जुम्लामा लागूऔषध दुरुपयोग बढ्दो, किशोर–युवा बढी प्रभावित
१२ असार २०८३
•
३ मिनेट पाठ
जुम्लामा लागूऔषध दुरुपयोग बढ्दो, किशोर–युवा बढी प्रभावित
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा शुक्रबार जुम्लाको सदरमुकाम खलङ्गामा सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु गरियो।




कार्यक्रममा सहभागी सरोकारवालाले लागुऔषध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासबाट सम्भव नहुने भन्दै परिवार, विद्यालय, स्थानीय तह, समुदाय र नागरिकको साझा जिम्मेवारी तथा प्रभावकारी समन्वय अपरिहार्य रहेको जोड दिए। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले लागुऔषध नियन्त्रणमा परिवार पहिलो जिम्मेवार पक्ष भएको उल्लेख गर्दै जुम्ला–कालिकोट सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको बताए।

उनले लागुऔषध नियन्त्रणका लागि प्रहरीको सक्रियतासँगै नागरिक स्तरको सचेत सहभागिता पनि उत्तिकै आवश्यक रहेको बताए। चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष बृर्खबहादुर कार्कीले लागुऔषध नियन्त्रणलाई प्रहरीको मात्र दायित्वका रूपमा हेर्न नहुने धारणा राखे।

कानुन सबैका लागि समान रूपमा कार्यान्वयन हुनुपर्ने र समुदाय स्वयं पनि नियन्त्रण अभियानमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो। जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले लागुऔषध दुरुपयोगले व्यक्तिको स्वास्थ्य मात्र नभई परिवार, सामाजिक सम्बन्ध र समग्र समुदायमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले विद्यालय तहदेखि नै निरन्तर सचेतना आवश्यक रहेको बताए।

सप्ताहव्यापी कार्यक्रममार्फत लागुऔषधका असर, रोकथामका उपाय र कानुनी व्यवस्थाबारे नागरिकलाई जानकारी गराउँदै विशेष गरी युवालाई सुरक्षित भविष्यतर्फ उन्मुख गराउने उद्देश्य राखिएको छ।

यद्यपि सचेतनामूलक अभियान निरन्तर सञ्चालन भइरहे पनि जिल्ला प्रहरी कार्यालय जुम्लाका तथ्यांकले लागुऔषधको कारोबार र प्रयोग घट्न नसकेको देखाउँछन्। प्रहरी निरीक्षक निर्देश बरालका अनुसार पछिल्ला वर्षहरूमा लागुऔषध कारोबार र प्रयोगमा नयाँ पुस्ताको संलग्नता उल्लेखनीय रूपमा बढेको छ।

परिवार तथा अभिभावकको हेलचक्र्याइँ, कमजोर निगरानी र सामाजिक नियन्त्रणको कमीका कारण किशोर तथा युवा उमेर समूह लागुऔषधको लतमा फस्दै गएको उनको भनाइ छ। प्रहरीका अनुसार हालसम्म जुम्लामा लागुऔषधसम्बन्धी ७१ वटा मुद्दा दर्ता भएका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा ७, आर्थिक वर्ष २०७९/०८० मा १२, आर्थिक वर्ष २०८०/०८१ मा १६ तथा आर्थिक वर्ष २०८१/०८२ मा ब्राउन सुगर र चरेससम्बन्धी २३ वटा मुद्दा दर्ता भएका थिए।

चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म १३ वटा मुद्दा दर्ता भइसकेका छन्। चालु आर्थिक वर्षमा चन्दननाथ नगरपालिकाबाट ११ जना, तातोपानी गाउँपालिकाबाट १ जना र हिमा गाउँपालिकाबाट १ जना पक्राउ परेका छन्। ती क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको विश्लेषणअनुसार लागुऔषधको प्रयोग आइतबार र मंगलबार बढी हुने गरेको छ भने साँझ ६ बजेदेखि राति १२ बजेसम्म प्रयोगको दर उच्च देखिएको छ। उमेरगत रूपमा हेर्दा १६ देखि ३५ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित छ। त्यसमा पनि १६ देखि २५ वर्ष उमेर समूहको संख्या उल्लेखनीय छ।

तथ्यांकअनुसार १६ वर्षमुनिका ४ जना, १६ देखि २५ वर्षका २५ जना र २६ देखि ३५ वर्षका ७ जना लागुऔषधसम्बन्धी घटनामा संलग्न भेटिएका छन्। पेसागत अवस्थालाई हेर्दा चालु आर्थिक वर्षमा पक्राउ परेकामध्ये विद्यार्थी १४ जना, बेरोजगार ११ जना, कृषक ५ जना, अन्य ३ जना, व्यापारी २ जना र सहचालक १ जना रहेका छन्।

यसले लागुऔषधको समस्या केवल अपराधको विषय मात्र नभई सामाजिक, शैक्षिक र पारिवारिक चुनौतीका रूपमा विस्तार हुँदै गएको संकेत गरेको छ। स्थानीयका अनुसार लागुऔषधको बढ्दो प्रयोग अहिले जुम्ला समाजकै गम्भीर चिन्ताको विषय बनेको छ। विशेष गरी कर्णाली राजमार्गअन्तर्गतका विभिन्न नाकाबाट लागुऔषध भित्रिने क्रम बढ्दै गएको भन्दै प्रहरीले सीमा क्षेत्रमा थप कडाइ, निगरानी र अन्तर निकाय समन्वय आवश्यक रहेको जनाएको छ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। २५ बोटसम्म गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तथा २५ बोटभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

त्यसैगरी एक पटक सजाय पाइसकेपछि पुनः लागुऔषधसम्बन्धी अपराध दोहोर्‍याउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान ऐनमा उल्लेख छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस