विद्यार्थीमा फैलिँदै लागुऔषध
०५ भदौ २०८३
•
४ मिनेट पाठ
विद्यार्थीमा फैलिँदै लागुऔषध
पढाइमा ‘निकै तगडा’ मानिएका एक बालकले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका थिए तर एउटा विषयको परीक्षा उनले लेख्न सकेनन्। कारण थियो - त्यस दिन उनले ‘डोज’ लिन पाएनन्। अर्थात्, लागुऔषध प्रयोग गर्न पाएनन्।




अरू सबै दिन परीक्षा लेखे पनि एउटा विषयले उनलाई परीक्षा नतिजामा मात्रै क्षति गरेन, लागुऔषध कसरी बालबालिकामा फैलिरहेको छ भन्ने पनि देखायो। एउटा बालकमा लागुऔषधको ‘डोज’ नपुग्दा ऊ परीक्षा दिन स्कुल जानै नसक्नुले उसको अवस्था सामान्य देखाउँदैन।

इलाम बजारनजिककै एक बालकले आधारभूत तहसमेत पार नगरी स्कुल छाडे। सामान्य आर्थिक अवस्था रहेको परिवारबाट ‘डोज’ पुग्ने पैसा आउन छाडेपछि उनी गाउँघरमा चोरीचकारीमा समेत लागे। जसको घरमा जे भेटिन्छ, त्यही चोरी गरेर अरूलाई सस्तो दाममा बेचिदिने अनि आएको पैसाबाट लागुऔषधको आवश्यकता पूरा गर्नु उनको दिनचर्या बन्यो। केही समयअघि इलाम नगरकै अर्का बालक कक्षामा सामान्य रूपमा रहेका बेला विस्तारै उनको व्यवहारमा परिवर्तन आउन थाल्यो। उनले अनुशासन उल्लंघन गर्न थाले। एकान्त मन पराउने र डराउने गर्न थाले। केही सातापछि स्कुल आउन छाडेका उनी पनि लागुऔषध प्रयोगमै लागेको परिवारजनले थाहा पाए। परिवारजनले थाहा पाउँदा उनी लागुऔषधका प्रयोगकर्ता मात्र थिएनन्, चोरीमा समेत लागिरहेका थिए।

यहींका एक बालकलाई केही वर्षअघि सुधार गृहमै राख्नुपर्ने अवस्था आयो। लागुऔषधमै फसेर स्कुल छाडिसकेका उनलाई स्कुलले सुधार गृहमै परीक्षा दिने व्यवस्थाचाहिँ मिलाइदिएको त्यस स्कुलमा प्रधानाध्यापकले बताए। सदरमुकामकै निजी स्कुलकी एक बालिकाको पनि अवस्था उही बन्यो। उनले पनि स्कुलको पढाइ लागुऔषध प्रयोगकै कारण छाडिन्।

इलाम सदरमुकाम, जिल्लाका बजार क्षेत्र, आसपासका कतिपय बालक र किशोर मात्र होइन, बालिका र किशोरीसमेत लागुऔषधमा फसिरहेका छन्। इलामका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा लागुऔषध प्रयोगकर्ताको संख्या ‘चुनौतीपूर्ण’ रूपमा बढिरहेको स्थानीय अगुवा बताउँछन्।

प्रयोगकर्ता मात्र नभई यसका कारोबारीको चहलपहलसमेत धेरै छ तर स्कुल विद्यार्थी यसमा नराम्रोसँग जकेडिँदै गएका छन्। कतिपय बालक र किशोरले मावि तह नपुग्दै पढाइसमेत छाडेका छन्। घरपरिवारको आर्थिक अवस्था कमजोर भएका बालक र किशोर लागुऔषध प्रयोगका लागि पैसा जुटाउन चोरीमा लाग्ने गरेको देखिएको छ।  

‘गाउँमा खोरबाटै कुखुरा हराउने, झर्के थाल चोर्ने, आफ्नै घरका सामानसमेत कतिपय बालकले चोरी गरेको पाइएको छ’, इलाम नगरपालिका बरबोटेका एक अगुवा भन्छन्, ‘बाहिर खास देखिँदैन, बालक र किशोरहरू नराम्रोसँग लागुऔषधमा फस्ने क्रम निरन्तर छ।’

उनले लागुऔषधका कारण हुने गरेका धेरैजसो घटना प्रहरीमा नपुग्ने गरेको बताए। ‘प्रहरीमा पुगेपछि आफ्नो सन्तान र आफूसमेत कानुनी झन्झटमा फस्नुपर्ने डरले अभिभावकले पनि प्रहरीलाई भन्दैनन्’, उनले भने, ‘घटना भित्रभित्रै लुकाउने गर्नाले पनि बालक र किशोरमा लागुऔषध भुसको आगो झैं सल्किरहेको छ।’

लागुऔषध कुलतको सञ्जालले सामुदायिक र संस्थागत दुवैखाले स्कुलका विद्यार्थीलाई छोएको छ। कतिपय स्कुलमा बाहिर देखिने घटना भएका छन् भने कतिपयमा सुषुप्त अवस्थामा यसको असर फैलिइरहेको सदरमुकामकै निजी स्कुलका एक शिक्षक बताउँछन्। ‘विद्यार्थीमा चुरोट त अहिले सामान्य झैं भइसकेको छ, लागुऔषध प्रयोगले विद्यार्थीलाई सोझो असर गरिरहेको छ’, उनले भने, ‘भित्रभित्रै सल्किरहेको यो आगो बेलैमा निभाउन सकिएन भने सबैलाई पिरोल्ने देखिएको छ।’

इलाम बजार, टुँडिखेलछेउछाउ, पोखरी स्कुलछेउछाउ, चियाबारी, बिब्ल्याँटे, फिक्कल, माई नगरपालिका, चुलाचुली र सूर्याेदयलगायत दर्जनौं स्थानमा अहिले लागुुऔषध प्रयोगकर्ता भेटिने गरेका छन्।

प्रहरीले पनि बेलाबेला लागुऔधष प्रयोगकर्तालाई नियन्त्रणमा लिने गरेको छ, तर जसरी सहरदेखि गाउँसम्म लागुऔषध फैलिरहेको छ, यसको नियन्त्रणमा पर्याप्त ध्यान पुग्न सकेको छैन। ‘सामुदायिक स्कुलका विद्यार्थी पनि यसको कुलतमा छन्’, इलामका एक प्रधानाध्यापक भन्छन्, ‘स्कुलकै वरपर लागुऔषधका धेरै घटना भएको सुनिन्छ। विद्यार्थीलाई त्यसले नछुने त कुरै भएन। जतिसक्दो चाँडो यो समस्या समाधान गर्न सकिएन भने अवस्था विकराल बन्नेछ।’

सर्वसाधारणले लागुऔषध प्रयोगकर्ता प्रायः धेरैतिर देखिएको भन्दै प्रयोगकर्ता र कारोबारीको सञ्जाल फैलिरहनुलाई गम्भीर चुनौतीका रूपमा लिएका छन्। प्रहरी भने छिटफुट रूपमा यसका प्रयोगकर्ता पक्राउ गरी लागुऔषध ‘नियन्त्रणमा सकेसम्म लागिपरेको’ जबाफ दिइरहेको छ।

जिल्ला प्रहरीको तथ्यांकले यसको प्रयोग र कारोबारमा युवाको संख्या बढी देखाउँछ, तर यसको प्रयोग गर्ने सबैको तथ्यांक नहुने भएकाले पक्राउ परेकाबाहेकको रेकर्ड नहुने गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारी बताउँछन्। ‘विगत वर्षभन्दा यो वर्ष लागुऔषधि प्रयोगकर्ता नियन्त्रणको संख्या केही कम देखिन्छ तर प्रयोगकर्ता कति छन् भन्ने यकिन विवरण हुँदैन’, उनले भने, ‘प्रहरीले सूचना पाएसम्म नियन्त्रण गर्छ तर प्रहरी मात्रैको नियन्त्रणले यो समस्या समाधान हुँदैन, व्यक्ति स्वयं, परिवार र समाजको सहयोग आवश्यक पर्छ।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका डिएसपी भण्डारीले लागुऔषध नियन्त्रणका लागि प्रहरीले समेत स्कुलहरूमा सचेतना अभियान सञ्चालन गरिरहेको बताए।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस