११ सय कित्ता जग्गा रोक्का गरेपछि उपत्यका विकास प्राधिकरणभित्रै विवाद
१२ साउन २०८२
•
६ मिनेट पाठ
११ सय कित्ता जग्गा रोक्का गरेपछि उपत्यका विकास प्राधिकरणभित्रै विवाद
काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयले काठमाडौंभित्र विभिन्न ठाउँमा ११ सय कित्ता जग्गा रोक्का गर्दै मालपोत, नापी र सम्बन्धित वडा कार्यालयलाई चिठी पठाएपछि प्राधिकरणभित्रै गम्भीर विवाद उत्पन्न भएको छ।  




यो विषयमा प्राधिकरणको केन्द्र र प्राधिकरणकै काठमाडौं जिल्ला आयुक्त कार्यालयबिच  विवाद सुरु भएको छ। यो विषयले केन्द्रकी विकास आयुक्त जानुका ढकाल र काठमाडौं जिल्ला आयुक्त सुबास बस्नेतबिच  टकराव उत्पन्न गराएको छ। दुई पक्षबिच विवाद बढ्दै गएपछि बोर्ड सञ्चालक समितिका सचिव घनश्याम पौडेलले सचिव पदबाट राजीनामा दिए। त्यस राजीनामालाई ढकालले स्वीकृति गरेकी छैनन्। बैठकले कित्ताकाट रोक्का गरिएको जग्गा एकमुष्ट फुकुवा गर्न खोजेका कारण त्यसमा असन्तुष्टि जनाउँदै पौडेलले राजीनामा दिएको पौडेलनिकट स्रोतले बतायो। तर कित्ताकाट फुकुवा गर्ने विषयमा बोर्डले निर्णय नै नगरेको ढकालले बताइन्।  

केन्द्रलाई थाहा नदिई, बोधार्थ समेत नपठाई, नभएको अधिकार प्रयोग गरी काठमाडौं जिल्ला आयुक्तको कार्यालयले काठमाडौंमा जग्गा रोक्का गरेको भनाइ विकास आयुक्त ढकालको छ। यता, काठमाडौं जिल्ला आयुक्तको कार्यालयले प्राधिकरणको बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयन गरेको तर्क राखेको छ। केन्द्र र जिल्ला आयुक्त कार्यालयबिच  विवाद बढ्दै गएपछि सहरी विकास मन्त्रालयले यस विषयमा चासो राखेको छ।

मन्त्रालयकै निर्देशनमा प्राधिकरणले बिहीबार सञ्चालक समितिको बैठक बोलाएको थियो। बैठकमा उक्त विषयलाई कार्यसूची बनाए पनि निर्णय गर्न सकेन। आइतबार बोलाएको बैठकले पनि केही निर्णय गरेन। बिहीबार र आइतबारको बैठकको अध्यक्षता विकास आयुक्त ढकालले गरेकी थिइन्।  

‘२०८० सालमा बसेको बोर्डको सञ्चालक समितिको बैठकमा स्थानीय तहको सिफारिसमा नापी र मालपोत कार्यालयको सहयोगमा जग्गा रोक्का गर्ने निर्णय गरिएको थियो,’ ढकालले भनिन्, ‘तर काठमाडौं जिल्ला आयुक्तको कार्यालयले केन्द्रलाई समेत जानकारी नदिई विधि र प्रक्रिया नपुर्‍याई जग्गा रोक्का गरेको थाहा पाए।’ उनका अनुसार केन्द्रसँग सहमति लिएर मात्र काठमाडौं जिल्ला आयुक्त कार्यालयले जग्गा रोक्का गर्न सक्छ। तर त्यसरी सहमति लिएको देखिएन। काठमाडौं जिल्ला आयुक्त कार्यालयले जग्गा रोक्का गरिसकेपछि अब यस विषयलाई निकासमा पुर्‍याउनुपर्ने उनको भनाइ छ।  

तर काठमाडौं जिल्ला आयुक्त सुबास बस्नेतले भने उपत्यका विकास प्राधिकरणको सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी काठमाडौं जिल्ला आयुक्त कार्यालयको भएको भन्दै आफूहरूले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन गरेको बताए। ‘हामीले बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयन गरेका हौँ। त्यो कार्यान्वयन गर्ने हाम्रो जिम्मेवारी हो। त्यो कार्यान्वयन नगरेको भए हामीलाई प्रश्न गर्ने ठाउँ हुन्थ्यो,’ उनले भने।

प्राधिकरणको बोर्ड (सञ्चालक समिति)मा उपत्यकाका काठमाडौं महानगर, ललितपुर महानगर, भक्तपुर महानगर लगायत ५ वटा नगरपालिकाका मेयर, अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका प्रतिनिधि, भवन विभाग, सडकका विभागका महानिर्देशक, ३ जना विज्ञ लगायत १६ जना सदस्य रहने व्यवस्था गरिएको छ।  

ती बोर्ड सदस्यहरूलाई विकास योजना अनुमतिमा समेटिएको, अवैध प्लटिङ गरिएको लगायतका जग्गा रोक्का गर्न सक्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ ले दिएको छ। २०८० माघ १२ गते बसेको बोर्ड बैठकको प्रस्तावनामा भनिएको छ, ‘अवैध प्लटिङ रोक्नका लागि यस प्राधिकरणबाट सम्बन्धित कार्यालयहरूमा पत्राचार गर्ने र त्यस्ता अनधिकृत प्लटिङ नगर्न नगराउन सार्वजनिक सूचना प्रकाशित गरी उजुरी लिने र लगत तयार गर्ने तथा नियमविपरीत कार्य गर्ने त्यस्ता डेभलपर्स/कम्पनी/व्यक्ति उपर काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ र नियमावली, २०६८ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रस्ताव पेस गरिएको छ।’ सोही प्रस्तावनाको विषयमा निर्णय समेत गरिएको छ।  

निर्णयमा भनिएको छ, ‘स्थानीय पालिका, सम्बन्धित नापी र मालपोत कार्यालय समेतको सहयोगको आधारमा अनधिकृत प्लटिङ क्षेत्र एकिन गरी उक्त क्षेत्रमा संरचना निर्माण र कित्ताकाटमा रोक लगाई सम्बन्धित पक्षलाई योजना अनुमतिको दायरा भित्र आउने वातावरण तयार गर्ने, रोक लगाएको विवरण आवश्यक कार्यार्थ सम्बन्धित मालपोत र नापी कार्यालयलाई लेखि पठाउने र सोको जानकारी सम्बन्धित पालिका र अन्य सरोकारवालाहरूलाई दिने।’  

सञ्चालक समितिले गरेको निर्णयमा ढकाल र पौडेलले हस्ताक्षर गरेका छन्। गत वैशाखमा काठमाडौं जिल्ला आयुक्तको कार्यालयबाट प्लटिङ गर्ने अनुमति नलिएका र तोकिएको मापदण्ड पूरा नगरी अवैध प्लटिङ गरिएका काठमाडौं जिल्लाभित्रका विभिन्न स्थानका करिब तीन हजार पाँच सय रोपनी जग्गाको कित्ताकाट रोक्का गरेको छ। कित्ताकाट रोक्का गरिएको कित्ता एक हजार एक सय ७६ वटा रहेको काठमाडौं जिल्ला आयुक्तको कार्यालयले जनाएको छ।  

प्राधिकरणले कित्ता नम्बर नै तोकेर किटान गरी पठाएपछि प्राधिकरणको चिठी अनुसार विभिन्न स्थानका जग्गाका कित्ताकाट रोक्का गरिएको काठमाडौंस्थित विभिन्न मालपोत कार्यालयका कार्यालय प्रमुखहरूले जनाएका छन्। अवैध प्लटिङ रोक्न र व्यवस्थित बसोबास बसाउन प्राधिकरणले काठमाडौंका सबै मालपोत कार्यालयमा चिठी पठाई कित्ताकाट रोक्का गरेको काठमाडौं जिल्ला आयुक्त बस्नेतको भनाइ छ।  

ऐन अनुसार पालना गर्नुपर्ने नियमहरू जस्तै प्लटिङ गरिएको कुल जग्गाको कम्तीमा पाँच प्रतिशत जग्गा सरकारी जग्गामा छुट्याउनुपर्ने, प्लटिङभित्रको सबै बाटो कम्तीमा ६ मिटर हुनुपर्ने जस्ता नियम पालना गरेको पाइएको छैन। कतै खुला क्षेत्रसमेत नराखी कित्ताकाट गरेको पनि पाइएको छ। ‘प्लटिङको नाममा जथाभावी प्लटिङ गर्ने र जथाभावी कित्ताकाट गर्ने गरेको पाइएपछि काठमाडौं जिल्लाभित्रका सबै प्लटिङलाई योजना अनुमतिको दायरामा ल्याउन र व्यवस्थित बसोबास र सहरीकरण बनाउन हामीले अवैध प्लटिङ रोक्ने निर्णय गरेका हौँ,’ बस्नेतले भने।  

प्राधिकरणले मालपोत कार्यालयहरूलाई पठाएको चिठीमा भनिएको छ, ‘काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंबाट अनुमति नलिई जग्गा खण्डीकरण गरी अवैध प्लानिङ गर्ने, डोजर चलाउने, सिमाना लगाउने कार्य भएको भन्ने उजुरी यस कार्यालयमा पर्न आएको हुँदा अर्को पत्राचार नभएसम्म प्राधिकरण ऐन २०४५ को ७१ बमोजिम विभिन्न कित्ताका जग्गाको कित्ताकाट गर्ने कार्य रोक्का गरी सहयोग गरिदिनुका साथै सोको जानकारीसमेत यस प्राधिकरणमा दिनुहुन अनुरोध गर्दछ।’  

प्राधिकरणका अनुसार काठमाडौं जिल्लाका साबिक गाउँविकास समितिहरू जस्तै दहचोक, गागलफेदी, काभ्रेस्थली, चण्डेश्वरी, पुखुलाछी, साङ्ला, इन्द्रावती, झोरमहांकाल, धर्मस्थली, सन्टोल, साल्खा, लप्सीफेदीका विभिन्न ठाउँमा अवैध प्लटिङ गरेको पाइएको छ। ती ठाउँमा अवैध प्लटिङ गरिएको हुँदा कित्ता नम्बरसमेत खुलाएर प्राधिकरणले सम्बन्धित मालपोत कार्यालयमा चिठी पठाएको छ।  

काठमाडौं जिल्ला आयुक्त कार्यालयका अनुसार व्यावसायिक प्रयोजनका लागि एउटा कित्ताबाट एकभन्दा बढी कित्ताकाट गर्नुपरे प्राधिकरणको अनुमति लिनैपर्छ। तर पारिवारिक प्रयोजनका लागि जस्तै अंशबन्डा र अन्य प्रयोजनमा कित्ताकाट गर्न प्राधिकरणसँग अनुमति लिनु पर्दैन। काठमाडौंमा कलंकी, चाबहिल, मनमैजु, डिल्लीबजार, साँखु, टोखा गरी ६ वटा मालपोत र नापी कार्यालय छन्। ती सबै कार्यालयहरूलाई काठमाडौं जिल्ला आयुक्तको कार्यालयले चिठी पठाइसकेको छ।  

विकास प्राधिकरणले गत माघको पहिलो साता उपत्यकाका सबै मालपोत र नापी कार्यालयलाई चिठी लेखेर ‘अंशबन्डाबाहेक व्यावसायिक प्रयोजनका लागि कित्ताकाट गर्नुपरे अबदेखि विकास प्राधिकरणसँग अनिवार्य अनुमति लिनुपर्ने छ’ भन्ने ब्यहोराको चिठी पठाएपछि त्यतिबेला प्राधिकरण र भूमि व्यवस्था मन्त्रालयबिच  विवाद उत्पन्न भएको थियो। प्राधिकरणले अवैध प्लटिङ गरिएको कित्ता नम्बरसमेत खुलाएर चिठी पठाएपछि मालपोत कार्यालयहरूले कित्ताकाट गर्न रोक लगाएका छन्। प्राधिकरणले काठमाडौंका अवैध प्लटिङमा लगानी नगर्न नेपाल राष्ट्र बैंकमार्फत् विभिन्न राष्ट्रिय वाणिज्य बैंकहरूलाई समेत चिठी पठाएर अनुरोध गरेको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस