धार्मिक सद्‌भाव बिथोल्न खोज्नेलाई कारबाहीको माग
२१ असोज २०८२
•
४ मिनेट पाठ
धार्मिक सद्‌भाव बिथोल्न खोज्नेलाई कारबाहीको माग
दुर्गामूर्ति विसर्जनका बेला दुई समुदायबिच भएको झडपमा संलग्नमाथि कारबाही गर्नुपर्ने आवाज यतिबेला उठेको छ। सोमबार घाइतेसहितका स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्नासमेत दिएका छन्। 




उनीहरूले नेपालगन्जमा प्रदर्शनसमेत गरेका थिए। यससँगै सामाजिक सञ्जालमा पनि नेपालगन्जको आपसी सद्‌भाव बिथोल्न खोज्नेको पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ। यतिबेला कुनै पनि बहानामा उनीहरूलाई छुटकारा दिने हो भने भोलि पुनः यस्तै प्रकृतिका घटना दोहोरिन सक्ने सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिएको छ।  

सामान्य नागरिकदेखि समाजका अगुवासम्मले कारबाहीको माग गरिरहेका छन्।  विगतमा पनि यस्तै किसिमका घटना हुँदा उनीहरूलाई कारबाही नगरिनुको परिणामले घटना दोहोरिएको यहाँका वासिन्दाको भनाइ छ।  हिन्दु र मुस्लिम समुदायका व्यक्तिबाटै जो–जो संलग्न छन् उनीहरूलाई कारबाही गर्नुपर्ने बताइरहेका छन्। 

दुर्गामूर्ति विसर्जनका क्रममा दुई समुदायबिच भएको झडपपछि स्थानीय तह र सामाजिक श्रेणीका व्यक्तिहरूबाट दोषीहरू पहिचान गरी कडाइका साथ कारबाही गर्ने माग उठ्न थालेको छ।  सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो र भनाइ फैलिएको र त्यसले आपसी सद्‌भावमा गम्भीर असर पुर्‍याउन सक्ने भन्दै विभिन्न तहका नागरिकले चाँडोभन्दा चाँडो कानुनी प्रक्रिया अघि बढाउन दबाब दिएका छन्।  

लोकप्रियतामाथि न्याय हाबी हुन नसक्दा घटनामा संलग्न व्यक्तिहरूले छुटकारा पाइरहेको नागरिक समाजका अगुवा नरेन्द्रजंग पिटरले जनाए।  कानुन र न्यायमा कसैको आस्था र परिचय, दाह्री र टुप्पीको हिसाब नहुने भन्दै उनले भने, ‘जबसम्म दोषीलाई सजाय दिइँदैन तबसम्म यस्ता घटना नेपालगन्जले बेहोरिरहन्छ। ’ समाजमा अस्तित्व कायम गर्न नसक्ने व्यक्तिले धार्मिक व्यवसाय गरिरहेकाले पनि नेपालगन्जको आपसी सद्‌भावमाथि प्रहार भइरहेको उनको भनाइ छ।  

‘ती धार्मिक मान्छे होइनन्; मात्र धार्मिक व्यवसायी हुन्’, उनले भने, ‘अन्यत्र कुनै पनि सामाजिक कार्य र व्यवसायमा आफ्नो अस्तित्व कायम गर्न नसकेपछि उनीहरूले धर्मलाई व्यवसाय बनाए। ’ आफू केन्द्रमा आउनलाई समाज भाँड्ने किसिमको गतिविधि उनीहरूले सञ्चालन गर्ने गरेको उनको भनाइ छ।  उनीहरूले यी र यस्तै उत्तेजनामा परिचय खोज्ने गरेको उनी बताउँछन्।  यस्ता किसिमका व्यक्तिका लागि सरकार निर्मम भएर लाग्नुपर्ने भन्दै उनले भने, ‘सरकारले लोकप्रियता हेरेर कसैलाई खुसी पार्ने मनोविज्ञानबाट अघि बढ्नु हुँदैन।  मतदाता रिझाउन लाग्नु हुँदैन।  निर्मम भएर कारबाही गर्नुपर्छ। ’ हिन्दु वा मुस्लिम जो दोषी भए पनि कारबाही गर्नुपर्ने अर्जुन साहुले बताए।  

‘दोषीमाथि कारबाही होस्’, उनले भने, ‘चाहे उनी हिन्दु हुन् वा मुस्लिम।  धर्म हेरेर होइन, अपराध हेरेर कारबाही होस्। ’ यो घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने अर्का एक जहाँगीर सैयदले बताए।  उनले भने, ‘दोषीहरूलाई कडा कारबाही हुनुपर्छ।  यसले मात्रै शान्ति र एकताको सन्देश दिन्छ।’ 

दुर्गा विसर्जनका क्रममा भएको घटनाको गम्भीर छानबिन गरिनुपर्ने नेपालगन्ज उपमहानगरपालिका नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्ष तथा १५ नम्बर वडास्तरीय युवा क्लब सञ्जालका अध्यक्ष आनन्दकुमार बर्माले बताए। ‘दोषीलाई कडा कारबाही होस् किनभने कानुन सबैको लागि बराबर हो।’ यस्ता घटनालाई नजरअन्दाज गरिरहँदा भविष्यमा अझ ठूलो समस्या निम्त्याउन सक्ने भन्दै उनले शान्ति, सद्‌भाव र कानुनको शासन कायम गर्नुपर्ने बताए। 

बाँके प्रहरीले दुर्गामूर्ति विसर्जनका क्रममा भएको झडप घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान तीव्र पारेको छ।  दुर्गामूर्ति विसर्जनका क्रममा दुई समुदायबिच झडप भएको घटनाले नेपालगन्जको सामाजिक सद्‌भावमा असर पुर्‍याएपछि प्रहरीले घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक पातलीका अनुसार हालसम्म आठ/नौजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरिएको छ।  उनले भने, ‘घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको छ।  कानुनबमोजिम आवश्यक कारबाही गरिने छ।’ उनका अनुसार हालसम्म कसैलाई औपचारिक रूपमा पक्राउ गरिएको छैन, तर संलग्नलाई चाँडै कानुनी दायरामा ल्याइने तयारी भइरहेको छ। 

प्रहरीले घटनाबारे थप प्रमाण संकलनका लागि स्थानीय स्तरमा तथ्य अनुसन्धान, भिडियो फुटेज संकलन र प्रत्यक्षदर्शी बयान संकलन गर्ने कार्य अघि बढाएको छ।  यसरी संकलित प्रमाण र विवरणका आधारमा घटनामा संलग्नको निश्चित पहिचान हुने प्रहरीको विश्वास छ।  

धार्मिक पर्वमा हुने जुलुस, विसर्जन वा अन्य गतिविधिमा संवेदनशीलता उच्च हुने भएकाले प्रहरीले स्थानीय समुदायलाई संयमित रहन आग्रह गरेको छ।  डिएसपी पातलीका अनुसार समाजमा शान्ति र सुरक्षा कायम राख्न सबै पक्षको सहकार्य जरुरी छ।  उनले धार्मिक सद्‌भावमा आँच पुर्‍याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइने दोहोर्‍याए।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस