धोबीखोला कोरिडोरको एक सय ८६ रोपनी सरकारी जग्गा अतिक्रमण
३१ असोज २०८२
•
३ मिनेट पाठ
धोबीखोला कोरिडोरको एक सय ८६ रोपनी सरकारी जग्गा अतिक्रमण
काठमाडौंको धोबीखोला कोरिडोर वरिपरि रहेको १ सय ८६ रोपनी सरकारी जग्गा अतिक्रमणमा परेको पाइएको छ।  




काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयले गत पुसदेखि असार महिनासम्म गरेको अध्ययनबाट धोबीखोला कोरिडोर भंगालदेखि बागमती दोभानसम्म करिब १३ किलोमिटर क्षेत्रफलमा ठाउँ ठाउँमा सरकारी जग्गा अतिक्रमणमा परेको भेट्टाएको हो। काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले आन्तरिक अध्ययन रिपोर्टमा धोबीखाला कोरिडोर वरिपरि रहेको जग्गा अतिक्रमण गरेर घरभवन बनाइ व्यवसायसमेत सञ्चालन गरेको पाइएको बताए।  

बस्नेतको सरुवा भरखरै जिल्ला आयुक्तको कार्यालयबाट सहरी विकास तथा भवन निर्माण विभागमा भइसकेको छ र उनको स्थानमा सुनिता श्रेष्ठलाई ल्याइएको छ। यद्यपि बस्नेतले अझै रमाना भने बुझि सकेका छैनन्।  

बस्नेतका अनुसार नदी उकासका नाममा धोबीखोला कोरिडोरमा सार्वजनिक जग्गा अतिक्रमण भएको हो। नदी उकास भनेको नदीले बेला बेलामा धार परिवर्तन गर्दा पूरानो खोला भएको ठाउँलाई नदी उकास भन्ने गरिएको छ। पूरानो खोला भएको ठाउँमा पानी हुँदैन। त्यसैले उक्त जग्गा खाली हुन्छ। त्यही मौकामा बिचौलियाहरूले नापी कार्यालय तथा मालपोत कार्यालयका कर्मचारीहरूलाई प्रभावमा पारी नदी उकास जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने गरेका छन्।  

‘मैले धोबीखोला कोरिडोरमा अतिक्रमणमा परेको सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन प्रक्रिया सुरु गरिसकेको थिए। केही ठाउँमा डोजर समेत चलाएको थिए। त्यही बेला मेरो सरुवा भयो’बस्नेतले भने,‘मैले सुरु गरेको काम नयाँ आएका जिल्ला आयुक्तले पूरा गर्नुहोस। मेरो शुभकामना छ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालका अनुसार धोबीखोला कोरिडोरमा अतिक्रमण भएको सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न प्रक्रिया सुरु भइसकेको बताइन। यस काममा नापी तथा मालपोत कार्यालसँग समन्वय भइरहेको उनको भनाइ छ। साथै अतिक्रमित जग्गा फिर्ता गर्न विकास प्राधिकरणले सम्बन्धित वडा कार्यालयहरूसँग सहयोग मागिरहेको र वडाध्यक्ष तथा वडा सदस्यहरूसँग छलफल सुरु गरेको उनको भनाइ छ। ‘आजै (शुक्रबार) हामीले काठमाडौ महानगरपालिका २९ नम्बर वडाका वडाध्यक्ष तथा सदस्यहरूसँग छलफल गरेका छौ’ढकालले भनिन, ‘अतिक्रमण भएको जग्गा विषयमा  वडाका प्रतिनिधिहरू बढी जानकारी हुन्छ। त्यसैले वडा कार्यालयहरूसँग हामीले सहयोग मागेका हौ।’  

यसबारेमा प्राधिकरणले कोरिडोर रहेका काठमाडौं महानगरपालिकाका सबै वडा कार्यालयहरूलाई चिठी पठाइसकेको उनले बताइन। ‘अतिक्रमण भएको जग्गाको विषयमा नापी र मालपोत कार्यालयसँग पनि सहयोग मागेका छौ । अतिक्रमण भएको पुष्टि हुने वित्तिकै अतिक्रमित जग्गा खाली गर्ने छौ’ढकालले भनिन, ‘यस कामकोलागि प्रक्रिया सुरु भइसकेको छ ।’  

ढकालका अनुसार धोबीखोला कोरिडोरमा भएको अतिक्रमणको विषयमा अध्ययन गर्न  सहरी विकास मन्त्रालयले मन्त्रालययका उपसचिव महेश सिंहको संयोजकत्वमा एउटा अध्ययन टोली गठन गरीसकेको छ। उक्त टोलीले काम सुरु गरिसकेको उनको भनाइ छ। उक्त टोलीमा विकास प्राधिकरणको तर्फबाट डोरकाजी श्रेष्ठ तथा सर्वेक्षक शरद रिजालसमेत सहभागी छन्।  

प्राधिकरणका एक कर्मचारीका अनुसार सहरी विकास मन्त्री कुलमान घिसिङले धोबीखोला कोरिडोरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको पुष्टि भएको पाइएमा अतिक्रमण भएको जग्गा तत्काल खाली गर्न प्राधिकरणलाई निर्देशन दिइसकेका छन्। मन्त्री घिसिङको निर्देशन अनुसार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले यसअघि पनि अतिक्रमण भएको सरकारी जग्गा फिर्ता गर्न पटक पटक सूचना निकालेको थियो। तर  उक्त सूचना कहिले कार्यान्वयन भएन। यसपटक जसरी भए पनि अतिक्रमण परेको जग्गा खाली गर्ने विकास आयुक्त ढकालले बताइन ।  

जिल्ला आयुक्त बस्नेतका अनुसार काठमाडौं उपत्यकामा २०२१, २०४२ र २०५६ सालमा नापी गरिएको थियो। त्यही बेला बिचौलियाहरूले नापीको टोलीमा खटिएका कर्मचारीहरूलाई प्रभावमा पारी ठाउँ ठाउँमा सरकारी तथा सार्वजनिक जग्गालाई व्यक्तिको नाममा लालपुर्जा बाँडेका थिए। बस्नेतका अनुसार उनको पालामा काठमाडौ उपत्यकामा ९४ ठाउँमा अवैध प्लटिङलाई रोक्का गरिएको छ। त्यतिबेला गरिएको रोक्का फिर्ता गर्ने या नगर्ने विषयमा प्राधिकरणले केही निर्णय गरेको छैन। आफ्नो पालामा रोक्का गरिएको अवैध प्लटिङ फुकवा गर्ने विषयमा विभिन्न किसिमबाट चलखेल भइरहेको बस्नेतले दाबी गरे।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
५५ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस