घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
०७ जेष्ठ २०८३
•
४ मिनेट पाठ
घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको छ। व्यस्त कार्य तालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको सङ्ख्या बढ्नु यसका प्रमुख कारणका रूपमा देखिएको जनाइएको छ।




स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य नर्सिङ निरीक्षक आरती पाण्डेयका अनुसार जिल्लामा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको सङ्ख्या ८४ दशमलव नौ प्रतिशत रहेको छ भने पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ५५ दशमलव ११ प्रतिशत मात्रै रहेको छ।

जिल्लाका ९ वटै स्थानीय तहमध्ये पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या सबैभन्दा बढी लालझाडी गाउँपालिकामा ८१ दशमलव ६६ प्रतिशत, दोधारा चाँदनी नगरपालिकामा ६४ दशमलव ६२ प्रतिशत, शुक्लाफाँटा नगरपालिकामा ६१ दशमलव २८ प्रतिशत र पुनर्वास नगरपालिकामा ६१ दशमलव २९ प्रतिशत रहेका छन्।

यसैगरी, कृष्णपुर नगरपालिकामा ६० दशमलव ३९ प्रतिशत, बेदकोट नगरपालिकामा ५९ दशमलव ७९ प्रतिशत, भीमदत्त नगरपालिकामा ४५ प्रतिशत, बेलौरी नगरपालिकामा ३८ दशमलव ११ प्रतिशत तथा बेलडाँडी गाउँपालिकामा ४१ दशमलव २३ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउने गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको सङ्ख्या ६९ प्रतिशत र पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ७४ प्रतिशत रहेको छ। आमाको शैक्षिक अवस्थाका आधारमा शिक्षा नभएका ५९ प्रतिशत, आधारभूत तहसम्म अध्ययन गरेका ६१ प्रतिशत र माध्यमिक तह उत्तीर्ण गरेका ५३ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन्।

आर्थिक अवस्थाका आधारमा न्यून आर्थिक अवस्था भएका ६४ प्रतिशत, दोस्रो वर्गका ५८ प्रतिशत, मध्यम वर्गका ६१ प्रतिशत, चौथो वर्गका ५४ प्रतिशत र उच्च आर्थिक अवस्था भएका ४४ प्रतिशत आमाहरूले मात्रै स्तनपान गराउने गरेका छन्।

दूधदानीको प्रयोग गरी शिशुलाई दूध खुवाउने आमाहरूको सङ्ख्या सुदूरपश्चिम प्रदेशमा १५ प्रतिशत रहेको छ। अध्ययनअनुसार शिक्षा प्राप्त नगरेका १२ प्रतिशत, आधारभूत तहसम्म शिक्षा पाएका १४ प्रतिशत, माध्यमिक तह उत्तीर्ण गरेका ३१ प्रतिशत तथा उच्च शिक्षा अध्ययन गरेका ४९ प्रतिशत आमाहरूले बढी दूधदानीबाट शिशुलाई दूध खुवाउने गरेका छन्।

कार्यालयले उपलब्ध गराएको विवरणअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराएमा शिशु मृत्युदरलाई १९ दशमलव एक प्रतिशतसम्म रोकथाम गर्न सकिने अध्ययनले देखाएको छ। जन्मेको पहिलो दिन स्तनपान गराउँदा सात दशमलव सात प्रतिशत शिशु मृत्युदर घटाउन सकिने निरीक्षक पाण्डेयले बताइन्।

सरकारले शिशु छ महिनाको हुँदासम्म पूर्ण स्तनपान गराउने सङ्ख्यालाई हालको ५६ प्रतिशतबाट बढाएर सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

स्तनपान संरक्षणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा शिशु पोषण, मातृ स्वास्थ्य तथा दीर्घकालीन बाल विकासमा गम्भीर जोखिम बढ्दै गएको निरीक्षक पाण्डेयले जानकारी दिइन्। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ लागू भए पनि व्यवहारमा यसको प्रभाव कमजोर देखिएको उनको भनाइ छ।

'फर्मुला दूधको बढ्दो बजार विस्तार, सहरीकरण, बदलिँदो पारिवारिक संरचना तथा कार्यस्थलको असहज वातावरणका कारण स्तनपान अभ्यास क्रमशः कमजोर बन्दै गएको छ। आमाको दूधको सट्टा कृत्रिम शिशु आहारको प्रयोग बढ्नु अहिलेको प्रमुख स्वास्थ्य चुनौतीका रूपमा रहेको छ। तीन दशकअघि नै कानुनी व्यवस्था भए पनि अनुगमन र कार्यान्वयन प्रभावकारी नहुँदा अपेक्षित सुधार हुन सकेको छैन', नर्सिङ निरीक्षक पाण्डेयको भनाइ छ।

यसरी अपर्याप्त स्तनपानका कारण शिशु तथा मातृ स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम रहेको जानकारहरू बताउँछन्। स्तनपानलाई प्रभावकारी बनाउन कानुन मात्र पर्याप्त नभई सामाजिक व्यवहार तथा कार्यस्थलको संरचनागत सुधार आवश्यक रहेको बताइन्छ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ का प्रावधानले पनि शिशु आहार उत्पादन तथा वितरणमा कडा नियमनको व्यवस्था गरेको छ। ऐनअनुसार शिशु आहारको विज्ञापन, बिक्री प्रवर्द्धन तथा प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ। साथै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले उत्पादक वा वितरकबाट कुनै पनि प्रकारको उपहार, प्रलोभन वा आर्थिक लाभ लिन नपाइने व्यवस्था छ।

यसैगरी, उत्पादन बजारमा ल्याउनुअघि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने तथा ‘लेबल’मा स्तनपानलाई प्राथमिकता दिने सन्देश नेपाली भाषामा स्पष्ट उल्लेख गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। स्तनपानलाई निरुत्साहित गर्ने चित्र, सामग्री वा भ्रामक सूचना प्रयोग गर्न नपाइने व्यवस्था पनि ऐनमा समावेश गरिएको छ।

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्ट बाल कुपोषण न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतना विस्तार आवश्यक रहेको बताउँछन्। आमाहरूलाई स्तनपानसँगै छ महिनापछि घरमै तयार गरिने पोसिलो पूरक आहारबारे सही जानकारी दिन जरुरी रहेको उनको भनाइ छ।

स्वास्थ्यकर्मी हरि नाथ फर्मुला दूधको अनियन्त्रित प्रचार रोक्न, कानुनको प्रभावकारी अनुगमन गर्न तथा स्तनपानमैत्री वातावरण निर्माण गर्न स्थानीय तहदेखि नै समन्वित पहल आवश्यक रहेको सुझाव दिन्छन्। स्तनपान संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन, जनचेतना विस्तार तथा कार्यस्थलमैत्री नीतिबिना शिशु स्वास्थ्य सुधार र बाल कुपोषण न्यूनीकरणको लक्ष्य हासिल गर्न कठिन हुने उनको धारणा छ। रासस
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस