हिमनदी भत्किएपछि बाढी आएको प्रारम्भिक निष्कर्ष
११ भदौ २०८३
•
४ मिनेट पाठ
हिमनदी भत्किएपछि बाढी आएको प्रारम्भिक निष्कर्ष
नेपाल–चीन सीमाक्षेत्रमा गएको विनाशकारी बाढी र भग्नावशेषको प्रवाह सामान्य बाढी वा भूकम्पका कारण नभई उच्च हिमाली क्षेत्रमा विशाल हिमनदी (ग्लेसियर)को ठूलो हिस्सा खसेपछि उत्पन्न भएको हुन सक्ने विज्ञहरूले बताएका छन्।




प्रारम्भिक अध्ययनअनुसार बरफ, चट्टान, माटो र पानीको तीव्र बहावले तल्लो क्षेत्र (नेपाल)मा ठूलो क्षति पुर्‍याएको हो। उक्त बाढीमा परी हालसम्म २७० जनाको मृत्यु भइसकेको छ।

न्युजिल्यान्डको जीएनएस साइन्सका प्रमुख वैज्ञानिक साइमन कोक्सका अनुसार करिब पाँच हजार २०० मिटर उचाइबाट हिमनदीको ठूलो भाग उपत्यकातर्फ खसेको देखिन्छ।

खस्ने क्रममा बरफ चट्टान र माटो तथा गेग्रानसँग मिसिएर विशाल भग्नावशेष (डेब्रिस फ्लो)मा परिणत भएको तथा त्यसले रुख, माटो र अन्य वस्तुसमेत बगाउँदै तीव्र गतिमा तलतिर यात्रा गरेको उनले बताए।

शक्तिशाली प्रवाहले सुरुमा सीमाक्षेत्रको चौकीलाई असर गरेको थियो भने त्यसपछि नेपालको तल्लो क्षेत्रमा पुगेर गाउँ, पुल तथा भवनमा ठूलो क्षति पुर्‍याएको छ।

घटना यति शक्तिशाली थियो कि भूकम्प मापन गर्ने उपकरणमा समेत कम्पन दर्ता भयो। स्थानीय समयअनुसार बिहान ८ः३७ बजे भएको घटनालाई सुरुमा ५.२ म्याग्निच्युडको भूकम्पीय घटनाका रूपमा रेकर्ड गरिएको थियो।

तर, थप विश्लेषणपछि अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भूकम्प नभएको र कम्पन हिमनदी पतन तथा त्यसबाट उत्पन्न भग्नावशेषको प्रवाहका कारण भएको निष्कर्ष निकालेको छ।

हिमनदीको कति भाग खसेको हो भन्ने यकिन नभए पनि कोक्सले यसको मात्रा पाँच लाखदेखि १० लाख घनमिटरसम्म हुन सक्ने अनुमान गरे।

दुर्गम क्षेत्रमा घटना भएकाले विज्ञहरूले उपग्रह तस्बिर र जमिनमा रहेका मापन केन्द्रका तथ्याङ्कबाट घटनाको पुनर्निर्माण गरिरहेका छन्।

भिक्टोरिया युनिभर्सिटी अफ वेलिङ्टनकी हिमनदीविद् लरेन भार्गोका अनुसार घटनाअघिका र घटनापछिका तस्बिर तुलना गरी पहाडबाट कति बरफ वा अन्य पदार्थ खसेको भन्ने पत्ता लगाउन सकिने बताए।

नेपाली अधिकारीहरूका अनुसार भूकम्पीय कम्पनपछि नजिकैको पानी मापन केन्द्रले सूचना प्रसारण गर्न छाडेको थियो र तल्लो क्षेत्रका अन्य केन्द्र पनि क्रमशः अफलाइन भएका थिए। यद्यपि कालिखोलास्थित केन्द्रमा बुधबार दिउँसो २ः१४ बजे पानीको सतह १२.३ मिटर पुगेको अभिलेख छ।

घटनापछि हिमनदी ताल फुटेर आएको बाढी अर्थात् ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) को सम्भावना पनि औँल्याइएको थियो।

जलवायु परिवर्तनका कारण हिमनदी पग्लने क्रम बढेसँगै यस्ता तालको जोखिम बढिरहेको विज्ञहरूको भनाइ छ। सनसाइन कोस्ट विश्वविद्यालयका हिमनदीविद् एड्रियन म्याकलमले हिमनदीभित्र वा त्यसको मुनि जम्मा भएको पानी एकैपटक बाहिर निस्कँदा ठूलो बहाव सिर्जना भएको हुन सक्ने बताए।

केही विज्ञहरूले घटनास्थलनजिकै स्पष्ट हिमनदी ताल नदेखिएको बताएका छन्। उनीहरूका अनुसार हिमनदीमुनि जम्मा भएको पानी बरफ खसेसँगै बाहिर आएको वा खसिरहेको हिमनदीले केही समय नदी थुनेर अस्थायी बाँध बनाएपछि बाँध भत्किँदा पानी एकैपटक बगेको हुन सक्छ।

गर्मी याममा हिमनदी पग्लने क्रम र मनसुनको वर्षाका कारण नदीमा पानीको मात्रा पहिल्यै उच्च रहेकाले भग्नावशेषसँगै बगेको पानीले बाढीको शक्ति थप बढाएको कोक्सले बताए।

नेपाली अधिकारीहरूले बिहान करिब ९ बजे बाढीको जानकारी पाएपछि भोटेकोसी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन सूचना दिएका थिए। तर कति मानिससम्म सूचना पुगेको थियो र सुरक्षित स्थानमा पुग्न पर्याप्त समय मिल्यो कि मिलेन भन्ने स्पष्ट हुन बाँकी छ।

म्याकलमका अनुसार ठूलो हिमनदी वा सम्भावित हिमनदी तालमुनि बसोबास गर्ने समुदायका लागि यस्ता घटना गम्भीर जोखिम हुन्।

टेक्सास सान एन्टोनियो विश्वविद्यालयका जलविज्ञानी हातिम सरिफले तीव्र गतिमा आउने माटो र पानीको मिश्रण अत्यन्त घातक हुने भएकाले पैदल वा सवारीसाधनबाट भाग्नु प्रभावकारी नहुन सक्ने बताए।उनका अनुसार यस्तो अवस्थामा अग्लो स्थानमा पुग्नु जीवन जोगाउने प्रमुख उपाय हुन सक्छ।

कुनै एउटा हिमनदी पतनलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनकै परिणाम भन्न कठिन भए पनि बढ्दो तापक्रमले हिमनदीमा दीर्घकालीन दबाब सिर्जना गरिरहेको विज्ञहरूको भनाइ छ।

विश्वभर हिमनदीहरू पग्लिँदै र सुक्दै गएपछि हिमनदी ताल तथा अन्य प्राकृतिक जोखिम बढ्नुका साथै तल्लो क्षेत्रका समुदायका लागि दीर्घकालीन जलस्रोतको चुनौतीसमेत थपिँदै गएको छ।

भार्गोका अनुसार यस्ता विपत्तिको जोखिम घटाउने प्रभावकारी दीर्घकालीन उपाय हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्नु हो।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस