चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
१८ जेष्ठ २०८३
•
३ मिनेट पाठ
चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश। यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा।




पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ।

पोखरा महानगरपालिका–२५ हेम्जाबाट खानेपानी, भेडाबारी र खोलामुख हुँदै ल्वाङ गाउँ पुग्न सकिन्छ। पदयात्रा गर्नेहरूका लागि मर्दी खोलाको किनारैकिनार वनपाखा र भिर हुँदै करिब चार घण्टाको रमणीय यात्रा तय गर्न सकिन्छ।

गाउँको माथिल्लो भागमा फैलिएको करिब एक हजार २०० रोपनी क्षेत्रफलको चियाखेतीले यहाँ पुग्ने जो–कोहीलाई पहिलो नजरमै आकर्षित गर्छ। हरियाली चियाका बोटबीचबाट देखिने हिमाली दृश्य र प्राकृतिक शान्त वातावरणले आगन्तुकलाई लामो समयसम्म त्यहीँ रमाउन बाध्य बनाउँछ।

स्थानीयवासीका अनुसार ल्वाङको चियाबारीले पूर्वी नेपालको इलामको झल्को दिन्छ। तर, यहाँको चियाबारी केही विशेष पनि छ। ल्वाङमा चियाबारीसँगै अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य पनि एकैसाथ अवलोकन गर्न सकिन्छ। यही विशेषताले ल्वाङलाई अन्य ग्रामीण पर्यटन गन्तव्यभन्दा फरक पहिचान दिएको छ।

यहाँ उत्पादन हुने चिया विदेशसम्म निर्यात हुँदै आएको छ। चियाखेतीले स्थानीयलाई रोजगारी र आम्दानीको स्रोत प्रदान गरेको छ भने पर्यटकका लागि नयाँ आकर्षण थपेको छ। विशेषगरी युवापुस्ताले सामाजिक सञ्जालमा चियाबारीका तस्बिर र भिडियो सार्वजनिक गर्न थालेपछि ल्वाङको लोकप्रियता अझ बढेको स्थानीयवासी बताउँछन्।

ल्वाङको पर्यटन केवल चियाबारीमा सीमित छैन । गाउँमा पुग्ने पर्यटकले गुरुङ समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई नजिकबाट अनुभव गर्न पाउँछन्। परम्परागत घर, स्थानीय वेशभूषा, सांस्कृतिक प्रस्तुति र आत्मीय आतिथ्यले यहाँको बसाइलाई थप स्मरणीय बनाउने गरेको छ।

गाउँमा सञ्चालन भइरहेको घरबास (होमस्टे) कार्यक्रमले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। विसं २०६७ मा सात घरबाट सुरु भएको घरबास सेवा अहिले २६ घरमा विस्तार भइसकेको छ।

एकै रातमा करिब ४०० पाहुनालाई बसोबास गराउन सक्ने क्षमता रहेको घरबासमा पर्यटकीय याममा दैनिक ६०० जनासम्म पर्यटक बस्ने गरेको घरबास सञ्चालक सदस्य देवराज गुरुङले बताए।

‘यहाँ मुख्य रूपमा आन्तरिक पर्यटक आउने गर्छन्। पोखरा, तनहुँ, स्याङ्जा, बागलुङलगायत जिल्लाबाट पर्यटकको आवागमन बढी हुन्छ,’ उनले भने, ‘कोभिड–१९ पछि विदेशी पर्यटकको सङ्ख्या केही घटे पनि पोखराबाट नजिकको दूरीमा रहेकाले जुनसुकै मौसममा घुम्न आउनेको कमी छैन।’

घरबासमा बस्ने पर्यटकलाई स्थानीय जीवनशैलीसँग घुलमिल हुने अवसर प्रदान गरिन्छ। इच्छुक पाहुनालाई करेसाबारीमा लगेर खेतीपाती गर्ने तरिका सिकाइन्छ भने स्थानीय परिकार बनाउने विधि देखाइन्छ। यसले पर्यटकलाई ग्रामीण जीवनको वास्तविक अनुभव दिलाउने गरेको छ।

ल्वाङको भान्सामा पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ। गाउँमै उत्पादन हुने मकै, कोदो, जौ, गहुँ र तरकारीबाट तयार गरिएका परिकार यहाँको विशेषता हुन्। बर्खायाममा निउरो र टुसाका परिकारले विशेष स्वाद थप्छन्।

प्राकृतिक सौन्दर्यका कारण ल्वाङ चलचित्रकर्मीहरूको पनि रोजाइमा परेको छ। नेपाली चलचित्र ‘प्रसाद–२’ र ‘दुई नम्बरी’ लगायत चलचित्रको छायाङ्कन यहाँ भइसकेको छ। चलचित्रमार्फत गाउँको सुन्दरता राष्ट्रियस्तरमा थप प्रचार भएको स्थानीयवासीको भनाइ छ।

विदेशी रोजगारीका लागि गाउँ छाडेका केही युवाहरू अहिले फर्किएर पर्यटन व्यवसायमा संलग्न हुन थालेका छन्। घरबास, चियाखेती, कृषि तथा पर्यटनसँग सम्बन्धित अन्य गतिविधिबाट गाउँमै रोजगारीका अवसर सिर्जना हुन थालेपछि युवाहरूमा नयाँ आशा जागेको छ।

स्थानीयवासीका अनुसार स्तरीय सडक, पदमार्ग, खानेपानी, होटल तथा अन्य पर्यटन पूर्वाधारको थप विकास गर्न सके ल्वाङले अन्तरराष्ट्रिय स्तरको ग्रामीण पर्यटन गन्तव्यका रूपमा अझ सशक्त पहिचान बनाउन सक्छ।

हरियाली चियाबारी, हिमालको अनुपम दृश्य, गुरुङ संस्कृतिको जीवन्तता र आत्मीय आतिथ्यको सङ्गमले ल्वाङ गाउँलाई गण्डकी प्रदेशकै महत्वपूर्ण ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित गराएको छ। प्रकृतिको काखमा बसेर ग्रामीण नेपालको मौलिक स्वाद लिन चाहनेहरूका लागि ल्वाङ आज एक अविस्मरणीय गन्तव्य बनेको छ। 
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
२१ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस