मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदलमा कर्मचारी नै रुस्ट
०१ जेष्ठ २०८३
•
३ मिनेट पाठ
मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदलमा कर्मचारी नै रुस्ट

मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्वप्रशासक तथा बहालावा केही उच्च कर्मचारीले असन्तुष्टि पोखेका छन् । पूर्वप्रशासकहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् । खासगरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका हुन्।

उक्त दुई मन्त्रालयको कार्यक्षेत्र र चरित्र फरकफरक भएको भन्दै दुई मन्त्रालयलाई गाभेर एउटै बनाउन उपयुक्त नहुने उनीहरुको भनाइ छ । ‘भूमि व्यवस्था मन्त्रालयको चरित्र भूमिसँग जोडिएको छ । यो विकाससँग पनि सम्बन्धित छ तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रशासनसँग जोडिएको छ । यी दुई मन्त्रालयको चरित्र एउटै हुनै सक्दैन’, राष्ट्रिय योजना योजना आयोगका पूर्वसदस्य तथा तत्कालीन सहरी विकास मन्त्रालयका पूर्वसचिव डा. रमेशप्रसाद सिंहले भने, ‘बरु भूमि व्यवस्था र कृषि मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाउन सकिन्थ्यो।’

सहरी विकास मन्त्रालय खारेज गरेको विषयमा पनि उनले गम्भीर असन्तुष्ट पोखे । ‘सहरी विकास मन्त्रालयलाई पूर्वाधार विकास मन्त्रालयसँग गाभ्ने निर्णय नीतिगत रूपमा असान्दर्भिक र दीर्घकालीन रूपमा प्रतिकूल देखिन्छ । यसले सहरी गरिबी, अनौपचारिक बस्ती र समावेशी सहरीकरणका मुद्दालाई ओझेलमा पार्ने जोखिम बढाउँछ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन, ‘छिमेकी मुलुकहरूको अभ्यासले पनि सहरी विकासका लागि छुट्टै मन्त्रालयको आवश्यकता पुष्टि गर्छ । त्यसैले वर्तमान सन्दर्भमा सहरी विकास मन्त्रालयको पुनःस्थापना तथा यसको थप सुदृढीकरण अनिवार्य छ।’

पूर्वप्रशासक शारदाप्रसाद त्रितालले भूमि व्यवस्था र संघीय मामिला मन्त्रालयलाई गाभेर एउटै बनाएको विषमा प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘भूमि व्यवस्थापन बरु वन मन्त्रालयसँग मिल्थ्यो कि । प्रशासनसम्बन्धी मन्त्रालयमा मिसाएको भन्ने खबर पो आयो त।’

संघीय मामिला तथा भूमि व्यवस्था मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाएको विषयमा भूमि व्यवस्था मन्त्रालयका एक उच्च कर्मचारीले पनि असन्तुष्टि पोखे । उनले भने, ‘दुई मन्त्रालय गाभेर एउटै बनाएपछि दुई अलगअलग सचिव राख्नु पर्छ । किनभने दुई मन्त्रालयको कामको प्रकृति र स्वभाव फरकफरक छ । एउटै सचिव राखेमा काम गर्न कठिनाइ उत्पन्न हुने छ।’

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाम परिर्वतन गरी निकै लामो बनाइएको छ । नयाँ नाम बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय राखिएको छ । उक्त मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘यो नाम एनजिओको जस्तो भयो । नाम पनि धेरै लामो भयो।’

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयको नयाँ नाम र कार्यक्षेत्रसमेत तोकेको छ । जसअनुसार मन्त्रालयको संख्या प्रधानमन्त्री कार्यालयसहित १८ वटा राखिएको छ । विज्ञप्तिअनुसार मन्त्रालयका नाम अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला, कृषि, वन तथा पर्यावरण, गृह, परराष्ट्र, पूर्वाधार विकास, भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, महिला, युवा, श्रम तथा रोजगार, रक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, शिक्षा तथा खेलकुद, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा खाद्य स्वच्छता राखिएको छ।

प्रधानमन्त्रीको काँधमा तीन मन्त्रालय

प्रधानमन्त्री बालेन्द्र शाहले तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् । रक्षा मन्त्रालय सुरुदेखि नै उनले आफूसँग राखेका थिए । पछि सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री आफैंले हेर्दै आएका छन्।




अर्को समाचार
मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदलमा कर्मचारी नै रुस्ट
३१ वैशाख २०८३
•
३ मिनेट पाठ
मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदलमा कर्मचारी नै रुस्ट
मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्वप्रशासक तथा बहालावा केही उच्च कर्मचारीले असन्तुष्टि पोखेका छन्। पूर्वप्रशासकहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन्।




खासगरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका हुन्।

उक्त दुई मन्त्रालयको कार्यक्षेत्र र चरित्र फरकफरक भएको भन्दै दुई मन्त्रालयलाई गाभेर एउटै बनाउन उपयुक्त नहुने उनीहरुको भनाइ छ।

‘भूमि व्यवस्था मन्त्रालयको चरित्र भूमिसँग जोडिएको छ। यो विकाससँग पनि सम्बन्धित छ तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रशासनसँग जोडिएको छ। यी दुई मन्त्रालयको चरित्र एउटै हुनै सक्दैन’, राष्ट्रिय योजना योजना आयोगका पूर्वसदस्य तथा तत्कालीन सहरी विकास मन्त्रालयका पूर्वसचिव डा. रमेशप्रसाद सिंहले भने, ‘बरु भूमि व्यवस्था र कृषि मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाउन सकिन्थ्यो।’

सहरी विकास मन्त्रालय खारेज गरेको विषयमा पनि उनले गम्भीर असन्तुष्ट पोखे। ‘सहरी विकास मन्त्रालयलाई पूर्वाधार विकास मन्त्रालयसँग गाभ्ने निर्णय नीतिगत रूपमा असान्दर्भिक र दीर्घकालीन रूपमा प्रतिकूल देखिन्छ।

यसले सहरी गरिबी, अनौपचारिक बस्ती र समावेशी सहरीकरणका मुद्दालाई ओझेलमा पार्ने जोखिम बढाउँछ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन, ‘छिमेकी मुलुकहरूको अभ्यासले पनि सहरी विकासका लागि छुट्टै मन्त्रालयको आवश्यकता पुष्टि गर्छ। त्यसैले वर्तमान सन्दर्भमा सहरी विकास मन्त्रालयको पुनःस्थापना तथा यसको थप सुदृढीकरण अनिवार्य छ।’

पूर्वप्रशासक शारदाप्रसाद त्रितालले भूमि व्यवस्था र संघीय मामिला मन्त्रालयलाई गाभेर एउटै बनाएको विषमा प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘भूमि व्यवस्थापन बरु वन मन्त्रालयसँग मिल्थ्यो कि। प्रशासनसम्बन्धी मन्त्रालयमा मिसाएको भन्ने खबर पो आयो त।’

संघीय मामिला तथा भूमि व्यवस्था मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाएको विषयमा भूमि व्यवस्था मन्त्रालयका एक उच्च कर्मचारीले पनि असन्तुष्टि पोखे।

उनले भने, ‘दुई मन्त्रालय गाभेर एउटै बनाएपछि दुई अलगअलग सचिव राख्नु पर्छ। किनभने दुई मन्त्रालयको कामको प्रकृति र स्वभाव फरकफरक छ। एउटै सचिव राखेमा काम गर्न कठिनाइ उत्पन्न हुने छ।’

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाम परिर्वतन गरी निकै लामो बनाइएको छ। नयाँ नाम बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय राखिएको छ। उक्त मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘यो नाम एनजिओको जस्तो भयो। नाम पनि धेरै लामो भयो।’

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयको नयाँ नाम र कार्यक्षेत्रसमेत तोकेको छ। जसअनुसार मन्त्रालयको संख्या प्रधानमन्त्री कार्यालयसहित १८ वटा राखिएको छ।

विज्ञप्तिअनुसार मन्त्रालयका नाम अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला, कृषि, वन तथा पर्यावरण, गृह, परराष्ट्र, पूर्वाधार विकास, भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, महिला, युवा, श्रम तथा रोजगार, रक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, शिक्षा तथा खेलकुद, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा खाद्य स्वच्छता राखिएको छ।

प्रधानमन्त्रीको काँधमा तीन मन्त्रालय

प्रधानमन्त्री बालेन्द्र शाहले तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। उनले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्।

रक्षा मन्त्रालय सुरुदेखि नै उनले आफूसँग राखेका थिए। पछि सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री आफैंले हेर्दै आएका छन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस