बागमती प्रदेश सरकारले यस वर्ष वर्षा याममा बागमती प्रदेशभर मनसुनजन्य विपद्बाट प्रत्यक्ष रुपमा करिब ७४ हजार ९ सय १४ घरपरिवार तथा ३ लाख २७ हजार ३ सय ७६ जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ।
प्रदेश सरकारले गरेको अनुमानमा यस वर्षको मनसुनबाट प्रभावित हुने जनसङ्ख्यालाई जिल्लागत रूपमा अनुमान गर्दा चितवन, दोलखा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका सबैभन्दा धेरै जनसङ्ख्या जोखिममा पर्न सक्ने सम्भावना छ।
यी जिल्लाहरूमा विशेष सतर्कता र तत्कालीन तयारी आवश्यक देखिएको मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार यस वर्ष रामेछाप, धादिङ, नुवाकोट र ललितपुर लगायतका जिल्ला विपद्बाट मध्यम जोखिममा रहेका छन्।
ती जिल्लाहरूमा पनि पर्याप्त तयारी अपनाउन आवश्यक देखिएको मन्त्रालयको सुझाव छ। मन्त्रालयका अनुसार यस वर्ष उपत्यकाका काठमाण्डौं, भक्तपुर, ललितपुर र चितवन लगायतका जिल्लाहरूमा सहरी डुबानको समस्या देखिने गरेको छ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि यस कार्ययोजना तयार गरेको छ।
यस वर्ष बागमती प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। उक्त प्रभावित जनसंख्यामा मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्न कार्ययोजना तयार गरिएको हो।
यस वर्ष मनसुन अवधिमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ। जसका कारण यस वर्ष बागमती प्रदेशमा जनधनको क्षति हुने सम्भावना देखिएको मन्त्रालयले जनाएको छ।
मनसुनजन्य विपद्मा पूर्व तयारी तथा प्रतिकार्यसँग सम्बन्धित कार्य प्रभावकारी ढङ्गबाट सम्पादन गर्न यस वर्ष विपद् पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिएको मन्त्रालयको भनाइ छ।
वि.सं. २०७२ देखि २०८१ सम्मको मनसुन अवधिका बागमती प्रदेशका प्रकोपजन्य घटनाहरू हेर्दा पहिरो, चट्याङ्ग, बाढी र भारी वर्षाजस्ता जलवायुजन्य प्रकोपहरूबाट क्षति भएको देखिन्छ।
मन्त्रालयका अनुसार विपद्बाट कुल १,३८७ प्रकोप घटना भएका छन, जसबाट ३९८ जनाको मृत्यु, १४२ जना बेपत्ता र ७४० जना घाइते भएका छन्।
यी घटनाहरूले ३,३०७ परिवारलाई प्रत्यक्ष रूपमा असर गरेका छन्। यसको साथै विपद्बाट २,३२० घरहरू क्षतिग्रस्त भएका छन्।
विशेष गरी पहिरोले मात्र २४५ जनाको ज्यान लिएको छ र ९७ जना बेपत्ता भएका छन्। उपत्यकामा धेरैजसो वर्षा ८० प्रतिशतभन्दा बढी मध्य जुनदेखि मध्य सेप्टेम्बर सम्मको तीन महिनाभित्र पर्छ।