लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको शव गृहमा राखिएको निशाको शव अस्पतालले अर्कैलाई दिएपछि परिवारले शव माग्दै पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध गरेका छन् । निशाको परिवार तथा आफन्तजन निशाको शव ल्याउ, अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. रञ्जीत झा, अध्यक्ष रामनारायण मेहतालाई कारवाहीको माग गर्दै दिउँसो १ बजेदेखि राजमार्ग अवरुद्ध छ ।
गत शनिबार सिरहाको गोलबजार नगरपालिका–३, जम्दह निवासी पूर्णबहादुर बानियाँकी करिब १६ वर्षीया छोरी निशा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि शव रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान पठाएको थियो ।
सोही दिन पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा अर्की किशोरी सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि ल्याइएको थियो । पोस्टमार्टमपछि एउटा शव बाहिर निकालियो । त्यो शव राधिकाको भएको भन्दै उनका आफन्तलाई जिम्मा लगाइयो । आफन्तले शव घर नलगी शव लहान नजीकैको बलान खोला किनारमा दाहसंस्कार गरेका थिए ।
शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिकनिशाको परिवार वैदेशिक रोजगारका लागि मुम्वइमा थिए । छोरीको मृत्युको खबर पाएर उनीहरु घर फर्के । सोमबार बिहान आमा–बुबा भारतको मुम्बइबाट आएपछि दिउँसो १ बजे पोस्टमार्टम गराउनका लागि लहान अस्पताल पुगे ।
अस्पतालले पोष्टमार्टमका लागि प्रक्रिया सुरु गर्यो । तर, आमा–बुबाले शव हेर्दा निशाको नभएको बताएपछि यो शव राधिका साहको भएको खुल्यो । त्यसपछि अस्पतालको लापरर्वाही छताछुल्ल भयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले भने निशाकै परिवारले शव बुझिसकेको र पछि मात्र आफ्नो नभएको दाबी गरेपछि शव हेरफेर भएको थाहा भएको भन्दै सुरुमा पन्छिन खोजे । तर, निशाको आमा–बुबाले आफु भारतबाट सोमबार मात्र आएर सीधै अस्पताल आएको र शव हेर्दा आफ्नी छोरीको नभएको पाएको बताएपछि डा. झाले कुरा फेरे। त्यसपछि उनले आफ्नो दायीत्य पीडित पक्षलाई यसरी सम्झाउन खोजे ,‘हाम्रो दायीत्व भनेको पोष्टमार्टम गरिदिने हो बाँकी बुझाउने प्रक्रिया प्रहरीले गर्छ । तर, शवगृहमा शव राख्दा ‘कोडिङ’ गर्नुपर्ने प्रावधान छ । अस्पतालले यो काम गरेको पाइएन । यस विषयमा उनले प्रष्टिकरण दिए,‘यस अस्पतालमा शव कोडिङ गर्ने चलन छैन् । डा. झाले शवको कोडिङ ‘इथिकल’ भएपनि यस अस्पतालमा यो गर्ने प्रचलन नरहेको प्रष्टोक्ति दिएका छन् ।
शव माग्दै निशाका परिवारद्वारा पूर्वपश्चिम राजमार्गको गोलबजार खण्ड अवरुद्ध । तस्बिर : मिथिलेश यादव/नागरिकअस्पताल सञ्चालक समितिका अध्यक्ष रामनारायण मेहताले शव बुझ्ने क्रममा बुझ्ने व्यक्ति(आफन्त)बाटै कमजोरी भएको बताउँछन् । अस्पालमा शव कोडिङ गर्ने चलन नभएकोले यस्तो हुन गएको उनको स्पष्टोक्ति छ । यस घटनामा हामी लापरर्वाही स्वीकार्छौ, उनले भने ।
इलाका प्रहरी कार्यालय लहानले राधिका साहका दुई जना आफन्तलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विस्तृत छानविनपछि थप कारवाही अघि बढ्ने सिरहा प्रहरी प्रवक्ता(डिएसपी) रमेशबहादुर पालले जानकारी दिए ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...