भोटेकोशीमा बाढी : वीरबहादुरको एक कलले बचायो ३० परिवार
२३ भदौ २०८३
•
६ मिनेट पाठ
भोटेकोशीमा बाढी : वीरबहादुरको एक कलले बचायो ३० परिवार
माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसल जाँदै गर्दा एक्कासी ठूलो–ठूलो आवाज कानमा आएर ठोक्कियो। बाहिर आएर स्याँफ्रुबेँसीतर्फ हेर्दा उनको होसहवास नै उड्यो। उनले जीवनमा कहिल्यै नदेखेको दृश्य देखे।




भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो। त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो। 

‘भोटेकोशीमा बाढी यति धेरै आएको थियो कि पाँच–दश मिनेट मैले केही सोच्नै सकिनँ’, वीरबहादुरले भने, ‘एकछिनपछि त झल्यास्स सम्झिएँ, लौ मेरो जहान बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने ।’ 

उनले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका–१० भैँसेलाई सम्झिए । अनि भैँसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरे । ‘श्रीमतीको फोन मरिगए पनि उठ्दैन’, उनले सम्झँदै भने। 

वीरबहादुरलाई दिमागले काम गर्न छोडेजस्तै भयो। उनले तारन्तार फोन गरिरहे। श्रीमतीको फोन नउठेपछि उनले नौ कक्षामा पढ्दै गरेकी छोरी एविकालाई सम्झिए। उत्तरगया बोर्डिङ स्कुलमा पढ्ने एविका त्यतिबेला विद्यालय जाँदै थिइन्। उनी बुबाको फोन आएपछि बाटोबाटै पाखोतर्फ भागिन्। 

‘छोरीले एक कलमै फोन उठाइन्, अनि मैले धुञ्चेबाट देखिरहेको, सुनिरहेको दृश्यबारे उनलाई बताएँ’, वीरबहादुरले भने, ‘एकछिनपछि त श्रीमती र दाजु रमेशले पनि फोन उठाउनुभयो। ’उनकी श्रीमती गङ्गा तामाङ गुरुङ त्यति बेला खेतमा थिइन्। उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया सासु साइली र दुई वर्षको छोरोलाई घरमाथिको पाखोमा पुर्‍याइसकेका थिए। 

वीरबहादुरको आफ्नै माइक्रोबस छ। उनी आफैँले त्यही माइक्रोबस बेत्रावतीबाट काठमाडौंको मार्गमा चलाउने गर्छन्। बाढी आएको दिन भने उनी धार्मिकस्थल गोसाइँकुण्ड जाने १० यात्रु लिएर बिहानै धुञ्चे उक्लिएका थिए। उनका अनुसार यात्रुहरू सबै धादिङका थिए। उनीहरूले वीरबहादुरको माइक्रोबस भाडामा लिएर त्यसतर्फ गएका थिए। 

‘भाग्य बलियो रहेछ, त्यही भएर बाँचेँ’, वीरबहादुरले भने। अरु बेला हुन्थ्यो भने उनको बिहानको समय काठमाडौंका लागि यात्रु खोज्नमै त्यही बेत्रावती र भैँसे वरपर बित्थ्यो। त्यसदिन गोसाइँकुण्ड जाने दर्शनार्थीका कारण वीरबहादुर बाढीको चपेटामा परेनन्। 

‘अरु दिन हुन्थ्यो भने म मात्रै होइन, परिवार नै बाढीमा बग्थ्यो’, उनले भने, ‘धुन्चेमा भएर बेलैमा भोटेकोशीको बाढीबारे थाहा पाएँ, मेरो एक कल फोनले परिवार र छरछिमेक मात्रै होइन, टोलकै बासिन्दालाई बचाउन सकेँ।’  मानिस सुरक्षित भए पनि टोलका कुनै घर बाँकी नरहेको उनले बताए। सबै भोटेकोशीको बाढीमा विलय भएका छन्। 

पाँच जनाको परिवार बाढीबाट जोगिएकामा वीरबहादुर खुसी छन्। उनले भने, ‘सम्पत्ति त फेरि पनि जोड्न सकिएला, जीवन त कहाँ पाउनु र ?’ श्रीमान् वीरबहादुरको फोनले धेरैको ज्यान बचाउन सकिएकामा गङ्गा पनि खुसी छन्। ‘खेतबाट निकै बेरसम्म बाढी आयो भनेर चिच्याएँ, धेरैले त सुरुआतमा विश्वासै गरेनन्’, उनले भनिन्, ‘टिमुरे र स्याँफ्रुबेँसी पूरै बगायो भनेपछि सबै भाग्न थाले।’   

उनले चिन्तित हुँदै दुःखले जोडेको करिब १० तोला सुन र रु १४ लाख भने बाढीबाट जोगाउन नसकेको बताइन्। उनले केही वर्षअघि लाखौँ रुपैयाँ खर्चेर एक तले पक्की घर बनाएकी थिइन्। तत्काल एक तला थप्ने सोचमा थिइन्। ‘गहना र पैसा लिएरै भाग्न खोजेको भए परिवारै बग्थ्यो’, गङ्गाले भनिन्, ‘तर, मैले त्यसलाई आफ्नो ज्यान र छोराछोरीभन्दा प्यारो ठानिनँ, त्यसैले त आज नयाँ जीवन पाएँ।’ 

गरगहना र पैसा जोगाउन खोज्दा धेरैले ज्यान गुमाएको उनको अनुभव छ। भैँसेमा पनि सुन र नगद घरबाट निकाल्न खोज्दा कतिलाई बाढीले बगाएको उनले बताइन्। आफ्नो र वीरबहादुरको सहित १० जनाको परिवार मात्र होइन, आफू बस्दै आएको टोलका करिब ३० परिवारलाई भाइको एक कलले बाढीबाट जोगाउन सकिएको दाजु रमेश गुरुङले जानकारी दिए। 

उनले भैँसेमा खानाखाजाको पसल सञ्चालन गर्दै आएका थिए। उनको व्यापार राम्रै चलेको थियो। त्यसबेला रसुवागढी नाका किनमेल गर्न, कैलाश मानसरोवर तथा गोसाइँकुण्ड तीर्थाटन गर्न जानेहरूको निकै भीडभाड थियो। रमेशलाई बिहानदेखि रातिसम्म एकछिन फुर्सद हुँदैनथ्यो। 

‘पसलमा धेरै ग्राहक आएका थिए, खाना बनाउँदै थिएँ, एक्कासी भाइको फोन आयो। सबैलाई बाढी आयो भन्दै भाग्न भनेँ’, रमेशले त्यो क्षण सम्झँदै भने, ‘धेरैले विश्वास नै गरेनन्, विश्वास नगर्नेहरूलाई बाढीले बगायो।’  

बाढी भैँसे पुग्दासम्म रमेश चिच्याइरहे। वीरबहादुरले धुञ्चेबाट फोन गरेपछि बाढी भैँसे पुग्न करिब आधा घण्टा जति लागेको उनको ठम्याइ छ। 

ज्यान जोगाउन त्यो पर्याप्त समय रहेको रमेशले बताए। समय सदुपयोग भने आफ्नो कुरा पत्याउनेको हकमा मात्रै लागू भएको उनले अनुभव सुनाए। अन्यत्रभन्दा भैँसेमा मानवीय क्षति कम भएको रमेशले बताए। तर बाढीबाट ज्यान गुमाउनेको एकीन तथ्याङ्क उनीसँग पनि छैन। 

‘बाँचेकाहरूसँग पनि यसबीचमा थोरै जनासँग भेट भएको छ, अरु त को कता भागे अत्तोपत्तो छैन।’  रमेशले भैँसेमा झण्डै रु एक करोड लगानीमा घर बनाएका थिए। त्यसैमा खानाखाजाको पसल चलाउँदै आएका थिए। 

‘अहिले व्यापारको याम हो, दैनिक रु २०–२५ हजारको कारोबार हुन्थ्यो’, उनले भने, ‘यो यामको तीन–चार महिनाको कमाइले वर्षभरि खान, लगाउन र छोराछोरी पढाउन पुगेको थियो। झण्डै रु ४० लाख जति घर बनाउँदाको ऋण बाँकी नै थियो।’   

रमेशको जेठो छोरा काठमाडौंमा पढ्छन्। अर्को छोरा भैँसेमा चण्डेश्वरी माविमा पढ्छन्। विद्यालय गएको छोरालाई उनले झण्डै चार घण्टापछि मात्र भेट्टाए। ‘स्कुलकै साथीहरूसँग भागेको रहेछ, बाढीले बगायो कि भन्ने चिन्तामै थिएँ, पछि त सम्पर्कमा आयो’, उनले भने। 

श्रीमतीले मोबाइल लिन घरभित्र पस्न खोजे पनि आफूले जान नदिँदा ज्यान जोगिएको रमेशले बताए। वीरबहादुर र रमेशको परिवार पनि यतिबेला शोकमा डुबेको छ। उनीहरूको परिवारको एक सदस्य तेराना तामाङलाई भने बाढीले बगायो। उनी त्रिशूली अस्पतालमा नर्स थिइन्। तर अघिल्लो राति उनी शोलेस्थित घर गएकी थिइन्। अर्को बिहान घरबाट अस्पताल पुग्नै पाइनन्।  

‘सबै शोकमा छन्, एकले अर्कोलाई हेरेर चित्त बुझाउनु परिरहेको छ”, रमेशले भने। 

यही भदौ १० गते भोटेकोशीमा बाढी गएपछि नुवाकोटको अति प्रभावित क्षेत्र भैँसेका १५० जना विस्थापितलाई नजिकैको सुरक्षित स्थानमा होल्डिङ सेन्टरमा राखिएको रमेशले बताए। उनीसहित छ परिवार भने भैँसेमाथिको गैरीखर्कमा आफन्तकहाँ आश्रय लिएर बसेका छन्। सरकारले विस्थापितलाई राहत सामग्री उपलब्ध गराइरहेको उनले जानकारी दिए। 

‘म दिनहुँ होल्डिङ सेन्टरमा गइरहन्छु, खानेकुराको कुनै कमी छैन, विभिन्न निकायले दैनिक राहत सामग्री दिइरहेका छन्’, रमेशले भने, ‘यसरी लामो समयसम्म बस्न सकिने अवस्था छैन, सरकारले उचित बसोबासको व्यवस्था गरिदिए हुन्थ्यो, पानी निरन्तर परिरहेकाले बास बस्नेलाई समस्या छ। 

’बाढीका कारण विस्थापित भएकाहरूलाई मुख्यतया छोराछोरीको पढाइको चिन्ताले सताएको उनको भनाइ छ। बालबालिका, महिला, परिवारका सदस्य गुमाएकालगायत विस्थापित सबैलाई मनोपरामर्शको खाँचो देखिएको उनले बताए। 

विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालले बाढीबाट आफ्नो वडा अत्यधिक प्रभावित भएको बताए। उनका अनुसार सो वडामा बाढीबाट २५६ परिवारका एक हजार २०० जना प्रभावित भएका छन्। उनका अनुसार बाढीमा परेर २३९ जना बेपत्ता भएका छन्। 

वडाध्यक्ष नेपालले विस्थापित भएकाहरूलाई गेल्फुटारस्थित सुन्दरीकेउरिनी माविमा राखिएको बताए। बाढीमा परेर स्थानीय उत्तरगया बोर्डिङ स्कुलका अनुमानित २०० विद्यार्थी बेपत्ता भएका उनले बताए। उनका अनुसार बेपत्ताको तथ्याङ्क सङ्कलन भइरहेको छ। 

प्रभावित विद्यार्थीलाई नजिकका सुरक्षित विद्यालयमा पढ्न पठाउन उनीहरूका अभिभावकलाई सुझाव दिइएको वडाध्यक्ष नेपालले बताए। विदुर नगरपालिकाले बाढी विस्थापित प्रत्येक परिवारलाई तत्कालका लागि रु १० हजार उपलब्ध गराउने निर्णय गरेको उनले उल्लेख गरे। 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस