मासु पसलबाट बदलिएको दिलबहादुरको जीवन
०१ जेष्ठ २०८३
•
४ मिनेट पाठ
मासु पसलबाट बदलिएको दिलबहादुरको जीवन
दिलबहादुरको सुर्खेती फ्रेस हाउस। तस्बिर: गोल्डेन बुढा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमलका ४९ वर्षीय दिलबहादुर विश्वकर्मा २०६८ सालमा जुम्ला आउँदा उनका हात खाली थिए। न बैंक खातामा रकम थियो, न राजनीतिक चिनजान, न व्यापारको ठूलो योजना। थियो त केवल एउटा अडिग विश्वास,‘मेहनत गरे जिन्दगी बदलिन्छ।’




त्यो समय देशका हजारौं युवाजस्तै उनीसँग पनि विदेश जाने विकल्प थियो। गाउँका धेरै साथी खाडी पुगेका थिए। कोही भारततिर लागेका थिए। गाउँका घरहरू युवाविहीन बन्दै थिए। तर दिलबहादुरले फरक बाटो रोजे। उनले परदेश होइन, जुम्लाको चिसो माटो रोजे। खलंगा उक्लिँदा उनले सपनाको भारी बोकेका थिए, तर साथमा कुनै सुरक्षा थिएन। जीवन धान्न जे काम पाइन्छ, त्यही गर्नुपर्ने अवस्था थियो।

अन्ततः उनले भेडाखसीको मासु बेच्ने व्यवसाय रोजे, त्यस्तो काम, जसलाई समाजले धेरै सम्मानका साथ हेर्दैन। रगत, गन्ध र छुरासँग जोडिएको काम। तर दिलबहादुरका लागि त्यो केवल मासु बेच्ने पेशा थिएन। त्यो परिवार बचाउने युद्ध थियो।

चन्दननाथ नगरपालिका–४ टुडिखेल लाइनस्थित भारतीबाडामा उनले ‘सुर्खेती फ्रेस हाउस’ सुरु गर्दा धेरैले टिक्दैन भन्ने सोचे। तर उनी टिकिए। उनीसँग विकल्प पनि थिएन। हार्नु भनेको परिवारसँग हार्नु थियो। उनको दिन बिहान होइन, रात नबित्दै सुरु हुन्छ।

बिहान ४ बज्नुअघि नै उनी उठिसकेका हुन्छन्। अरू मानिस निद्रामै हुँदा उनी चिसो पानीले हात धोएर छुरा समातिरहेका हुन्छन्। शरीरमा मासुको गन्ध टाँसिन्छ। हात रगतले रातिन्छ। बजार खुल्नुअघि नै पसल तयार पार्नुपर्छ।

‘८ बजेसम्म बिक्री सकिन्छ,’ उनी भन्छन्, ‘त्यसपछि बल्ल शरीरले थकाइ महसुस गर्छ।’ तर त्यो पसलमा मासु मात्र बेचिँदैन। त्यहाँ संघर्ष बेचिन्छ। जिम्मेवारी बेचिन्छ, एउटा बाबुको निद्रा बेचिन्छ। आफ्ना सन्तानको भविष्य किन्न उनले हरेक बिहान आफ्नो आराम काटिरहेका हुन्छन्।

उनले जुम्लाका गाउँ–गाउँ डुलेर किसानसँग सम्बन्ध बनाए। भेडापालकसँग विश्वास जोडे। १० हजारदेखि ४५ हजार रुपैयाँसम्मका भेडाखसी किनेर बजार ल्याउँछन्। कहिलेकाहीँ किसानले फोन गरेर ‘सुर्खेती दाइ, भेडा तयार छ’ आउनुहोस्, भन्छन्। दिलबहादुर कहिलेकाहीँ आफै लिन पुग्छन्, कहिलेकाहीँ आफैँ लिन पुग्छन्। अहिले उनीसँग २० ज्यान भेडा खसी छन्।

जुम्लामा उनले पहिलोपटक मासु प्रतिकेजी ४ सय ५० रुपैयाँमा बेचेका थिए। अहिले त्यही मासु १ हजार १ सय रुपैयाँ पुगेको छ। मूल्य बढेको छ, तर संघर्ष झन् महँगो भएको उनी महसुस गर्छन्।

उनको पसलमा आउने ग्राहक उनको वर्षौंको विश्वास हुन्। सिद्धार्थ होटल, खड्का होटलजस्ता चर्चित होटल नियमित ग्राहक बनेका छन्। खड्का होटलका सञ्चालक खड्क थापा भन्छन्, ‘मैले व्यवसाय थालेदेखि उनकै पसलबाट मासु लिन्छु। सफा छ, विश्वासिलो छ, चाहिएको बेला पाइन्छ। प्रतिदिन सयौं जना मासु लिन लाइनमा हुन्छन्।’

विश्वास पैसा तिरेर किन्न सकिँदैन। त्यो समय, पसिना र इमानले कमाउनुपर्छ। दिलबहादुरले त्यो विश्वास आफ्नो शरीरको श्रमबाट बनाएका छन्। ६ जनाको परिवार यही व्यवसायले धानेको छ। घरभाडा, लुगाफाटो, छोराछोरीको पढाइदेखि दैनिक खर्चसम्म सबै यही पसलको कमाइले चलेको छ।

उनले मासु पसलको मात्रै मासिक १३ हजार ५ सय रुपैयाँ भाडा तिर्छन्। सबै खर्च कटाएर पनि उनी मासिक ४५ हजार रुपैयाँ बचत गर्न सफल छन्। वार्षिक बचत ५ लाख ४० हजार रुपैयाँ पुग्छ। त्यही कमाइबाट उनले एक वर्षअघि खलंगामै ६ सय ५० वर्गमिटर घडेरी किने। ५० लाख रुपैयाँ खर्चिएको त्यो घडेरी उनका  पसिनाको प्रमाणपत्र हो।

सायद दिलबहादुर आफैंले धेरै पढ्न पाएनन्। तर उनले आफ्नो अधुरो सपना छोराछोरीको आँखामा सारिदिएका छन्। उनका छोरा काठमाडौंमा साइन्स पढिरहेका छन्। जेठी छोरी जुम्लाको कर्णाली प्राविधिक शिक्षालय (केटीएस) मा ओभरसियर पढ्दैछिन्। कान्छी छोरी निजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्।

‘छोराछोरीलाई पढाउन सकेको छु,’ उनी भन्छन्, ‘त्यही नै मेरो सबैभन्दा ठूलो कमाइ हो।’यो कुराकानी गर्दै गर्दा उनको अनुहारमा थकानभन्दा बढी सन्तुष्टि देखिन्छ। किनकि उनले जीवनमा धेरै कुरा गुमाए, तर आफ्ना सन्तानको भविष्य गुम्न दिएनन्।

उनकी धर्मपत्नी कौशिला विश्वकर्मा पनि व्यवसायमा सँगसँगै खटिन्छिन्। भेडाखसीका खुट्टा प्रतिकेजी ९ सय रुपैयाँ र आन्द्राभुँडी प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री हुने गरेको उनी बताउँछिन्।

आज देशका हजारौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन्। कोही बाकसमा फर्किरहेका छन्, कोही ऋणमै डुबिरहेका छन्। गाउँका खेत बाँझिएका छन्। घरहरू रित्तिएका छन्। तर दिलबहादुर भने आफ्नै माटोमा सम्भावना खोजिरहेका छन्। उनी भन्छन्,‘गर्नेलाई आफ्नै देशमै अवसर छ। विदेशिनै पर्छ भन्ने छैन। मेहनत गर्नुपर्छ, जोखिम मोल्नुपर्छ। परिवारसँग बसेर पनि राम्रो कमाइ गर्न सकिन्छ।’ मान्छे ठूलो पूँजीले होइन ठूलो साहसले उठने उनको भनाइ छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस