अमरसिंह माविका अस्थायी टहरा हटाइयो
०५ जेष्ठ २०८३
•
२ मिनेट पाठ
अमरसिंह माविका अस्थायी टहरा हटाइयो
पोखरा अमरसिंहचोकमा हटाइएको अस्थायी व्यावसायिक टहरा। तस्बिरः नागरिक
अमरसिंह नमूना माविको खेलमैदानमा बनेका अस्थायी व्यावसायिक टहरा हटाइएको छ। पोखरा महानगरपालिका– १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानको अग्रभागमा अस्थायी टहरा बनाएर लामो समयदेखि त्यहाँ व्यावसाय संचालन गरिएको थियो।  




पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा रहेका व्यवसायिक सटरहरु व्यावसायीले नै हटाएका हुन्। टिनका टहरा बनाई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले पोखरा महानगरपालिकाको रोहवरमा विद्यालयसँग समन्वय गरी ती टहरा हटाएका हुन्। विद्यालयले सुचना निकालेर टहरा हटाउन व्यावसायीलाई आग्रह गर्दै आएको थियो। मंगलबार त्यहाँबाट ५१ वटा टहरा हटाइएको छ। व्यावसायी आफैले टहरा नहटाए विद्यालयले नै हटाइदिने भनेर विद्यालयले नै १५ दिने सूचना प्रकाशित गरेको थियो।  

‘हामीले नै व्यावसायीलाई टहरा हटाउन भन्यौ। बारम्बारको प्रयासपछि अहिले टहरा हटेका छन,’ विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले भने, ‘अब त्यो ठाउँ सफा हुनेछ। समाजले आवश्यकता ठानेका संरचना बन्नेछन्।’ पोखरा भित्रिने मुख्य प्रवेशद्वारमै टहरा सहितका ती व्यावसायिक संरचनाले पोखराको सौन्दर्यता समेत बिगारेको गुनासो बारम्बार आउने गरेको थियो।

विद्यालयले उक्त जग्गालाई २०३६ सालदेखि नै भाडामा दिँदै आएको थियो। टहरा बनाएर व्यावसायीले सस्तो भाडादरमा उक्त ठाउँमा व्यावसाय संचालन गर्दै आएका थिए। सस्तो भाडादरमा बसेर व्यावसाय गरिरहेकाले विद्यालयले चाहेर पनि व्यावसायी हट्न मानेका थिएनन। पोखरेलका अनुसार आठ रोपनी क्षेत्रफलमा त्यहाँ सटर बनाइएको थियो। खेलमैदान, पठनपाठन हुने भवन सहित विद्यालयको नाममा २ सय ७ रोपनी जग्गा रहेको छ। विद्यालयको खेलमैदानको दक्षिणतर्फको जग्गामा व्यावसायिक टहरा बनाइएको थियो।

प्रधानाध्यापक पोखरेलका अनुसार ती सटरबाट विद्यालयले मासिक २ लाख ३८ हजार भाडा विद्यालयले पाउँदै आएको थियो। उक्त रकम विद्यालयले शैक्षिक गतिविधिमा खर्चदै आएको थियो। आन्तरिक श्रोतबाट राखिएका शिक्षकका लागि पारिश्रमिक दिन त्यही आम्दानी खर्च हुँदै आएको विद्यालयको भनाई छ।

‘हामीले व्यावसायिक टहरा बनाएर राखेको जग्गा सफा गरेका हौ। अब समाजले आवश्यकता ठानेका संरचना त्यहाँ बनाइनेछ’ उनले भने। उनका अनुसार अहिले नै व्यवासायिक भवन बनाउने भन्ने निर्णय भएको छैन। तर व्यवासायिक भवन बनेको खण्डमा भने अहिले व्यावसाय गरिरहेका व्यावसायीलाई नै प्राथमिकता दिने पनि उनले बताए।  

विद्यालयका लागि आवश्यक परेमा उपयोगी हुने संरचना उक्त जग्गामा बन्ने उनको भनाई छ। विद्यालयको उक्त खेलमैदान अरुबेला पनि राजनीतिक भेलाका लागि उपयोग हुँदै आएको छ। विद्यालयको खेलमैदान भएपनि उक्त मैदानमा खेल भन्दा बाह्य गतिविधि बढि हुने गरेका छन्।  

महानगरले पनि विद्यालयको जग्गामा बनेका ती संरचना हटाउन व्यावसायीलाई दवाव दिएको थियो। महानगरले पनि सहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गका रुपमा रहेको अमरसिंह क्षेत्रमा रहेका ती टहराका कारण अस्वाभाविक देखिएको बताएको छ। टहरा हटाएर व्यवसायीले महानगरपालिकाको सहरी सौन्दर्यीकरणको अभियानमा साथ महानगरका प्रमुख धनराज आचार्यले बताए। ‘लामो समयदेखि व्यावसाय सञ्चालन गर्दै आइरहेका व्यावसायीलाई पुनस्र्थापना गर्ने सम्बन्धमा विद्यालयसँग आवश्यक छलफल तथा समन्वय गरिनेछ,’ उनले भने।  
अर्को समाचार
जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति
०१ मंसिर २०८०
•
२ मिनेट पाठ
जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति
जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ। स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ।




दसैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ आंशिक गरी २४ वटा र सल्ल्यानमा तीन वटा पूर्ण क्षतिसहित कूल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति भएको छ। स्वास्थ्य संस्थामा भएको क्षतिको आकलन भइरहेकाले यो सङ्ख्या बढ्ने जनाइएको छ। ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या भएको छ। भवनमा क्षति भएकामा अस्थायी रूपमा त्रिपाल राखेर स्वास्थ्य सेवा प्रवाह गरिएको निर्देशक खड्काले बताए। 

दुई सय आठ विद्यालयमा क्षति

भूकम्पबाट दुई सय आठ विद्यालयमा पूर्ण क्षति भएको छ। करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएका जनाइएको छ। जाजरकोटमा एक सय ७३ र रुकुमपश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी पाँच सय ८१ र रुकुमपश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन्। मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा दुई सय आठ पूर्ण र चार सय १८ आंशिक तथा रुकुमपश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति भएको बताए।  

भूकम्पबाट जाजरकोटमा २२ हजार सात सय ५९ र रुकुम पश्चिममा १७ हजार तीन सय ५१ गरी कूल ४० हजार एक सय १० विद्यार्थी प्रभावित भएका उक्त मन्त्रालयले जनाएको छ। 

मनोविमर्शकर्ता परिचालन

भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुमपश्चिमका गरी ३३ मनोविमर्शकर्ता परिचालन गरेको छ। जाजरकोटमा २१ र रुकुमपश्चिममा १३ मनोविमर्शकर्ता परिचालन गरिएको हो। रासस
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस