‘हिमालय बचाऔँ’ अभियानमा विज्ञहरूको जोड
३१ भदौ २०८३
•
२ मिनेट पाठ
‘हिमालय बचाऔँ’ अभियानमा विज्ञहरूको जोड
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ। साथै पूर्वाधार विकासका विद्यमान डिजाइन मापदण्डको पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरूले जोड छ।




एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा ‘हिमालय बचाऔँ’ विषयक अन्तरक्रिया कार्यक्रममा हिमालको बदलिँदो अवस्था, हिमतालको विस्तार, हिउँको आवरणमा आएको कमी तथा भविष्यमा आउन सक्ने ठूला विपद्को जोखिमबारे विज्ञहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका पूर्वनिर्देशक बसन्त श्रेष्ठले हिमाली क्षेत्रमा देखिएका पछिल्ला परिवर्तनबारे प्रस्तुति दिंदै हिमाली पहाडहरू क्रमशः कमजोर बन्दै गएको, पर्माफ्रस्ट अर्थात् स्थायी रूपमा जमेको भू-भाग पग्लिँदै गएको, बाढीका कारण पहाडका फेदीमा हुने कटानले पहाड तथा हिमालको भिरालोपन बढ्दै गएको र हिमतालको आकार विस्तार भइरहेको तथ्य प्रस्तुत गरे।

त्यसैगरी, तापक्रम वृद्धिका कारण उच्च हिमाली क्षेत्रमा हिउँको आवरण घट्दै गएको अवस्थाप्रति पनि उनले ध्यानाकर्षण गराए। हिमाली क्षेत्रमा निरन्तर तापक्रम वृद्धिका कारण २०८३ भाद्र १० मा आएका जस्ता महाप्रलयकारी बाढी नेपालका अन्य स्थानहरूमा पनि आउन सक्ने संभावना बढेकोले श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि विपद्पछि अझ सुरक्षित निर्माण गर्ने अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

उनले विपद् आउनुअघि अपनाउनुपर्ने तीनवटा तयारीका चरण तथा विपद्पछि अवलम्बन गर्नुपर्ने पाँचवटा प्रमुख चरणबारे समेत प्रकाश पारे।

मुख्य प्रस्तुतीकरणपछि वरिष्ठ इन्जिनियरहरू विज्ञान श्रेष्ठ, बदनलाल न्याछ्योँ, मोतीबहादुर कुँवर, महेन्द्रबहादुर गुरुङ र सोहन श्रेष्ठ तथा पूर्व विज्ञान शिक्षक मोहनगोपाल न्याछ्योँले नेपालमा विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकताबारे विभिन्न धारणा तथा सुझाव प्रस्तुत गरे। अस्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका इन्जिनियर सोजेन प्रधानले अन्तर्राष्ट्रिय अभ्यासअनुरूप नेपालका विद्यालय पाठ्यक्रममा विपद् तथा विपद् जोखिमसम्बन्धी ज्ञानलाई थप समावेश गर्नुपर्ने सुझाव दिए।

इन्जिनियर रोम हर्ष ओलीले भविष्यमा आउन सक्ने ठूला बाढी तथा अन्य विपद्का जोखिमलाई ध्यानमा राख्दै नेपालमा पूर्वाधार विकास आयोजनाका वर्तमान डिजाइन मापदण्डको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए।

एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार भण्डारीले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नवीनतम ज्ञान र प्रविधिको प्रयोगका लागि कलेजले सम्बन्धित विज्ञ तथा व्यावसायिक क्षेत्रसँग सहकार्य गर्न इच्छुक रहेको बताए।

उनले विपद् जोखिम न्यूनीकरणमा कृत्रिम बुद्धिमत्तालगायत आधुनिक प्रविधिको प्रयोगसम्बन्धी ज्ञान आदानप्रदानलाई समेत प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको संयोजन कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले गरेका थिए। एभरेष्ट इन्जिनियरिङ कलेजको आयोजना तथा रोटरी क्लब अफ यलाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस