जुम्लाका दुर्गम गाउँमा पाठेघर जाँच शिविर : १७१ महिलाले पाए घरआँगनमै सेवा
११ वैशाख २०८३
•
४ मिनेट पाठ
जुम्लाका दुर्गम गाउँमा पाठेघर जाँच शिविर : १७१ महिलाले पाए घरआँगनमै सेवा
जुम्लाको हिमा गाउँपालिका-४ सिम्तली गाउँकी ४७ वर्षीया नन्दरुपा बुढाको आङ खस्ने समस्या भएको ९ वर्षभन्दा बढी भइसक्यो। गाउँमा विशेषज्ञ शिविर आएपछि बल्ल उनले उपचार गराइन्।




बच्चा जन्माएपछि भारी बोक्ने, गह्रौं काम गर्ने, ठूला गाग्रीमा पानी बोक्ने गर्दा तल्लो पेट दुख्न थालेको उनले सुनाइन्। दुर्गम गाउँ, विशेषज्ञ तथा दक्ष चिकित्सकको अभाव, उपचारका लागि रकम अभाव र यातायात असुविधाले वर्षौंदेखी रोगका विषयमा कसैलाई नभनेकी हुन्। ‘धेरै वर्ष भयो तल्लो पेट दुख्ने समस्या भएको,’ उनले भनिन्, ‘अहिलेसम्म गाउँमा यस्ता शिविर नै आएका थिएनन्। दुई वर्षअघि जिल्ला बाहिर गएर देखाएको हो, तर जाँच गरेर पनि औषधि खाएर निको भएन।’

हिमा-३ की ५७ वर्षीया पुम्फा रोकाया ६ वर्षदेखि तल्लो पेट दुख्ने समस्याले पीडित थिइन्। गाउँमै उपचार नहुँदा रोग लुकाएर बस्नु परेको उनले सुनाइन्। उनले पनि शिविरमै उपचार गराइन्। ‘गाउँमा यस्ता शिविर आएकै थिएनन्,’ उनले भनिन्, ‘महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ रोगका विषयमा डाक्टर आउने थाहा पाएर आएकी हुँ।’ यस्तै महिला बेला र भदुरी बुढाले पनि पाठेघर चेकजाँच आँगनमै गर्न पाउँदा खुसी लागेको बताए।

हिमा गाउँपालिकाको सहयोग तथा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्राविधिक सहयोगमा दक्ष चिकित्सकसहित गाउँमै राखिएको महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ शिविरमा बुढा र रोकायाले उपचार पाएका हुन्। धेरै वर्षपछि गाउँमै उपचार पाएकामा दुवै जना खुसी भए। पाठेघरको समस्याको जाँच गराउन पाएको नन्दरुपाले बताइन्। ‘बच्चा पाउँदा धेरै ख्याल गरिएन,’ उनले भनिन्, ‘गाउँमा उपचार पाउन समस्या छ। तैपनि, स्वास्थ्य चौकी र जिल्ला बाहिर अस्पताल पुगेर धेरै औषधि खाएको हो। अहिलेसम्म यसको सही उपचार पाउन सकेकी थिइनँ। उपचार सफल भयो भने धेरै खुसी मान्नेछु।’

हिमा गाउँपालिकाले दुईवटा स्वास्थ्य चौकीमा सञ्चालन गरेको महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ शिविरबाट १७१ जना महिलाले सेवा लिए। पहिलो दिन बड्की स्वास्थ्य चौकीमा ९४ जना र प्राथमिक स्वास्थ्य केन्द्र तलिकुडुमा ७७ जना गरी कुल १७१ जनाको पाठेघरको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

हिमा गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेब छैटौँ शुक्रराज शाहीका अनुसार बड्कीमा जाँच गराएकामध्ये सबैको अवस्था सामान्य देखिएको छ भने तलिकुडुमा एक जनामा शंकास्पद अवस्था देखिएको छ। दुर्गमका अधिकांश महिलामा तल्लो पेट दुख्ने, पाठेघर खस्ने समस्याले लामो समयदेखि पीडित भएर बस्नु परेको स्वास्थ्य संयोजक रतनबहादुर रावत बताउँछन्।

स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाका ७ वटै वडाका महिलालाई सेवा दिने गरी दुई स्थानमा दुई दिने शिविर सञ्चालन गरिएको हो। १ वडादेखि ३ सम्मका लागि बड्की स्वास्थ्य चौकी र ४ देखि ७ वडासम्मका लागि आधारभूत स्वास्थ्य केन्द्र तलिकुडुमा शिविर सञ्चालन गरिएको हो। ‘१६/१७ वर्षमै विवाह गर्ने र २० वर्षभित्र दुई/तीनवटा बच्चा पाउने समस्या छ,’ रावतले भने, ‘त्यस्ताका लागि यस्ता विशेषज्ञ शिविरले धेरै फाइदा पुगेको छ। स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने मान्यताले नै महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ शिविर दुई ठाउँमा राखेको हो।’

शिविरमा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको परीक्षणसँगै औषधि वितरण र स्वास्थ्यकर्मीमार्फत परामर्श सेवा पनि प्रदान गरिएको थियो। गाउँटोलमै पुगेर सेवा दिँदा महिलाले लुकाएर राखेका रोग बताउन सकेको र पहिचान भएर औषधि उपचार गर्न पाएको शाहीले बताए। पाठेघरको मुखको क्यान्सर परीक्षण, पाठेघर खसेकामा रिङ प्रेसरी राख्ने, महिलाको सेतो पानी बग्ने तथा यौन रोग समस्याको उपचार, परिवार नियोजनका साधनबारे जानकारी लगायतका सुविधा उनीहरूले पाएका हुन्। शिविरमा स्त्रीरोग विशेषज्ञ डा. सागर कोइरालाले परीक्षण तथा उपचार गरेका थिए।

स्वास्थ्य संस्थासम्म पुगेर रोगको जाँच नगराउँदा अकालमा ज्यानैसम्म जाने समस्या देखिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए। नेपालमा प्रत्येक वर्ष करिब दुई हजारदेखि २५ सय महिलामा पाठेघरको मुखको क्यान्सर देखिने र करिब १३ सयदेखि १५ सय महिलाको सोही रोगका कारण मृत्यु हुने तथ्यांक छ।

गाउँका महिलालाई स्थानीयस्तरमै परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले टाढा-टाढाका बस्तीका महिलाहरू शिविरमा सहभागी भएका थिए। अध्यक्ष शाहीले नागरिकको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग गर्नु सरकारको दायित्व भएको बताए। उनका अनुसार गाउँपालिकाले विभिन्न साझेदार संस्थासँग सहकार्य गरी विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। हालसम्म १२ वटा स्वास्थ्य शिविर सम्पन्न भइसकेका छन्।

दुर्गम बस्तीका महिलाहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको थियो। उनले महिलाहरूको स्वास्थ्यप्रति अझै खुलेर सेवा लिन नमान्ने प्रवृत्ति रहेको पनि उल्लेख गरे। शिविरमा सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको सहयोग थियो। वृद्ध महिला र महिनावारी बन्द भएका मात्र होइन, २५ देखि ३० वर्षकालाई पनि पाठेघर खस्ने समस्या देखिएको छ। महिलाले रोग लुकाएर बस्ने, परीक्षण गर्न लाज मान्ने, अप्रेसन गर्न डराउने र रिङ प्रेसरी राख्न पनि झन्झट मान्ने गरेको पाइएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस