बाढीले झस्किएको सशस्त्र: उद्धार टोली छ, हेलिकोप्टर छैन
०१ असोज २०८३
•
५ मिनेट पाठ
बाढीले झस्किएको सशस्त्र: उद्धार टोली छ, हेलिकोप्टर छैन
भदौ १० गते बिहान भोटेकोसीमा बाढी आएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल रसुवाका प्रमुख डिएसपी प्रदीप राईले टिमुरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गरे तर कसैलाई फोन लागेन।  बाढीको आवाज धुन्चेसम्म सुनिएको थियो।  त्यसभन्दा माथि रहेका आफ्ना सहकर्मीको अवस्था कस्तो छ भन्ने सूचना लिन नपाउँदै जिल्लाभरि सञ्चार सम्पर्क विच्छेद भयो।  




टिमुरे, स्याफ्रुबेंसी तथा विभिन्न जलविद्युत् आयोजनामा खटिएका कसैलाई पनि सम्पर्कमा ल्याउन नसकेपछि डिएसपी राई आफैं स्याफ्रुबेंसीतिर हानिए। १३४ जनाको फौज लिएर गए पनि १२ घुम्तीबाट अगाडि बढ्न असम्भव भयो। किनकि त्यहाँ बाढीले सबै संरचना तहसनहस बनाइसकेको थियो। ‘हामी त पुरै ब्ल्याक आउट नै भयौं।  रसुवागढीदेखि माथिका सबै संरचना तहसनहस भएका थिए। सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मात्रै बाँकी बस्यो। त्यही बिओपीमा भएका नौ जनालाई बाढीले बगायो भने बाँकी १५ जना तत्काल उद्धार र खोजीमा जुटेका थिए।

भदौ १० को घटनाले सशस्त्र प्रहरी बललाई नराम्रोसँग झस्काएको छ। विपद् उद्धारका लागि विशिष्टीकृत रूपमा रहेको सशस्त्र प्रहरीसँग हेलिकोप्टर भइदिएको भए टिमुरेमा फसेका आफ्ना १५ जनाको अवस्था बुझ्न मात्रै होइन, उद्धारका लागि तत्काल धुन्चेबाट थप सुरक्षा फौज पठाउन सकिन्थ्यो। टिमुरेमा अहिले कुनै पनि सरकारी संरचना बाँकी छैन। सडक सञ्जालबाट पूर्ण रूपमा टुटे पनि सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र शव संकलन गर्न छाडेको छैन ।  बाढी जाँदा त्यहाँ खटिएको टोलीलाई सदरमुकाम ल्याई नयाँ टोली परिचालन गरिएको छ।

बाढीपछि डिएसपी राई टिमुरेमा सात दिन बसेका थिए।  ‘कुनै संरचना बाँकी छैन। हराइरहेकाको खोजी गरिदिन आफन्तहरू आग्रह गरिरहनुहुन्छ। जताततै शव मात्रै देखिन्छन्। पुरिएका स्थानबाट शव संकलनदेखि आफन्तहरूले भनेअनुसार बेपत्ताको खोजीका लागि अहिले पनि खटिँदै आएका छौं,’ उनले भने, ‘त्यहाँ कोही छैन भनेर हामीले आफ्नो दायित्व छोड्न मिल्दैन।’

सशस्त्र प्रहरी बल विपद् उद्धारका लागि विशिष्टीकृत सुरक्षा फौज भए पनि हेलिकोप्टर नभएकै कारण खोजीमा परिचालन हुन सकेन। रसुवाका अधिकांश स्थानमा सडक सञ्जाल ध्वस्त छ।  सशस्त्रले उद्धारकै लागि गोताखोर, भग्नावशेष हटाउन सक्ने विशेष तालिमप्राप्त जनशक्ति र हिमाली क्षेत्रमा उद्धार गर्न सक्ने जनशक्ति तयार पारेर राखेको र आफ्नै हेलिकोप्टर नभएपछि सडकबाटै त्रिशूली हुँदै उनीहरूलाई रसुवा लानुपरेको सशस्त्रकै एक अधिकृतले बताए।

विपद् व्यवस्थापन तालिम प्राप्त ७५ जना, भग्नावषेश हटाउन सक्ने विशेष तालिम लिएका १५ जना, पर्वतीय उद्धार गर्न सक्ने १८ जना र उच्च हिमाली क्षेत्रको उद्धार तालिम लिएका सात जना रसुवा पुगे पनि उद्धारमा उनीहरूलाई पूर्ण रूपमा परिचालन गर्न नसकिएको डिएसपी राईले जानकारी दिए। ‘आफैं खटिन सडक सञ्जाल ध्वस्त छ, हामीसँग हेलिकोप्टर छैन,’ उनले भने, ‘त्यति धेरै दिन खोंचमा फसेकाको खोजी र उद्धारका लागि हाम्रो रेस्क्यु टोली परिचालन गर्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ तर त्यसो गर्न सकिएन।’

आफ्नै सुरक्षाप्रति झस्किएको सशस्त्र

भोटेकोसी बाढीमा तीन वटै सुरक्षा संयन्त्रले निकै ठुलो मिहिनेत गरिरहेका छन् तर यसले सबैभन्दा बढी सशस्त्र प्रहरी बललाई झस्काएको छ।  दैनिक २० वटा सम्म हेलिकोप्टर परिचालन गरेको सरकारले उद्धारका लागि सशस्त्रका लागि एउटा पनि हेलिकोप्टर दिएन। उद्धार गर्न सक्ने सबैभन्दा दक्ष जनशक्ति भएको भनेर भूकम्प र अन्य विपद्मा प्रमाणित गरिसके पनि गृह मन्त्रालयमातहत रहने सशस्त्रलाई रसुवा बाढीको चार दिनपछि मात्रै निश्चित हेलिकोप्टर दिइयो, त्यो पनि उद्धारका लागि नभई राहत वितरणका लागि मात्रै भनियो। गृहमन्त्री सुदन गुरुङ त्रिशूली र रसुवा गएपछि मात्रै सशस्त्रले हेलिकोप्टर पाएको थियो। प्राप्त हेलिकोप्टर पनि राहतका लागि मात्रै तोकिएपछि उद्धार भनेर परिचालन हुन नसकिएको बताइएको छ।

गृहमन्त्रालयकै एक सहसचिवको बुझाइमा राहतमा नेपालका प्रहरीका लागि हेलिकोप्टर दिएर गोताखोरसहित विपद्को उच्च तालिम प्राप्त सशस्त्रलाई छुट्टै हेलिकोप्टर दिई उद्धारमै परिचालन गर्नुपर्थ्याे। चीनतर्फको सीमा सुरक्षाका लागि उच्च हिमाली क्षेत्रमा खटिँदै आएको सशस्त्र प्रहरी बललाई रसुवाको बाढीले आफ्नै सुरक्षाकर्मीको सुरक्षाप्रति चिन्ता बढाएको छ।  ‘चीनतर्फ ११ वटा सीमा सुरक्षा पोस्ट स्थापना भइसकेका छन्। ती सबै उच्च हिमाली क्षेत्रमा छन्। जलवायु परिवर्तनले हिमाली क्षेत्र कति जोखिममा छ भन्ने त देखियो,’ सशस्त्रकै एक एआइजीले भने, ‘तर हिमालमै बसेर सीमा सुरक्षा गरिरहेको फौजलाई अप्ठेरो पर्दा तत्काल उडाउन एउटा हेलिकोप्टरसमेत छैन।  यसलाई सरकारले बुझिदिनुपर्छ।’

सशस्त्र प्रहरी बलसँग विपद् व्यवस्थापनका लागि विशेष तालिम पाएका जनशक्ति ३२ सयभन्दा बढी छन्।  सशस्त्रले उच्च हिमाली र पर्वतीय उद्धारका लागि मनाङमा तालिम केन्द्र नै स्थापना गरेर दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।  सशस्त्रसँग भग्नावशेष भएका ठुला संरचनाबाट उद्धार गर्न सक्ने ४०० भन्दा बढी र उच्च हिमाली तथा पहरामा उद्धारका लागि रोप रेस्क्युसहित ५०० भन्दा बढी उच्च तालिम प्राप्त जनशक्ति छन्।

सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराम केसी भने सशस्त्रलाई हेलिकोप्टर दिएर मात्रै नहुने बताउँछन्।  ‘सशस्त्रले हेलिकोप्टर लिएर त्यसका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन, हवाई अड्डादेखि आवश्यक खर्चको व्यवस्थान हुन सकेन भने के अर्थ ?’ पूर्वमहानिरीक्षक केसीले भने, ‘देखाउन मात्रै दिएर हुँदैन। सरकारले सेनासँगै जोडिएर काम गर्न सक्ने गरी सशस्त्रको काममा मात्रै प्रयोग गर्न भने हेलिकप्टर दिँदा हुन्छ। छुट्टै दिएर पाल्नै गाह्रो हुन्छ।’

विपद् उद्धार र सीमा सुरक्षामा खटिने संगठनलाई उच्च हिमाली क्षेत्रमा रासन र जनशक्ति लैजान र उद्धार गर्न पनि सजिलो हुने र द्वन्द्व हुँदा सेनामातहत नै बसेर काम गर्न मापदण्ड बनाएर नेपाली सेनासँगै काम गर्ने गरी सशस्त्रका लागि हेलिकोप्टर दिँदा उपयुक्त हुने केसीको सुझाव छ।  
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस