भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
२१ भदौ २०८३
•
७ मिनेट पाठ
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो।




भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण भएको प्रारम्भिक जानकारी दिएका थिए। यसमा थप अनुसन्धान जारी छ।

भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको थियो।

भोटेकोशी बाढीको विपद्मा परी हालसम्म करिब पाँच हजार जना अझै बेपत्ता रहेका भने त्यसमा ३५ देशका करिब ६०० जना विदेशी नागरिक छन्।

प्रभावित क्षेत्रबाट शनिबारसम्म एक हजार ३४४ वटा शव बरामद गरिएका छन्।

यस विपद्को द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनअन्तर्गत गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब १५ हजार घरपरिवारका ६० हजार नागरिक विस्थापित भएका नेपाल सरकारले जनाएको छ।

यसैगरी, ४८ सरकारी कार्यालय प्रभावित भएका, ५५ किलोमिटर सडक, ३७ वटा मोटर चल्ने पुल तथा ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको सरकारको भनाइ छ।

त्यस्तै, करिब एक हजार ८०६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा आयोजना तथा दुई वटा प्रसारण लाइनमा पनि क्षति पुगेको छ।

उक्त मूल्याङ्कनअनुसार ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको छ।

प्रारम्भिक मूल्याङ्कनअनुसार आर्थिक हानि तथा नोक्सानी चारदेखि पाँच अर्ब अमेरिकी डलर बराबर रहेको अनुमान छ।

गैर–आर्थिक हानि तथा नोक्सानीको अझै गणना हुन बाँकी छ, तर यो आर्थिक हानिको दुईदेखि तीनगुणासम्म हुनसक्ने अनुमान छ।

जलवायुका असरले हिमालमा परिवर्तनको क्रम तीव्र

वैज्ञानिकहरूले हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउँको अवस्था, पर्माफ्रस्ट (स्थायी रूपमा जमेको भू–सतह) तथा हिमाली भिरालो भूभागमा परिवर्तन भइरहेको बताएका छन्।

इसिमोडका वरिष्ठ ‘क्रायोस्फियर विशेषज्ञ’ (हिमनदी, हिउँको अवस्था, जलवायु परिवर्तनको प्रभाव र हिमताल फुट्ने जस्ता जोखिमको अध्ययन गर्ने वैज्ञानिक) मोहम्मद फारुक आजमले क्रायोस्फियरसँग सम्बन्धित जोखिमको बढ्दो आवृत्ति पहिलेभन्दा स्पष्ट रूपमा देखिन थालेको बताए।

अतिकम विकसित मुलुकहरूको समूह (एलडिसिज)ले नेपालको विपद्प्रति ऐक्यबद्धता जनाउँदै बढ्दो जलवायु संकटप्रति चिन्ता व्यक्त गरेको छ।

टिमोर–लेस्तेको डिलीमा हालै आयोजित एलडिसिजको मन्त्रिस्तरीय बैठकले अनुकूलन तथा हानि र क्षति सम्बोधन, प्रविधि विकास तथा हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा सहयोग उपलब्ध गराउने कार्यमा अझै महत्वपूर्ण खाडलहरू रहेको जनाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उक्त बैठकमा बिहिबार भोटेकोशी बाढी विपद्बारेमा जानकारी गराउँदै नेपालजस्ता अति कम विकसित मुलुकहरूको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान भए पनि प्रभाव भने सबैभन्दा बढी भोग्नु परेको उल्लेख गरेकी थिइन्।

‘हाम्रो जनताले यस्तो सङ्कटको असहनीय मूल्य चुकाइरहेका छन्। यही नै जलवायु परिवर्तनको केन्द्रमा रहेको गहिरो अन्याय हो। त्यसैले नेपाल जलवायु न्यायका लागि एलडिसिज समूहलाई एकताबद्ध र स्पष्ट आवाजका साथ उभिन आह्वान गर्दछ’, उनले भनिन्।

मन्त्री चौधरीले जलवायुजन्य हानि तथा नोक्सानीका लागि स्थापना गरिएको कोष पूर्णरूपमा सञ्चालनमा आउनुपर्ने र जलवायुजन्य विपद्को सामना गरिरहेका देशहरूका लागि पहुँचयोग्य र प्रभावकारी हुनुपर्नेमा जोड दिएबी थिइन्।

‘भोटेकोशी विपद्लाई द्रुत प्रतिक्रिया सहयोगका लागि विचार गरिनुपर्छ, जसले उक्त कोषले कसरी छिटो, प्रत्यक्ष र प्रभावकारी रूपमा प्रतिक्रिया दिन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नेछ’, उनले भनिन्।

हानिनोक्सानी कोषमा २.८ अर्ब डलरका वित्तीय अनुरोध

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले कोप–३१ ले हानि तथा नोक्सानी प्रतिक्रिया कोष (एफआरएलडी) को प्रारम्भिक चरणअन्तर्गतको ‘बार्बाडोस कार्यान्वयन व्यवस्था’ (बिआइएम) का लागि अन्तर्राष्ट्रिय निकायले उपलब्ध स्रोतमा वृद्धि गरी मागअनुरूप स्रोत सुनिश्चित गर्नुपर्ने विषयमा स्पष्ट र बलियो सन्देश दिनुपर्ने बताए।

उनका अनुसार बिआइएमअन्तर्गत कोषमा हाल कुल ३४२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय स्रोत रहेको छ। तर उपलब्ध स्रोतको तुलनामा माग निकै बढी छ।

हाल ११९ देशले कुल २.८ अर्ब अमेरिकी डलर बराबरका १७६ वटा वित्तीय सहयोगका अनुरोध पेश गरेका छन्।

तीमध्ये ४१ वटा नेपालसहित अति कम विकसित मुलुक (एलडिसी)ले मात्र ७२ वटा अनुरोध पेश गरेका छन्, जसको कुल रकम एक अर्ब अमेरिकी डलरभन्दा केही बढी रहेको सहसचिव डा ढकालले उल्लेख गरे।

त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहले यो विपद् हाम्रा लागि निकै पीडादायी भएको र हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्नुपरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले नेपालले विश्वलाई लामो समयदेखि जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको बारेमा वकालत गरिरहेको भएपनि विगतदेखि नै जुन डर थियो त्यो यथार्थमा भोटेकोशी नदीमा भीषण बाढी बनेर आएको उल्लेख गरे। नेपालले यसको जवाफ विश्व समुदायसँग खोज्नुपर्ने उनको भनाई छ।

उनले भनेका छन्, ‘जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ। हिउँ चट्टान किन खस्यो ? यति धेरै पानी कसरी आयो ? भन्ने प्रश्नको जवाफ मानव सभ्यतालाई जवाफ दिनैपर्छ।’

 बढ्दो तापक्रमका कारण भोटेकोशी विपत्ति

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका नभएको तथा जलवायु परिवर्तन विश्वव्यापी योगदान भएको र विपद्प्रतिको कार्य पनि विश्वव्यापी जिम्मेवारी रहने उल्लेख गरेका छन्।

त्यस्तै, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य अतिकम विकसित मुलुक तथा हिमाली देशहरूको अस्तित्व र विकासको भविष्यका लागि महत्वपूर्ण रहेको छ।

यसमा दशौँ वर्षदेखि जीवाश्म इन्धनमा आधारित आर्थिक वृद्धिबाट सबैभन्दा बढी लाभ लिएका र कार्य गर्न सबैभन्दा बढी क्षमता भएका देशहरूले विशेष जिम्मेवारी वहन गर्नुपर्छ।

जलवायु विज्ञ डा विमल रेग्मीले कार्बन बढी उत्सर्जन गर्ने धनी र विकसित राष्ट्रहरुले अन्तर्राष्ट्रिय महासन्धिअन्तर्गत नेपालजस्ता अल्पविकसित राष्ट्रहरुमा जलवायु परिवर्तनले पारेको असरलाई उचित सम्बोधन गर्न वित्तीय र प्राविधिक सहायता तत्काल उपलब्ध गराउनुपर्नेमा जोड दिए।

‘हानि तथा नोक्सानीलगायत जलवायु वित्तसम्बन्धी कोषले जलवायुजन्य हानि नोक्सानीका लागि तत्काल रुपमा केही राहतको प्याकेज उपलब्ध गराउनुपर्छ। विश्वव्यापी तापक्रम वृद्धिबाट हिमालमा हिउँ र हिमनदी पग्लिनेक्रम बढेको र त्यसैको कारणबाट अहिले भएको भोटेकोशी बाढीबाट जे–जति क्षति भयो, त्यो जलवायु परिवर्तनको मुख्य कारण हो’, उनले भने, ‘विश्वलाई हामीले प्रष्ट तथ्यांक प्रमाण पेश गर्नुपर्ने हुन्छ। त्यो हामीसँग छ। त्यसको आधारमा विनाशर्त अनुदान सहयोगको पैरवी गर्नुपर्छ।’

अहिले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री शाहले सहभागिता जनाई जलवायु न्यायका लागि वकालत गर्ने विषयका सन्दर्भमा उहाँले उच्चस्तरीय सहभागिताले दबाब सिर्जना गर्ने विषय प्रभावकारी हुने बताए।

‘हिमाली क्षेत्रमा देखिएको यस्तो सङ्कट जलवायु परिर्वतनका कारणबाट भएको हो भन्ने हामीसँग यथेष्ठ प्रमाण छन्। हिमाली क्षेत्रमा तापक्रम वृद्धि भएको त्यो प्रष्ट छ। हिमालमा १.८ डिग्री तापक्रम वृद्धि भइसकेको छ’, उनले भने, ‘तापक्रम वृद्धिका कारणले गर्दा त्यो ‘ग्लेसियर मेल्टिङ’ भएको र ग्लेसियरसँगै ‘रक फल’ भइ ‘ल्यान्डसलाइट’ भएको देखिन्छ। तसर्थ तापक्रम वृद्धिले यो विपद् भएको प्रमाणित भइसकेको छ।’

जलवायु वित्तसम्बन्धी कोषबाट यस्ता घटनाका लागि सहयोग जुटाउन अन्तर्राष्ट्रिय सङ्घसंस्था र निकाय नै सक्रिय हुनुपर्ने र यस्ता कोषका प्रक्रियालाई सरलीकरण र पहुँचयोग्य बनाउनुपर्नेमा जलवायु विज्ञ डा रेग्मीले जोड दिए।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस