धनगढी बीभत्स हत्या : टाउको बोकेर चौकी पुगेका व्यक्ति दुई वर्ष जेल परेका थिए
२५ असोज २०८२
•
३ मिनेट पाठ
धनगढी बीभत्स हत्या : टाउको बोकेर चौकी पुगेका व्यक्ति दुई वर्ष जेल परेका थिए
घोडाघोडी नगरपालिका वडा नं ६ स्थित अस्थाई प्रहरी पोष्ट प्रतिखेत बसन्तमा शुक्रबार राति ११ बजेर २२ मिनेटमा दुई युवक रक्ताम्मे रेटिएको टाउको बोकेर पुगे। रेटिएको युवकको टाउको देखेर प्रहरी नै आश्चर्य चकित परे। 'मान्छे काटेर टाउको ल्याएर आएका हौँ' भनेर ती दुई युवाले बयान दिए।




चलचित्रको दृष्यमा देखिने झै यो त्रासदीपूर्ण घटना शुक्रबार राति कैलाली जिल्लाको घोडोघोडी नगरपालिका वडा नं ८ स्थित जरैमा भएको हो। २८ वर्षीय युवक केशरबहादुर बुढाको बीभत्स हत्या गरेर १९ वर्षीय बलबहादुर विकर १९ वर्षीय गंगा बुढा क्षेत्री टाउको बोकेर प्रहरी चौकीमा पुगेका थिए।  

हत्या गर्ने दुई युवा आपसमा परिचित हुन् भने ती दुईले हत्या गरिएका युवकसँग उनीहरूको चिनजान थिएन। टाउको बोकेर प्रहरीमा पुगेका ती दुई अभियुक्तलाई बुझ्दा हत्या गरिएका व्यक्ति को हो भन्ने जानकारी नभएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले बताए। घटना स्थलमा पुगेर हत्या गरिएका युवकको मोबाइलमा रहेका नम्बरबाट पहिचान पत्ता लगाइएको उनले बताए।  

यसरी भयो घटना

हत्या गरिएका केशरबहादुर बुढा, बलबहादुर वि.क. र गंगा बुढा मोहन्याल गाउँपालिकासँग सिमाना जोडिएको घोडोघोडी नगरपालिका वडा नं ८ जरै बस्तीमा रहेको खाजा पसलमा मदिरा सेवन गरेका थिए। बलबहादुर र गंगाको घर पसलबाट करिब एक सय मिटरको आसपास नजिकै थियो भने केशरको घर करिब एक किलोमिटर दूरीमा थियो।

पसलमा रहर नामको निम्न स्तरको मदिरा चटपटसँग ती युवकहरूले खाएका थिए। १० बजेपछि पसल बन्द गर्छु भनेर पसल संचालकले भनेपछि तिनीहरू निस्केको प्रहरीले बताएको छ। पहिले चिनजान नभएका केशरलाई मदिरा बढी लागेको छ भनेर विक र बुढा एक सय मिटर परसम्म पुर्‍याउन गए। त्यसपछि विवाद सुरु भएको अभियुक्तको बयानबाट बुझिएको डिएसपी अवस्थीले बताए।

‘मदिरा बढी लागेको भनेर पुगाईदिन गएपछि मलाई दारु बढी लाग्यो भन्ने भन्दै गाली गरेपछि दुई जनाले हान्दा ती युवक नालीमा खस्छन्,’ प्रहरी नायव उपरीक्षक अवस्थीले भने, ‘नालीमा ढलेपछि बलबहादुर करिब एक सय मिटरको दूरीमा रहेको घर गएर हँसिया ल्याएर आई केशरको टाउको छिनालेको हो।’  

बाँकी शरीर घटना स्थलमै छोडेर टाउको बोकेर विक र बुढा प्रहरी पोष्ट पुगेका थिए। घटना स्थलबाट करिब आधा घण्टा हिँडेर अभियुक्त प्रहरी पोष्ट पुगेका थिए।

प्रहरीमा टाउको ल्याएर आएपछि कसलाई मारेको हो भनेर सोद्धा उनीहरूले नचिनेको जवाफ दिएको प्रहरीले बताएको छ। ११ बजेर २३ मिनेटमा प्रहरीले घटनाको बारेमा थाहा पाएपछि राति आफैँ घटना स्थलमा पुगेको डिएसपी अवस्थीले बताए।  

हत्या गरिएका केशर दसैँ मनाउन घर आएका थिए

सुर्खेत चौकुनै गाउँपालिका वडा नं ३ घर भएका केशर बुढा एक वर्षअघि मात्र तराई झरेको स्थानीय खगेन्द्र ठकुल्लाले बताएका छन्। जरैमा बस्ने केशरको घरमा श्रीमती, ९ वर्षका छोरा र १ वर्षकी छोरी रहेको उनले बताए। सुर्खेतबाट आउन लागेका बुबा नपुगेकाले शनिबार दिउँसोसम्म हत्या गरिएको शरीर घटना स्थलबाट उठाइएको छैन।

भारतको सुरतमा मजदुरी गर्ने केशर दसैँ बिदामा घर आएका  थिए। उनी शनिबार (आज) मजदुरीका लागि सुरत जाने तयारी रहेको उनले बताए।

चीनजान नभईकन विवाद हुँदा हत्या गरिएका केशर गंगाका नजिकको दाजु नाता पर्ने रहेको खुलेको स्थानीयले बताएका छन्। ‘त्यति बेला तिनीहरू बिच चिनपहिचान भएन, हत्या गरिएका बुढा गंगाबुढाका आफ्नै पारिवारिक रूपमा दाजु नाता पर्ने नजिकको रहेछन्,’ स्थानीय खगेन्द्र ठकुल्लाले बताए।

चक्कु हानेर पहिले पनि जेल परेका थिए विक

घरबाट हँसिया लिएर केशरको हत्या गर्ने विक यसअघि भारतको महाराष्ट्रमा चक्कु प्रहार गरेको अभियोगमा दुई वर्ष जेल सजाय काटेको प्रहरी नायव उपरीक्षक अवस्थीले बताए। उनी दसैँको लागि असोज १४ गते मात्र भारतबाट घर आएका थिए। अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय सुख्खडमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४३ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस