छ। विपद्मा परी १२ जना अझै बेपत्ता छन् भने ८ जना घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

बाढीपहिरोका कारण देशभर १ सय ६८ वटा घर, २० वटा गोठ, ४ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। यस अवधिमा १ सय १३ वटा पशुचौपाया मरेका छन् भने २ हजार ३ सय २२ घरपरिवार विस्थापित भएका छन्।

विपद्बाट सबैभन्दा बढी मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ। यहाँ २० जनाले ज्यान गुमाएका छन्। बागलुङमा १०, म्याग्दीमा ६ र मनाङमा ४ जना रहेका छन्।

यस्तै, लुम्बिनी प्रदेशको पाल्पामा ५, बागमती प्रदेशमा ३ (धादिङ, मकवानपुर र काभ्रेमा १-१ जना), कर्णाली प्रदेशमा २ (डोल्पा र रूकुम पश्चिममा १-१ जना) तथा मधेस प्रदेशको धनुषामा १ जनाको मृत्यु भएको छ।

वर्षा केही कम भए पनि देशका मुख्य जीवनरेखा मानिएका राजमार्गहरू पहिरोले क्षतविक्षत बनेका छन्।

कान्तिलोकपथ (टाकुर्चे र पाङ्दुर खण्ड), पृथ्वी राजमार्ग (धादिङको बेनीघाट र तनहुँको घाँसीकुवा खण्ड), पृथ्वी लोकमार्ग (धादिङ), नारायणगढ-मुग्लिङ सडकखण्ड (चितवन), हेटौंडा-भैंसे-भीमफेदी फाखेल-काठमाडौं सडक (महालक्ष्मी खोला नजिक) तथा रसुवा र नुवाकोटका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्।

यसैगरी मध्यपहाडी लोकमार्ग (बागलुङ र लमजुङ खण्ड), कालीगण्डकी कोरिडोर (बागलुङ, नवलपरासी पूर्व र गुल्मी खण्ड), चामे-बेसीशहर, बेनी-जोमसोम, बेनी-दरबाङ, जोमसोम-कोरोला, मालढुंगा-बेनी, घोराही-थवाङ-रूकुम शहिदमार्ग, मदन भण्डारी राजमार्ग (रोल्पा खण्ड), रूद्रवेणी-वामीटक्सार, तुलसीपुर-घोराही, गाईघाट-वालिङ, सिद्धार्थ राजमार्ग (पाल्पा खण्ड) र ढोरपाटन सडकखण्ड पनि ठप्प छन्।

कर्णाली राजमार्ग (कालिकोट), कर्णाली कोरिडोर (हुम्ला), नाग्म-गम्गढी (मुगु), भेरी कोरिडोर (डोल्पा) र महाकाली राजमार्ग (बैतडी) समेत पहिरोले पूर्ण रूपमा बन्द भएका छन्।

केही सडकखण्ड भने आंशिक रूपमा खुलाइएका छन्। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड, मध्यपहाडी लोकमार्गको पर्वतस्थित तामादी खोला खण्ड र काभ्रेस्थित बिपी राजमार्ग एकतर्फी सुचारु गरिएको छ।

जोखिमलाई मध्यनजर गर्दै सिद्धिचरण लोकमार्ग (सोलुखुम्बु र उदयपुर खण्ड), मध्यपहाडी लोकमार्ग (भोजपुर खण्ड) र टोखा-छहरे सडकखण्ड (नुवाकोट) मा रात्रीकालीन आवतजावतमा पूर्ण रोक लगाइएको छ।

प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँगको समन्वयमा हेभी उपकरण परिचालन गरी अवरुद्ध सडक खुलाउने, पुरिएका धनमाल निकाल्ने र विस्थापितलाई सुरक्षित स्थानमा सार्ने कार्य निरन्तर गरिरहेको छ।

पहिरोको उच्च जोखिम कायमै रहेकाले लामो यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक पेजमार्फत सडकको ताजा अवस्था बुझेर मात्र यात्रा तय गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
अर्को समाचार
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध, चीन नाका दुवै ठप्प
०४ असोज २०८२
•
१ मिनेट पाठ
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध, चीन नाका दुवै ठप्प
केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन्।




नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए। उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ।

कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ। त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ। बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध छ। यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान पनि खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रूपमा खुलाइएका छन्।

यो पनि पढ्नुहोस्

स्थलगत रिपोर्टिङ: ५० दिनदेखि नाका अवरुद्ध, खर्बौंका सामान चीनको भूभागमै
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
यो पनि पढौँ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस