लोकल महको गुणस्तर उच्च पाइएपछि माग बढ्दो
१९ वैशाख २०८३
•
३ मिनेट पाठ
लोकल महको गुणस्तर उच्च पाइएपछि माग बढ्दो
स्थानीय स्तरमा उत्पादित महको गुणस्तर उच्च पाइएपछि महको माग बढ्दै गएको छ। बहुराष्ट्रिय कम्पनीको प्रशोधित महभन्दा चितवनका किसानले उत्पादन गरेको महको माग बढ्दै गएको हो। मह बिक्रेता शिवप्रसाद पौडेलका अनुसार प्राकृतिक तथा शुद्ध उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको हो।  




‘अहिले नेपाली मह खोजी खोजी खाने चलन बढेको छ,’ उनले भने ‘बहुराष्ट्रिय कम्पनीको उत्पादित महको माग एकदम न्यून छ।’ उनले बहुराष्ट्रिय कम्पनीले महलाई प्रशोधन गर्ने भएकाले नेपालीले त्यसलाई कम मन पराउने गरेको बताए।  

पौडेलले चितवनको कालिका नगरपालिका–६ स्थित खोलेसिमल बजारमा महको बिक्री कक्ष राखेका छन्। त्यहाँबाट वार्षिक तीन मेट्रिक टन मह विक्री गर्दै आएका छन्। त्यसमध्ये ९५ प्रतिशत मह लोकल नै बिक्री हुने गरेको उनले बताए।  

अहिले नेपालमा महको उत्पादन घटेकाले बिक्रीमा समस्या समेत नभएको उनले बताए। यतिखेर छ सय देखि एक हजार रुपैयाँसम्ममा किसानले मह बिक्री गरेका छन्। नेपालमा उत्पादन हुने अर्ग्यानिक मह विदेशी बजारमा समेत लोकप्रिय बन्दै गएको छ। चीन, जापान, अमेरिका लगायतका देशहरूमा नेपाली मह निर्यात हुने क्रम बढिरहेको सरकारी तथ्याङ्कले समेत देखाउँछ।  

अहिले नेपाली महको गुणस्तरमा कुनै कैफियत समेत नरहेको खाद्य तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख प्रमोदचन्द्र न्यौपानेले बताए। ‘हामीले बजार अनुगमन गर्दा महको नमुना ल्याएर परीक्षणका लागि खाद्य परीक्षण केन्द्र हेटौँडामा पठाउँछौँ,’ उनले भने ‘पछिल्ला तीन चार वर्ष यता कुनै कैफियत देखिएको छैन ।’  

एक वर्षअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा गरिएको परीक्षणमा पनि चितवनको महले नेपाल सरकारले बनाएको मापदण्डभन्दा गुणस्तर धेरै राम्रो रहेको देखिएको थियो।  

मौरी पालन विकास केन्द्र भन्डारा र तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले महको गुणस्तर परीक्षणका लागि दश वटा नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाएका थियो। परीक्षणका क्रममा सबै नमुनाको गुणस्तरको नतिजा उत्कृष्ट आएको मौरी पालन विकास केन्द्रको तथ्याङ्कमा उल्लेख छ।  

त्यति बेला चितवनका ११ वटा फर्मबाट रुदिलो, तोरी, चिउरी, फापर र जङ्गली स्रोतको मह परीक्षणका लागि नमुना पठाइएको थियो। नेपाल मौरी पालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०७४मा लेखिएका आठ वटा मापदण्ड परीक्षण गर्दा मापदण्डभन्दा धेरै उत्कृष्ट पाएको कार्यालय प्रमुख सुजन अम्गाईले जानकारी दिए।  

उनले चितवनमा उत्पादन भएको मह उपभोक्ताले ढुक्क साथ सेवन सक्ने अवस्थाको रहेको बताए। सरकारले बनाएको आठ वटा सूचक रहेको उनले बताए। उनका अनुसार महको पानीको आर्द्रता, गुलकोज अनुपात, रिड्युसिङ सुगरको अनुपात, हाइड्रोक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थको मात्र परीक्षण गरिएको थियो।

पछिल्लो समयमा बालीमा विषादीको प्रयोग बढी गरेको पाइन्छ। यद्यपि चितवनको महको गुणस्तरलाई भने विषादीले त्यति असर नगरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले बताए।  

‘विषादीले महको उत्पादनमा चाहिँ असर पार्छ। तर चितवनको मौरी चरण क्षेत्र र खेतीपाती गर्ने क्षेत्र छुट्टिएको कारण बढी असर पर्न गएको छैन,’ उनले भने ‘जहाँ व्यवसायीक खेती हुन्छ त्यहाँ मौरी चरणमा लैजान अनुपयुक्त हुन्छ।’

उपभोक्ताले गुणस्तरीय महको पहिचान गर्न नसक्दा ठगिने गरेका छन्। कति महको रङ र जम्ने नजम्ने महको विषयमा उपभोक्ता अलमलमा देखिएको पाइन्छ। उपभोक्ताले खरिद गर्दा सबैभन्दा पहिले हेर्ने कुरा लेबल हो। किसानहरूले बिक्री गर्ने क्रममा महको प्रकार र आठ वटा सूचकका आधारमा लेभलिङ गर्ने गरेको छन्।  

‘लेबलमा पारदर्शिता नहुँदा उपभोक्ता ठगिन सक्छन्। उत्पादकले अनिवार्य रूपमा सबै विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ।,’ अम्गाईले भने ‘महमा लेभलिङ गर्न सकेमा नेपाली महले अझ बजार पाउने सम्भावना बढी हुन्छ।’  

नेपालमा वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। त्यसमध्ये चितवनमा दुई सय ६८ मेट्रिक टन उत्पादन हुने गरेको उनले बताए। 
अर्को समाचार
लोकल महको गुणस्तर उच्च पाइएपछि माग बढ्दो
२० वैशाख २०८३
•
३ मिनेट पाठ
लोकल महको गुणस्तर उच्च पाइएपछि माग बढ्दो
स्थानीय स्तरमा उत्पादित महको गुणस्तर उच्च पाइएपछि महको माग बढ्दै गएको छ। बहुराष्ट्रिय कम्पनीको प्रशोधित महभन्दा जिल्लाका किसानले उत्पादन गरेको महको माग बढ्दै गएको हो।




मह बिक्रेता शिवप्रसाद पौडेलका अनुसार प्राकृतिक तथा शुद्ध उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको हो।

‘अहिले नेपाली मह खोजि खोजि खाने चलन बढेको छ,’ उनले भने ‘बहुराष्ट्रिय कम्पनीको उत्पादित महको माग एकदम न्यून छ।’

उनले बहुराष्ट्रिय कम्पनीले महलाई प्रशोधन गर्ने भएकाले नेपालीले त्यसलाई कम मन पराउने गरेको बताए। पौडेलले चितवनको कालिका नगरपालिका-६ स्थित खोलेसिमल बजारमा महको बिक्री कक्ष राखेका छन्।

त्यहाँबाट वार्षिक तीन मेक्टिकटन मह विक्री गर्दै आएका छन्। त्यसमध्ये ९५ प्रतिशत मह लोकल नै बिक्री हुने गरेको उनले बताए।

अहिले नेपालमा महको उत्पादन घटेकाले बिक्रीमा समस्या समेत नभएको उनले बताए। यतिखेर छ सय देखि एक हजार रुपैयाँसम्ममा किसानले मह बिक्री गरेका छन्।

नेपालमा उत्पादन हुने अर्गानिक मह विदेशी बजारमा समेत लोकप्रिय बन्दै गएको छ। चीन, जापान, अमेरिका लगायतका देशहरूमा नेपाली मह निर्यात हुने क्रम बढिरहेको सरकारी तथ्यांकले समेत देखाउँछ।

अहिले नेपाली महको गुणस्तरमा कुनै कैफियत समेत नरहेको खाद्य तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख प्रमोदचन्द्र न्यौपानेले बताए।

‘हामीले बजार अनुगमन गर्दा महको नमुना ल्याएर परीक्षणका लागि खाद्य परीक्षण केन्द्र हेटौँडामा पठाउँछौँ,’ उनले भने ‘पछिल्ला तीन चार वर्ष यता कुनै कैफियत देखिएको छैन।’

एक वर्षअघि महिना अघि खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा गरिएको परीक्षणमा पनि चितवनको महले नेपाल सरकारले बनाएको मापदण्डभन्दा गुणस्तर धेरै राम्रो रहेको देखिएको थियो। 

मौरीपालन विकास केन्द्र भण्डारा र तत्कालिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनले महको गुणस्तर परीक्षणका लागि दश वटा नमुना संकलन गरेर प्रयोगशालामा पठाएका थियो। परीक्षणका क्रममा सबै नमुनाको गुणस्तरको नतिजा उत्कृष्ट आएको मौरीपालन विकास केन्द्रको तथ्यांकमा उल्लेख छ।

त्यतिखेर चितवनका ११ वटा फर्मबाट रुदिलो, तोरी, चिउरी, फापर र जंगली स्रोतको मह परीक्षणका लागि नमुना पठाइएको थियो। नेपाल मौरीपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०७४ मा लेखिएका आठ वटा मापदण्ड परीक्षण गर्दा मापदण्डभन्दा धेरै उत्कृष्ट पाएको कार्यालय प्रमुख सुजन अम्गाईले जानकारी दिए।

उनले चितवनमा उत्पादन भएको मह उपभोक्ताले ढुक्क साथ सेवन सक्ने अवस्थाको रहेको बताए। सरकारले बनाएको आठ वटा सूचक रहेको उनले बताए।

उनका अनुसार, महको पानीको आद्रता, गुलकोज अनुपात, रिड्युसिङ सुगरको अनुपात, हाइड्रोक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थको मात्र परिक्षण गरिएको थियो।

पछिल्लो समयमा बालीमा विषादीको प्रयोग बढी गरेको पाइन्छ। यद्यपि चितवनको महको गणस्तरलाई भने विषादीले त्यति असर नगरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीले बताए।

‘विषादीले महको उत्पादनमा चाँही असर पार्छ। तर चितवनको मौरी चरण क्षेत्र र खेतीपाती गर्ने क्षेत्र छुट्टिएको कारण बढी असर पर्न गएको छैन,’ उनले भने ‘जहाँ व्यवसायीक खेती हुन्छ त्यहाँ मौरी चरणमा लैजान अनुपयुक्त हुन्छ।’

उपभोक्ताले गुणस्तरिय महको पहिचान गर्न नसक्दा ठगिने गरेका छन्। कति महको रङ र जम्ने नजम्मे महको विषयमा उपभोक्ता अलमलमा देखिएको पाइन्छ। उपभोक्ताले खरिद गर्दा सबैभन्दा पहिले हेर्ने कुरा लेबल हो। किसानहरुले बिक्री गर्ने क्रममा महको प्रकार र आठ वटा सूचकका आधारमा लेभलिङ गर्ने गरेको छन्।

‘लेबलमा पारदर्शिता नहुँदा उपभोक्ता ठगिन सक्छन्। उत्पादकले अनिवार्य रूपमा सबै विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ।,’ अम्गाईले भने ‘महमा लेभलिङ गर्न सकेमा नेपाली महले अझ बजार पाउने सम्भावना बढी हुन्छ।’

नेपालमा वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। त्यसमध्ये चितवनमा दुई सय ६८ मेट्रिक टन उत्पादन हुने गरेको उनले बताए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस