‘पाँच वर्ष रोएरै बित्यो’
१३ कार्तिक २०८३
•
४ मिनेट पाठ
‘पाँच वर्ष रोएरै बित्यो’

भरतपुर महानगरपालिका–१० का विष्णुप्रसाद सापकोटाको मुटुमा पेसमेकर राखिएको छ। उनी मुटुसम्बन्धी दीर्घरोगी हुन्। उनकी पत्नी र छोरीलाई पनि मुटुरोग छ। उपचारमा मात्रै मासिक ५० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ। खर्च बढिरहेका बेला सहकारीमा डुबेको करोडौं रुपैयाँ फिर्ता नपाउँदा उनी थप पीडामा छन्।

परिवारका पाँच जनाको शिवशिखर बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको करिब तीन करोड ७४ लाख रुपैयाँ डुबेको छ। त्यसमा विष्णुप्रसादको मात्र दुई करोड ४० लाख रुपैयाँ छ। नातीनातिनाको बचत पनि सहकारीमै छ। अमेरिकाबाट छोराले पठाएको रकमसमेत सहकारीमा राखेका उनले फिर्ता पाउन सकेका छैनन्।

‘मेरो मुटुमा ब्याट्री (पेसमेकर) राखिएको छ । महिनाको ५० हजार रुपैयाँभन्दा बढी उपचारमा खर्च हुन्छ। छोरी पनि मुटुरोगी छन्। मेरो मात्रै दुई करोड ४० लाख रुपैयाँ डुबेको छ। नातीनातिनाको पैसा पनि त्यहीं छ,’ सापकोटाले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसमक्ष भावुक हुँदै आफ्नो पीडा सुनाए।

उनले भने, ‘पाँच वर्षदेखि पैसा आउने आशामा बसेको छु। पीडितको उद्धार गर्नुहुन्छ भन्ने आशा छ।’

उनले सहकारीमा जम्मा गरेको रकम परिवारको उपचार, भविष्य र वर्षौंको मिहिनेतसँग जोडिएको छ। तर पाँच वर्ष बितिसक्दा पनि उनले आफ्नो पैसा फिर्ता पाएका छैनन्।

कृष्णप्रसाद सुवेदीको पीडा पनि उस्तै छ। उनी पनि शिवशिखर बचत तथा सहकारी संस्थाका बचतकर्ता हुन्। पाँच वर्षदेखि आफ्नो बचत फिर्ता हुने आशामा बसेका सुवेदीको परिवारमा क्यान्सरका बिरामी छन्। सहकारीमा राखेको रकम फिर्ता नहुँदा उनी आर्थिक संकटमा छन्।

सापकोटा र सुवेदीजस्तै चितवनका हजारौं बचतकर्ताको अवस्था छ। कसैले परिवारको उपचारका लागि, कसैले छोराछोरीको भविष्यका लागि त कसैले जीवनभरको कमाइ सुरक्षित हुने विश्वासमा सहकारीमा पैसा जम्मा गरेका थिए।

अहिले त्यही बचत फिर्ता नहुँदा उनीहरूलाई दैनिक खर्च चलाउनसमेत कठिनाइ भइरहेको छ।

भरतपुर महानगरपालिका–४, लंकुमा कोठा भाडामा लिएर बस्दै आएकी सुशीला केसीको कथा पनि यस्तै छ। ठेलामा सामान बेचेर जीविका चलाउँदै आएकी उनले कमाइ सनराइज बचत तथा ऋण सहकारी संस्थामा जम्मा गर्थिन्। कहिले पाँच सय, कहिले एक हजार रुपैयाँ गर्दै उनले बचत बढाएकी थिइन्। ठेला व्यापारबाट कमाएको रकम मात्रै होइन, जग्गा बेचेको पैसा पनि उनले सहकारीमै राखेकी थिइन्। तर आफूलाई चाहिएका बेला सहकारीबाट बचत पैसा फिर्ता लिन खोज्दा पाइनन्। ‘हामीले ठेला व्यापार गरेर कमाएको पैसा हो। जग्गा बेचेको पैसा पनि त्यहीं राखेका थियौं। हाम्रो पैसा बचत हुन्छ भन्ने लागेको थियो तर डुबाइदिए’, उनले भनिन्, ‘अहिले सामान किन्नसमेत समस्या छ। दिदीबहिनीसँग चाडपर्वमा रमाइलो गर्न पनि मन लाग्दैन। पाँच वर्षयताका चाडपर्व कोठामा रोएरै बितेका छन्।’

चितवनका सहकारीपीडितले आफ्नो डुबेको रकम फिर्ता गराइदिन सरकारसँग आग्रह गरेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रावलसमक्ष उनीहरूले वर्षौंदेखि बचत फिर्ता नपाउँदा भोग्नुपरेका समस्या सुनाएका हुन्।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता शालिकराम दवाडी अहिलेको सरकारप्रति आशावादी भए पनि बचत फिर्तासम्बन्धी काम अपेक्षाअनुसार अघि नबढेको बताउँछन्। सहकारीको रकम फिर्ता गराउन सरकारी निकायबाटै असहयोग भएको उनको गुनासो छ। दवाडीका अनुसार सहारा चितवन सहकारीबाट हिनामिना भएको ६६ करोड रुपैयाँमध्ये १२ करोड रुपैयाँ गोरखा मिडियामा गएको अनुसन्धानबाट देखिएको छ।

अहिले काठमाडौं महानगरपालिकाले गोरखा मिडियाको सम्पत्ति लिलाम गर्ने सूचना निकालेपछि त्यसबाट प्राप्त हुने रकम बचतकर्ताको हितमा उपयोग हुनुपर्ने उनको माग छ। ‘गोरखा मिडियाको सामान लिलाम हुँदै छ। त्यसबाट ३५ देखि ४० करोड रुपैयाँ आयो भने हामीलाई केही राहत हुन्थ्यो,’ उनले भने, ‘त्यो पैसा अन्यत्र जानबाट रोक्न हामीले २०८३ असार ४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन लिएर गएका थियौं। तर प्रहरीले दर्ता हुँदैन भनेर फिर्ता गरिदियो।’

दवाडीले रवि लामिछाने जोडिएका सहकारीको विषयमा प्रहरीले फरक व्यवहार गरेको आरोपसमेत लगाए। उनका अनुसार सहकारीका बचतकर्ताले आफ्नो पैसा फिर्ता गराउन विभिन्न निकाय धाउँदा पनि अपेक्षित सहयोग पाउन सकेका छैनन्। ‘हामीले रविलाई फसाउन मुद्दा हालेका होइनौं। हाम्रो पैसा गोरखा मिडियामा छ। त्यहाँको सम्पत्ति लिलाम हुँदै छ। लिलामबाट आएको रकमबाट बचतकर्तालाई राहत दिनुपर्छ,’ उनले भने।

सहारा चितवनलाई समेत सरकारले संकटग्रस्त घोषणा गर्नुपर्ने दवाडीको माग छ।

चितवनमा सहारा चितवन बहुउद्देश्यीय सहकारी, शिवशिखर बचत तथा ऋण सहकारी र सनराइज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन्। यी तीन संस्थामा गरी बचतकर्ताको साढे दुई अर्ब रुपैयाँभन्दा बढी फसेको छ।

शिवशिखर सहकारीका करिब १९ हजार बचतकर्ताको एक अर्ब रुपैयाँ, सहारा चितवनका छ हजार दुई सय बचतकर्ताको ६६ करोड रुपैयाँ र सनराइज सहकारीका १२ हजार बचतकर्ताको करिब ९० करोड रुपैयाँ फिर्ता हुन बाँकी रहेको बताइएको छ।

सहकारीमन्त्री रावलले सहकारीका बचतकर्ताको रकम डुब्नुमा नियमनकारी निकाय र तत्कालीन सरकारको कमजोरी जिम्मेवार रहेको बताएकी छन्। सहकारीमा पैसा राख्नु बचतकर्ताको गल्ती नभएको जनाउँदै उनले बचतकर्ताको रकम फिर्ता गराउन सरकारले पहल गर्ने प्रतिबद्धता बताइन्। उनले सहकारीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले कतिपय विषयको निरूपण हुन बाँकी रहेको बताइन्। ‘सहकारीमा पैसा राख्नु बचतकर्ताको गल्ती होइन। विगतमा नियमनकारी निकायले नियमन नगरेका कारण समस्या आएको हो,’ उनले भनिन्, ‘अब तपाईंहरूको पैसा फिर्ता गरेरै छाड्छु।’




अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस