काफलसँगै असारको बिदाइ, सिँजामा संस्कृतिको उत्सव
०१ साउन २०८३
•
४ मिनेट पाठ
काफलसँगै असारको बिदाइ, सिँजामा संस्कृतिको उत्सव
बिहानैदेखि पाटन उक्लिने बाटोमा मानिसहरूको पाइला बढ्न थाल्छ। कसैको काँधमा निकालोबाट बुनेको डोको छ, कसैले प्लास्टिकको झोला बोकेको छ। युवतीहरूको हाँसो जंगलभरि फैलिन्छ, युवाहरू उनीहरूको पछिपछि उक्लिरहेका हुन्छन्। आकाशमा बादल मडारिन थालेका हुन्छन्। हरियो पाटनमाथि राताम्मे काफलले भरिएका रुखहरू उनीहरूलाई कुरिरहेका हुन्छन्। दिन ढल्दै जाँदा पाटनमा देउडाको ताल गुञ्जिन्छ, मायाप्रितिका गीतहरू उर्लिन्छन्, अनि काफलको मिठाससँगै असार महिनाले बिदाइ पाउँछ।




जुम्लाको सिँजा क्षेत्रमा असारको अन्तिम दिन काफल खाने दिन मात्रै होइन, एउटा पुस्ताले अर्को पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने दिन पनि हो। यही दिन युवतीहरू पाटनमा पुगेर काफल टिप्छन्, युवाहरू उनीहरूसँगै रमाउँछन्, टिपिएका काफल साटासाट हुन्छन्, देउडा खेलिन्छ र साँझ घर फर्कँदा असारलाई बिदाइ गरेर साउनलाई स्वागत गरिएको विश्वास गरिन्छ।

जुम्लाको प्रदेशसभा क्षेत्र (ख) अन्तर्गत पर्ने सिँजा, हिमा र कनकासुन्दरीका स्थानीयका लागि यो दिन वर्षकै विशेष दिन मानिन्छ। बुढापाकाका अनुसार पाटनमा गएर काफल टिप्ने र खाने चलन पुस्तौँदेखि निरन्तर चल्दै आएको हो। युवतीहरूले काफल टिप्ने, युवाहरूले उनीहरूसँग रमाइलो गर्ने, टिपेका काफल मागेर खाने र देउडामार्फत मनका भावना साटासाट गर्ने संस्कारले यो दिनलाई केवल मौसमी फलको उत्सवमा सीमित राखेको छैन, सामाजिक सम्बन्ध र प्रेम अभिव्यक्त गर्ने अवसरसमेत बनाएको छ।

जेठको मध्यदेखि पाक्न थालेको काफल असार मसान्तसम्म आइपुग्दा जंगलभरि राताम्मे हुन्छ। यही दिनपछि काफल बिस्तारै हराउँदै जान्छ। त्यसैले असारको अन्तिम दिन काफल खानैपर्ने विश्वास स्थानीय समाजमा गहिरोसँग बसेको छ। काफल टिप्न जाँदा प्लास्टिक वा निकालोबाट बुनेका भाँडा साथमा लगिन्छ। कतै वर्षा परे छाता ओढिन्छ, कतै प्लास्टिक। स्थानीय मान्यताअनुसार यही दिन पानी पर्नु शुभ मानिन्छ। पानी परेपछि साउन सुरु भएको ठानिन्छ र त्यसपछि गाईगोरु लेकतिर लैजाने परम्परा सुरु हुन्छ।

सिँजा–६ का स्थानीय मानवहादुर बुढा भन्छन्, 'काफल टिपेर असारको विदाइ गर्छौँ। पानी परेपछि साउनको स्वागत गरेर घर फर्किन्छौँ। यही दिनबाट नयाँ मौसम सुरु भएको महसुस हुन्छ।'

पाटनमा काफल टिप्ने मात्रै होइन, सामूहिक भोज खाने चलन पनि छ। दही, दूध, जुम्ली मार्सीको खिर, मासु, पुरी र तरकारी पाटनमै पकाइन्छ। पुराना पटुका, चोलो, धोती लगाइन्छ, गलामा माला पहिरिन्छ। यही दिन गाईको गलामा पहिलोपटक घाँडो (घण्टी) बाँध्ने परम्परा छ। हरियो चौरमा गाईलाई घाँडो लगाइएपछि मात्रै वर्षभरिको गोठालो जीवन सुरु भएको मानिन्छ। घरमा गाई नहुनेले पनि बजारबाट पाउडर दूध किनेर भए पनि खिर खाने चलन अझै बाँकी छ।

सिँजाका जंगलमा चराचुरुङ्गीको आवाज पनि यो संस्कृतिसँग गाँसिएको छ। स्थानीय विश्वासअनुसार चराले कराउन थालेपछि काफल पाकेको संकेत मिल्छ। काफल पाकेपछि जंगल राताम्मे हुन्छ र चराहरूलाई टाढासम्म चारो खोज्दै भौंतारिनु पर्दैन।

काफललाई यहाँ केवल जंगली फलका रूपमा हेरिँदैन। यो प्रकृतिको शुद्ध उपहार हो। यसलाई फलाउन मल चाहिँदैन, विषादी चाहिँदैन, संरक्षण गर्न रसायन चाहिँदैन। त्यसैले यसको स्वादसँगै यसप्रतिको विश्वास पनि पुस्तौँदेखि जोगिएको छ।

स्थानीय बुढापाकाका अनुसार ज्वरो, घाँटी दुख्ने, दम, रगतको कमी वा खाना अरुची हुँदा काफल उपयोगी मानिन्छ। सिँजा गाउँपालिका–६ जोडुका ८९ वर्षीय मोतिराम बुढा काफलले मुटुसम्बन्धी समस्या र क्यान्सरको जोखिम कम गर्न सहयोग पुग्ने जनविश्वास रहेको सुनाउँछन्। आधुनिक विज्ञानले यी सबै दाबी पुष्टि नगरे पनि स्थानीय समाजमा काफललाई औषधीय गुण भएको फलका रूपमा सम्मान गरिन्छ।

सिँजाका लोकगीत, देउडा र चड्किलामा काफल बारम्बार दोहोरिन्छ। काली बुढाका अनुसार पहिले प्रत्येक घरमा जुम्ली मार्सीको खिर पाक्थ्यो, गाईको ताजा दूध उमालिन्थ्यो, गाउँभरि देउडाको घन्को सुनिन्थ्यो। अहिले त्यो दृश्य केही फेरिएको छ। खिर पाक्ने भाँडो घटेको छ, युवाहरू गाउँबाहिर छन्, कतिपय पाटन पहिलेझैँ भरिभराउ छैनन्।

यद्यपि साँझ पर्दासम्म पाटनबाट फर्किने युवायुवतीका हातमा काफल हुन्छ, अनुहारमा मुस्कान हुन्छ र सम्झनामा अर्को असारसम्म जोगिने एउटा दिन हुन्छ।

यही सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले सिँजा गाउँपालिकाले काफल खाने दिनलाई औपचारिक रूपमा ‘काफल दिवस’ का रूपमा मनाउन थालेको छ। सिँजा गाउँपालिका–६ का वडा अध्यक्ष लालबहादुर बुढाका अनुसार गाउँपालिकाको १२औँ गाउँसभाले परापूर्वकालदेखि चल्दै आएको यो परम्परालाई संस्थागत गर्दै प्रत्येक वर्ष काफल दिवस मनाउने निर्णय गरेको हो।

आज पनि गोवानी, दमाईमारे, डिके, देउलाडी, माजखरक र चौरीमेलका रमणीय पाटनमा सयौँ स्थानीय भेला भए। काफल टिपे, देउडा खेले, चड्किला गाए र वर्षौंदेखि दोहोरिँदै आएको एउटा सांस्कृतिक कथा फेरि एकपटक जीवित राखे।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३७ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस