कर्णाली सरकारको वाचाले रित्तिए छोरीका बैंक खाता!
३२ असार २०८३
•
४ मिनेट पाठ
कर्णाली सरकारको वाचाले रित्तिए छोरीका बैंक खाता!
२०७९ चैत १ गते जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँकी सोबना थापाले छोरी जन्माइन्। सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरि’ कार्यक्रम सञ्चालन गरिरहेको खबर पाएपछि उनले छोरीको नाममा बैंक खाता खोलिन्। त्यो खाता छोरीको भविष्य सुरक्षित हुने आशाको प्रतीक थियो। तर तीन वर्ष बितिसक्दा पनि खातामा सरकारले जम्मा गर्नुपर्ने एक रुपैयाँसमेत पुगेको छैन।




नगरपालिका र वडा कार्यालय धाउँदा पनि उनलाई एउटै उत्तर मिल्छ, 'हामीलाई पनि थाहा छैन।'

यस्तै चन्दननाथ–८ की बिमला दमाईको अनुभव पनि उस्तै छ। २०८० असार २० गते उनले सदरमुकामस्थित सिद्धार्थ बैंकमा छोरी आरिया दमाईको नाममा खाता खोलिन्। वडाको सिफारिसदेखि आवश्यक कागजातसम्म जुटाउन उनले निकै दौडधुप गरिन्। तर, सरकारले रकम पठाउने वा नपठाउने कुनै निश्चित जानकारी आजसम्म पाएकी छैनन्।

'खाता खोल्न भनेको थियो, खोल्यौं। अब पैसा कहिले आउँछ भन्ने कसैले भन्न सक्दैन,' उनी भन्छिन्।

अर्की चन्दननाथ नगरपालिका–१० की सविता आचार्यको समस्या पनि उही छ। यी गुनासा जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाका मात्रै होइनन्, कर्णालीभर फैलिएका छन्। सरकारको घोषणामा विश्वास गरेर बैंक पुगेका हजारौं अभिभावक आज एउटै प्रश्न सोधिरहेका छन्, 'सरकारको वाचा आखिर कहाँ हरायो?'

चन्दननाथ नगरपालिकामा मात्रै हालसम्म ७ सय ७ छोरीका नाममा बैंक खाता खुलेका छन्। तर ३ सय १९ जनाको खातामा मात्रै रकम पुगेको छ भने ३ सय ८८ खाता अलपत्र छन्। नगरपालिकाको महिला तथा बालबालिका शाखाकी महिला विकास निरीक्षक पुष्पा थापाका अनुसार प्रदेश सरकारलाई पटक–पटक पत्राचार गरिए पनि कुनै स्पष्ट निर्देशन आएको छैन।

'कार्यविधि परिमार्जन हुन्छ भन्ने खबर मात्रै आयो, त्यसपछि केही निर्णय भएन,' उनले भनिन्।

गुठिचौर गाउँपालिका–१ की जुनदेवी थापाले २०८३ वैशाख १६ गते झारज्वालास्थित सनराइज बैंक पुगेर छोरी मनिषा थापाको नाममा खाता खोलिन्। गाउँबाट चार घण्टा उकालो–ओरालो पैदल हिँडेर बैंक पुगेकी उनी अहिले भने सरकारकै मौनताबाट निराश छिन्।

गुठिचौर–२ की जलदेवी बोहोराले २०८२ चैत १७ गते छोरीको खाता खोलिन्। तर रकम आएन। अस्मिता अधिकारीकी आमा सम्झना अधिकारी भन्छिन्, 'अरू कसैको खातामा पैसा आयो भन्ने पनि सुनिँदैन। अब यो कार्यक्रमको भविष्य के हुन्छ भन्ने चिन्ता छ। मैले पनि २०८२ असोज १५ गते खाता खोलेँ, कुनै अत्तोपत्तो छैन।'

गुठिचौर गाउँपालिकामा ४ सय २४ छोरीको खाता खुलेको छ। त्यसमध्ये १ सय ९३ जनाले मात्रै रकम पाएका छन् भने २ सय २१ खाता रोकिएका छन्।

गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापा भन्छिन्, 'प्रदेश सरकारसँग धेरै पटक समन्वय गर्यौं। तर कुनै निर्णय भएन।'

२०७६ सालमा तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७६ पुस २ गते गृह जिल्ला कालीकोटबाट शुभारम्भ गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरि’ कार्यक्रम कर्णाली सरकारका सबैभन्दा महत्वाकांक्षी सामाजिक सुरक्षा कार्यक्रममध्ये एक मानिन्थ्यो। कार्यक्रमको उद्देश्य थियो– छोरीमाथिको लैंगिक विभेद अन्त्य गर्ने, बालविवाह न्यूनीकरण गर्ने र उच्च शिक्षाका लागि आर्थिक आधार तयार गर्ने।

कार्यक्रम अनुसार २०७६ साउन १ पछि जन्मिएका प्रत्येक छोरीको खातामा पहिलो महिनामा एक हजार रुपैयाँ र त्यसपछि मासिक पाँच सय रुपैयाँ जम्मा गरिनुपर्ने व्यवस्था थियो। छोरी २० वर्ष पुग्दा खातामा १ लाख २० हजार ५ सय रुपैयाँ पुग्ने परिकल्पना गरिएको थियो। सुरुका तीन वर्ष प्रदेश सरकारले स्थानीय तहमा नियमित बजेट पठायो। तर त्यसपछि कार्यक्रम कागजमै सीमित हुन पुग्यो।

२०७६/२०७७ मा ७ करोड बजेटमध्ये ३ करोड ४८ लाख रुपैयाँ स्थानीय तहमा पठाइयो। २०७७/०७८ मा १२ करोड ६० लाखमध्ये ६ करोड र २०७८/०७९ मा १६ करोडमध्ये १३ करोड रुपैयाँ निकासा भयो। तर त्यसपछि २०७९/२०८० मा २० करोड र २०८०/०८१ मा २५ करोड रुपैयाँ विनियोजन भए पनि स्थानीय तहमा रकम पुगेन। 

२०८१/०८२ मा नीति तथा कार्यक्रममा कार्यक्रम राखिए पनि बजेट छुट्याइएन। चालु आर्थिक वर्ष २०८२/०८३ मा पाँच करोड रुपैयाँ राखिए पनि स्थानीय तहमा निकासा नभई फ्रिज हुने अवस्थामा पुगेको छ। अझ आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा यो योजना समावेश नै गरिएको छैन। यससँगै कर्णालीका झण्डै ११ हजार छोरी जोडिएको कार्यक्रम औपचारिक रूपमा अन्योलमा परेको छ।

गत वर्षको नीति तथा कार्यक्रममा कार्यक्रमलाई परिमार्जन गरेर शिक्षा, सीप, सचेतना र क्षमता विकाससँग जोडिने उल्लेख गरिएको थियो। तर परिमार्जित मोडलसमेत कार्यान्वयनमा आएन। सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत सुनिता पौडेलका अनुसार प्रदेश अन्तर्गतका ७९ वटै स्थानीय तहबाट विवरण संकलन भइसकेको छ।

आवश्यक बजेटको अनुमान पनि तयार छ। तर सरकारबाट ठोस निर्णय नआएकाले आगामी वर्ष कार्यक्रम समेट्न नसकिएको हो।

यो केवल बजेट रोकिएको मात्रै होइन, सरकारले आफ्नै प्रतिबद्धतामाथि लगाएको ताला हो। छोरी जन्मिएपछि अभिभावकलाई बैंकसम्म पुर्याउने सरकार आफैं बीच बाटोमै हरायो। हजारौं अभिभावकले सरकारमाथि विश्वास गरेर खाता खोले। कतिपयले गाउँबाट घण्टौं पैदल हिँडे, कागजात जुटाए, बैंक पुगे। तर आज ती खाता रित्तै छन्।

एकातिर प्रदेश सरकारले छोरीको भविष्य सुरक्षित गर्ने वाचा गर्यो, अर्कोतिर त्यही वाचालाई बजेटसँगै रोकिदियो। घोषणा गरेर नागरिकलाई बैंकको लाइनमा उभ्याउने, तर त्यसपछि वर्षौंसम्म मौन बस्ने शासन शैलीले राज्यप्रतिको विश्वास नै कमजोर बनाएको छ।

अब प्रश्न रकमको मात्रै होइन, सरकारको नैतिकता र जवाफदेहिताको पनि हो। हजारौं छोरीका नाममा खोलिएका रित्ता खाताले प्रत्येक दिन प्रदेश सरकारलाई एउटा असहज प्रश्न सोधिरहेका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३७ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस