‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन हम्मेहम्मे
१३ भदौ २०८३
•
५ मिनेट पाठ
‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन हम्मेहम्मे
तस्बिर: नेपाल प्रहरी
शनिबार अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा शव फेला परेका छन्।




नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको छ।

रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नललपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ वटा शव फेला परेको प्रहरी तथ्याङ्क छ।

फेला परेकामध्ये २० वटा शव आफन्तको जिम्मा लगाइएको छ। प्रभावित जिल्लामा फरेन्सिक चिकित्सकको अभाव हुँदा शवको व्यवस्थापनमा समस्या पैदा भएको छ।

शव भण्डारणका लागि पर्याप्त ‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा प्रहरीलाई ती शव सुरक्षित राख्न ‘हम्मेहम्मे’ परेको छ। अस्पतालका शव गृह भरिएका छन्। शव भण्डारणमा समस्या देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आज केही शव जमिनमा समाधिस्थ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले बाढीमा परेर निधन भएका व्यक्तिको शव व्यवस्थापन चुनौतीका रूपमा देखिएको बताउँछन्। ‘शव व्यवस्थापनका लागि चाहिने ‘रेफ्रिजरेटिङ कन्टेनर’ को निकै जरुरी देखिएको छ’, उनले भने, ‘हामीले यसबारेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग पहल गरिरहेको छौं।’

बाढीले बगाएर ल्याएका शवको सुरक्षित व्यवस्थापनमा ढिलाइ हुँदा महामारी फैलनसक्ने चिकित्सकको चेतावनी छ। फेला परेका कतिपय शव पहिचान हुनै नसक्ने अवस्थामा छन्। कतिपय स्थानमा त मानव अङ्ग मात्रै फेला परेका छन्।

शव सङ्कलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। फेला परेका शवको तस्बिर ट्यागसहितको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ।

हेडक्वार्टरमा उद्धार तथा समन्वय केन्द्र क्रियाशील

प्रहरी हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षक सुदर्शनप्रसाद कोइरालाको नेतृत्वमा ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ सञ्चालन गरेर प्रतिकार्यलाई व्यवस्थित बनाइएको छ। विपद् भएकै दिन साँझदेखि सो केन्द्र सञ्चालनमा आएको हो।

सो केन्द्रले त्यसैदिनदेखि फेला परेका शवको फोटो र भिडियोसहितको विस्तृत विवरण लिने र त्यसको व्यवस्थापनको काम गर्दै आइरहेको छ। यस्तै, बाढीमा परी हराइरहेका व्यक्तिको पनि विवरण लिएर खोज तथा उद्धारमा समन्वयको काम पनि सोही केन्द्रले गरिरहेको छ।

‘शवका तस्बिर र भिडियोलाई हराइरहेका व्यक्तिको विवरणमा ‘म्याचिङ’ गर्ने र मातहतको निकायमा समन्वय गर्ने काम केन्द्रले गरिरहेको छ’, प्रवक्ता काफ्लेले भने, ‘शवको पहिचान भइसकेपछि कानुनी प्रक्रिया पूरागरी सम्बन्धितलाई हस्तान्तरण गर्दै आएका छौं।’ कानुनी सहायता तथा मुचुल्का लेखनका लागि प्रभावित जिल्लामा टोली परिचालन गरिएको छ ।

दुई हजार बढी व्यक्ति अझै बेपत्ता

यही भदौ १० गतेको सो बाढीमा परी एक हजार ८६३ नेपाली र ५२३ विदेशी गरी कुल दुई हजार ३६२ बेपत्ता भएको सरकारी तथ्याङ्क छ। बेपत्ताको खोजीका लागि रसुवा, नुवाकोट हुँदै त्रिशूलीको तटीय क्षेत्रमा व्यापक रूपमा सुरक्षा फौज परिचालन गरिएका छन्।

हराइरहेका व्यक्तिको खोजीका लागि अनलाइनबाट निवेदन लिएर खोजी तीव्र बनाइएको प्रहरी प्रवक्ता काफ्ले बताउँछन्। विभिन्न अस्पतालमा उपचारार्थ घाइतेको विवरण नेपाल प्रहरीको फेसबुक पेजमा हेर्न सकिने व्यवस्था मिलाइएको छ।

सम्पर्कविहीन प्रहरी कर्मचारी तथा व्यक्तिको खोजतलासका कामलाई पनि निरन्तरता दिइएको उनले बताए। ‘निजका आफन्तसँग समन्वय गरेर, प्रहरीको अभिलेखबाट हुलियासहित तीनपुस्ते निकालेर खोजतलास गरिरहेका छौं’, उनले भने।

सम्पर्कविहीन विदेशी पर्यटकको समन्वय तथा विवरण सङ्कलन पर्यटक प्रहरी परिचालन गरिएको छ।

बाढीपछि हालसम्म एक हजार ५०६ पुरुष र ७९५ महिला गरी दुई हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई नुवाकोटमा रहेको नौ वटा ‘होल्डिङ सेन्टर’मा राखिएको छ।

बाढीबाट प्रभावितलाई सुरक्षित आश्रय दिन प्रहरीले नुवाकोट र धादिङमा ‘होल्डिङ सेन्टर’ स्थापना गरेको छ। हाल धादिङको होल्डिङ सेन्टरमा कसैले पनि आश्रय लिएका छैनन्।

घाइतेको उद्धार र उपचारका लागि नेपाल प्रहरीका २२ वटा मेडिकल टिम फिल्डमा खटिएका छन्। सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारका लागि कुकुर र ड्रोनसहित प्रहरी परिचालन भएको अवस्था छ।

उपकरण नहुँदा उद्धारमा चुनौती

बाढीबाट प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारका लागि आवश्यक उपकरण नहुँदा खोज तथा उद्धारमा चुनौती थपिएको प्रहरीको विश्लेषण छ। बाढी आएको ठाउँमा अझै पनि हिलोको दलदल भएका कारण उद्धारमा समस्या भएको उद्धारकर्मीको भनाइ छ।

‘बाढीले गर्दा दलदल छ, त्यो दलदलमा हिँड्न मिल्ने खालको ‘बुट’, उच्च तौल बहन गर्नसक्ने ड्रोन, ताररहित ट्र्याकिङ उपकरण प्राप्त भएमा अझ प्रभावकारी हुन्थ्यो”, प्रवक्ता काफ्लेले भने।

पृथ्वी राजमार्ग सञ्चालन

बाढीका कारण अवरोध भएका मुख्य राजमार्गमा सवारी सञ्चालनमा ल्याइएको छ। भदौ १० गतेदेखि अवरुद्ध पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड आजदेखि सञ्चालनमा आएको छ।

विपद्को मौका छोपी चोरी, लुटपाटलगायत आपराधिक गतिविधिको रोकथाम र त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कानुनबमोजिम कारबाही गरिएको उनले जानकारी दिए।

‘महिलाको शवबाट गहना निकाल्नेदेखि बाढीले बगाएर ल्याएको बैङ्कको भल्ट चोरी गर्नेलाई कारबाही गरिएको छ’, उनले भने, ‘अप्ठयारो अवस्थामा ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ वा गलत अफवाह फैलाउने व्यक्ति पहिचान गरी कारबाही भइरहेको छ।’

विपद्को विषम् परिस्थितिमा तत्कालै खोज तथा उद्धार, स्वास्थ्य सहायता, राहत वितरण, होल्डिङ सेन्टर व्यवस्थापन, शव सङ्कलन र व्यवस्थापनमा प्रहरी सङ्गठन दिनरात खटिरहेको उनको भनाइ छ।

‘नदी किनारमा रहेका शव ड्रोनमार्फत पहिचान गर्ने, त्यसको आवश्यक कानुनी प्रक्रियाहरू पूरा गर्ने, तस्बिर/भिडियो लिने र नम्बरिङ गर्नेदेखि त्यसलाई सुरक्षितरूपमा अस्पताल पठाउने काम भइरहेका छन्’, प्रवक्ता काफ्लेले भने।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस