किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन
३० भदौ २०८३
•
४ मिनेट पाठ
किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन
जुम्लामा उत्पादन भएको स्याउ लामो समयदेखि भारतीय र चिनियाँ कार्टुनमा प्याक भएर देशका विभिन्न बजारमा पुग्दै आएको थियो। उत्पादन जुम्लाको भए पनि कार्टुनमा जुम्लाको नाम र पहिचान नहुँदा बजारमा पुग्दा स्थानीय स्याउको ब्रान्ड कमजोर देखिन्थ्यो। अब भने जुम्ली स्याउले आफ्नै कार्टुन पाउन थालेको छ।




प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जुम्लाले किसानलाई ५० प्रतिशत अनुदानमा ‘जुम्ली स्याउ’ लेखिएको कार्टुन वितरण थालेको हो।

स्याउको प्याकेजिङ, लेबलिङ तथा पोस्ट हार्भेष्ट क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट कार्टुन खरिद गरिएको हो।

स्याउ सुपर जोनले ९ हजार ७ सय ४३ वटा कार्टुन जुम्ला ल्याएको थियो। कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत खेमराज शाहीका अनुसार जुम्ली स्याउको छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले आफ्नै नाम अंकित कार्टुन वितरण गरिएको हो।

‘बाह्य कार्टुनमा स्याउ पठाउँदा जुम्ली स्याउको पहिचान र गुणस्तरमा समस्या आउन सक्ने अवस्था थियो। आफ्नै नाम भएको कार्टुनले जुम्ली स्याउको पहिचान बनाउन सहयोग गर्छ,’ शाहीले भने।

परियोजनाका सूचना अधिकारी पदमराज कार्कीका अनुसार हालसम्म २६ जना किसानलाई ९ हजार ७ सय ४३ कार्टुन वितरण भइसकेको छ। प्रति कार्टुनको मूल्य एक सय रुपैयाँ पर्छ।

किसानले भने ५० प्रतिशत अनुदानपछि ५० रुपैयाँमा कार्टुन पाएका छन्। कृषक समूह, सहकारी, कृषि उद्यमी तथा स्याउ व्यापारीलाई समेत कार्टुन उपलब्ध गराइएको छ।

किसानले न्यूनतम तीन सयदेखि ६ सयभन्दा बढी कार्टुनसम्म लगेका छन्। एउटा कार्टुनमा १० देखि १२ किलोसम्म स्याउ अट्नेछ। 

व्यवस्थित प्याकेजिङले ढुवानीका क्रममा हुने क्षति घटाउने र बजारमा जुम्ली स्याउलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गर्न सहयोग पुग्ने परियोजनाको अपेक्षा छ।

जुम्लाको पातारासी गाउँपालिका–७ स्थित संयुक्त कृषि तथा पशुपालन फर्मकी लक्ष्मी रोकायाले पाँच सय कार्टुन लिएकी छन्। आफ्नै उत्पादन आफ्नै नाम लेखिएको कार्टुनमा बजार पठाउन पाउँदा उनी उत्साहित छन्।

‘जुम्ली स्याउको आफ्नै कार्टुन हुनु किसानका लागि खुसीको कुरा हो। अब हाम्रो उत्पादन बजारमा जुम्ली स्याउ भनेर चिनिन सहयोग पुग्छ,’ रोकायाले भनिन्।

कार्टुन लिन किसानले अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि तथा उद्योग दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।

१० रुपैयाँको टिकट टाँसेको निवेदनमा कार्टुनको माग संख्या खुलाउनुपर्ने व्यवस्था छ। परियोजनाका अनुसार हिमा, तिला, तातोपानी, चन्दननाथ नगरपालिका, कनकासुन्दरी र पातारासीका किसानले कार्टुन लिएका छन्।

कार्टुन खरिदमा ९ लाख ७४ हजार ३ सय रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। त्यसको ५० प्रतिशत अर्थात् ४ लाख ८७ हजार १ सय ५० रुपैयाँ अनुदान सरकारले व्यहोरेको छ। जुम्लामा स्याउको प्याकेजिङ सुधारका लागि कृषि विकास कार्यालयले पनि अनुदानमा कार्टुन वितरण गरिरहेको छ।

कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार अहिलेसम्म ८ हजार कार्टुन वितरण भइसकेको छ। कार्यालयका अनुसार १३ हजार कार्टुन जुम्ला पुगिसकेको छ भने थप १२ हजार कार्टुन बाटोमा छन्। ती कार्टुन केही दिनभित्र जुम्ला आइपुग्नेछन्।

‘हामीले २५ हजार कार्टुन ल्याउने हो। १३ हजार जुम्ला आइसकेको छ, १२ हजार बाटोमा छ,’ धामीले भने। स्याउ उत्पादन र बजार विस्तारसँगै जुम्लामा प्याकेजिङ, लेबलिङ र ब्रान्डिङको समस्या लामो समयदेखि देखिँदै आएको थियो।

जुम्लामै उत्पादन भएको स्याउ अन्यत्रका कार्टुनमा बजार पुग्दा उत्पादनको भौगोलिक पहिचान ओझेलमा पर्ने गरेको किसान बताउँछन्।

सरकारी निकायले अनुदानमा ‘जुम्ली स्याउ’ लेखिएको कार्टुन उपलब्ध गराउन थालेसँगै अब स्याउको उत्पादनसँगै त्यसको पहिचान पनि बजारसम्म पुग्ने अपेक्षा गरिएको छ।

यता जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लाका २४ हजार ४ सय ३८ घरधुरीमध्ये १९ हजार १ सय ५० घरधुरी व्यावसायिक स्याउखेतीमा संलग्न छन्। स्याउको बिक्री, वितरण र व्यापारमा ६ सय ३ कृषक प्रत्यक्ष रूपमा आबद्ध छन्।

जिल्लाभर ४ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। तथ्यांकले जुम्लामा स्याउ खेतीको क्षेत्रफल निरन्तर बढिरहेको देखाउँछ।

गत वर्ष ४ हजार ३ सय ७७ हेक्टरमा रहेको खेती यस वर्ष बढेर ४ हजार ४ सय ९७ हेक्टर पुगेको छ। फल लागेको क्षेत्र पनि २ हजार ३९ हेक्टरबाट बढेर २ हजार १ सय ६५ हेक्टर पुगेको छ।

जुम्लाका आठ वटै स्थानीय तहका ६० वडामा स्याउ खेती भइरहेको छ। जुम्लाले चालु आर्थिक वर्ष २०८३/०८४ मा ७० करोड बराबरको स्याउ निर्यात गर्ने लक्ष्य राखेको छ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा जुम्लाले ४१ करोड २० लाख ८९ हजार बराबरको स्याउ निर्यात गरेको थियो।

गत वर्ष १८ हजार २ सय ४५ मेट्रिक टन अर्थात् एक लाख ८२ हजार ४ सय ५० क्विन्टल स्याउ उत्पादन हुँदा जुम्लाले ५५ हजार ९ सय १० क्विन्टल मात्र स्याउ निर्यात गरेको प्रमुख रामभक्त अधिकारी बताउँछन्।

क्षेत्रफलका हिसाबले गत आर्थिक वर्ष २०८२/०८३ मा चार हजार ४ सय ९७ हेक्टर मध्ये अहिले १ सय ७ दशमलव ५३ हेक्टर जमिन थप भई चार हजार ६ सय ४ दशमलव ५३ हेक्टर क्षेत्रफलमा स्याउ फलिरहेको उनको भनाई छ। 
अर्को समाचार
जुम्लामा ५० प्रतिशत अनुदानमा स्याउ कार्टुन वितरण
१३ भदौ २०८२
•
२ मिनेट पाठ
जुम्लामा ५० प्रतिशत अनुदानमा स्याउ कार्टुन वितरण
जुम्लाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन वितरण गर्न लागिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन ईकाइ जुम्लाले वितरण गरिरहेको छ।




कार्यालय प्रमुख सन्तोषकुमार चौधरीका अनुसार मंगलबारदेखि स्याउका कार्टुन बाड्न थालिएको हो। चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार प्याकेजिङ लेवलिङ तथा पोष्ट हार्भेष्ट क्षति न्यूनीकरण कार्यक्रम अन्तर्गत स्याउ कार्टुन उपलब्ध गराइएको हो।

यता कार्यन्वयन ईकाइ जुम्लाका सूचना अधिकारी पदमराज कार्कीका अनुसार ११ हजार कार्टुन भित्र्याइएको छ। अहिलेसम्म ११ जना स्याउ किसानलाई ७ हजार ९ सय ४० कार्टुन वितरण गरिएको छ। सरकारको सानो सहयोगले किसानलाई स्याउ सुरक्षित राख्न र निर्यात गर्न सजिलो हुनेछ। कोटेशन खरिद प्रक्रियाबाट कार्टुन ल्याइएको हो। चार लाख ९५ हजार रुपैयाँ कार्यालय र ५० प्रतिशत किसान गरि कुल ९ लाख ९० हजार रुपैयाँ बजेट हो। कृषक समूह, सहकारी, कृषि उद्यमी तथा स्याउ व्यापारीलाई दिइएको छ। प्रति किसानले तीन सय देखि एक हजार बढीसम्म कार्टुन लिएका छन्। भदौ ३ गते सूचना निकालेको थियो।  

कार्टुनमा १० देखि १२ केजीसम्म अट्ने र सजिलो भएको चौलागाई कृषि तथा पशुपन्छी पालन फर्म तिला गाउँपालिका–४ नुवाकोट गाउँका किसान कुशल खत्रीले बताए। उनले तीन सय कार्टुन लिएको बताए। निवेदनमा रु १० को टिकट सहित कार्टुन माग संख्या गत आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र, नेपाली नागरिकता प्रमाण–पत्र प्रतिलिपी र उधोग/फर्म दर्ता प्रमाणपत्र प्रतिलिपि आवश्यक काजगात पेस गर्नुपर्ने हुन्छ।

अहिलेसम्म कमला जनरल स्टोर एण्ड सप्लायर्स,सिस्ने जलजला कृषि तथा पशुपन्छी पालन फर्म, कालिका कृषि तथा पशुपन्छी फर्म, डी.बि जनरल स्टोर, स्मार्ट एग्रो फर्म, जस्मिन कृषि फर्म, संयुक्त कृषि तथा पशुपन्छी पालन फर्म, विकास खुद्रा पसल, मनका एण्ड बिपना पशुपन्छी पालन उद्योग, स्टार एग्रो फर्म र चौलागाई कृषि तथा पशुपन्छी पालन फर्मले लिएका छन्। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस