ठूला चाड पर्व नजिकिएसँगै सुनसरी प्रहरीले मंगलबार साँझ दुइ जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । जिल्लामा नक्कली नोटसहित वर्षेनी विशेष गरि ठूला चाड पर्व नजिकिँदा पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।
कोशी गाउँपालिका वडा नं. ८ बाट नक्कली नोटसहित सप्तरी हनुमानगर कंकालिनी नगरपालिका वडा नं. २ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका वडा नं. १ का २५ वर्षीय राजेश चमार रजक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो। उनीहरूको साथबाट प्रहरीले एक हजार दरका ३८ वटा नक्कली नोट बरामद गरेको छ । ‘भारतबाट नेपाल भित्रयाउने क्रममा दुवै जना पक्राउ परेका हुन्,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले भने ।
सीमावर्ती नाकाबाट लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार दुई जनामध्ये पछाडि बसेका राजेशको साथबाट नक्कली नोट फेला परेको हो । नेपाली नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ। डिएसपी खतिवडाका अनुसार अनुसन्धानका क्रममा दुवै जनाले खुल्न चाहेका छैनन् । ‘यिनीहरू पेशेवर पनि हुन सक्छन्, अनुसन्धानबाट खुल्नेछ,’उनले भने, ‘कसैले प्रयोग गरेको पनि हुन सक्छ, त्यस्तो हुँदा ती व्यक्तिको पनि खोजी गरिनेछ ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अघिल्लो वर्षको भदौ पहिलो साता पनि देवानगञ्ज क्षेत्रबाट दुई जना पक्राउ परेका थिए । २०८० साल असोजको पहिलो साता १५ लाखभन्दा बढी रकमसहित नक्कली नोटको कारोबार गरेको अभियोगमा इटहरी प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।
पछिल्ला ट्रेन हेर्ने हो भने नक्कली नोट कारोबारी विशेष गरी ठूला चाड पर्व दसै–तिहार आउनुभन्दा अघिको समयमा बढी मात्रमा हुने गरेको छ । दसै–तिहारको पूर्व सन्ध्यामा सुनसरीका विभिन्न स्थानबाट नक्कली नोटको कारोबार गर्ने समूह पक्राउ परे पनि त्यसमा संलग्न अरु समूह भने प्रायः पक्राउ पर्न सकेको छैनन् ।