चीनतर्फका तीनवटै व्यापारिक नाका ठप्प: अर्बौंका गाडी सडक र नाकामै अलपत्र
१४ असोज २०८३
•
४ मिनेट पाठ
चीनतर्फका तीनवटै व्यापारिक नाका ठप्प: अर्बौंका गाडी सडक र नाकामै अलपत्र
बाढीपहिरोका कारण चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका र सडक अवरुद्ध भएपछि अर्बौं रुपैयाँ मूल्यका सवारी साधन सडक र भन्सार नाकामै अलपत्र परेका छन्। रसुवागढी, तातोपानी र कोरला नाकामा अवरोध भएपछि चीनबाट हुने सवारी साधनको आयात तथा ढुवानी प्रभावित भएको हो।




दसैंको मुख्य व्यापारिक सिजन सुरु हुनै लाग्दा नाका तथा सडक अवरुद्ध भएपछि अटोमोबाइल व्यवसायी थप समस्यामा परेका छन्। बाढीपहिरोका कारण बुकिङ भएका सवारी साधन समयमै ग्राहकलाई हस्तान्तरण गर्न नसकिएको व्यवसायीले बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार रसुवागढी–केरुङ नाका अवरुद्ध भएपछि करिब एक हजार सवारी साधन कोरला नाकातर्फ पठाइएको थियो। कोरला नाका जोड्ने सडकसमेत अवरुद्ध भएपछि ती सवारी साधनको ढुवानी प्रभावित भएको उनले बताए।

‘रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकातर्फ सवारी साधन पठाएका थियौं। अहिले त्यहाँ जाने सडकसमेत अवरुद्ध भएपछि आपूर्ति व्यवस्थामै समस्या आएको छ’, उप्रेतीले भने, ‘दसैं–तिहारका लागि ग्राहकलाई दिएको समयमै गाडी उपलब्ध गराउन नसक्नु व्यवसायीका लागि ठूलो समस्या हो।’

उनका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै करिब ६ अर्ब ७० करोड रुपैयाँका सवारी साधन आयात भएका छन्। दसैंलाई लक्षित गरेर बुकिङ गरिएका सवारी साधन सडक अवरोधका कारण ग्राहकसम्म पुर्‍याउन नसकिएको उनले बताए।

गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवागढीस्थित भन्सार कार्यालय, भन्सार यार्ड, मितेरी पुल र पहुँच सडकमा क्षति पुर्‍याएको थियो। बाढीका कारण भन्सार क्षेत्रमा रहेका सवारी साधन तथा मालवाहक कन्टेनरसमेत प्रभावित भएका छन्।

रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार बाढी आउँदा तीन सयभन्दा बढी विद्युतीय सवारी साधन तथा ट्रक भन्सार जाँचपासको प्रक्रियामा थिए। टिमुरे बजारदेखि रसुवागढीसम्म सडकमा रोकिएका सवारी साधनको यकिन संख्या भने अझै स्पष्ट नभएको उनले बताए।

व्यवसायीका अनुसार बाढीका बेला भन्सार प्रक्रिया पूरा गरेर बाहिरिएका ७० देखि ८० वटासम्म सवारी साधनसमेत सडकमा रोकिएका थिए। त्यही क्रममा केही सवारी साधन बाढी तथा पहिरोको चपेटामा परेको उनीहरूको दाबी छ। प्रारम्भिक विवरणमा रसुवागढी क्षेत्रमा पाँच सयदेखि सात सयसम्म विद्युतीय सवारी साधन प्रभावित भएको व्यवसायीले बताएका छन्।

रसुवागढीपछि चीनबाट हुने व्यापारिक चाप कोरला नाकातर्फ सार्ने प्रयास भए पनि असोज ९ देखि ११ गतेसम्म परेको अबिरल वर्षाका कारण कालीगण्डकीमा आएको बाढीले कोरला नाका जोड्ने सडकमा समेत क्षति पुगेको छ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गअन्तर्गतका केही पुलका एप्रोच सडक बगेपछि बेनी–जोमसोम सडक खण्ड हुँदै कोरला जाने मालवाहक सवारी साधनको आवागमन रोकिएको हो।

कोरला नाका र त्यहाँको भन्सार कार्यालय सुरक्षित रहे पनि नाकासम्म पुग्ने सडक अवरुद्ध भएपछि चीनबाट सामान तथा सवारी साधन ल्याउन समस्या भएको व्यवसायीले बताएका छन् । यस्तै तातोपानी नाकामा पनि पहिरोको जोखिमका कारण कार्गो आवागमन प्रभावित भएको छ।

नाडाका अध्यक्ष उप्रेतीले दसैं नेपाली अटोमोबाइल व्यवसायको प्रमुख बिक्री सिजन भएकाले सडक अवरोधले व्यवसायमा प्रत्यक्ष असर परेको बताए। उनका अनुसार सवारी साधन ढुवानीमा ढिलाइ हुनुका साथै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा समय र लागतसमेत बढेको छ।

‘सरकारले बिग्रिएका सडक यथाशीघ्र सञ्चालनमा ल्याएर आवश्यक ठाउँमा बेलिब्रिज निर्माण गर्न सके रोकिएका सवारी साधन ल्याएर ग्राहकलाई उपलब्ध गराउन सकिन्छ’, उप्रेतीले भने। सडक अवरोधको असर सवारी साधनमा मात्र नभई स्पेयर पाट्र्स, सर्भिसिङ, टायर र लुब्रिकेन्ट्स लगायत सहायक व्यवसायमा समेत परेको उनले बताए।

यस वर्ष दसैंको घटस्थापना असोज २५ गते परेको छ। दसैं नजिकिँदै गर्दा सवारी साधनको माग बढ्ने भए पनि आपूर्ति सुनिश्चित हुन नसक्दा बुकिङ गरेका ग्राहकलाई समेत प्रतीक्षा गर्नुपर्ने अवस्था आएको व्यवसायीको भनाइ छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीका वस्तु आयात गरेको छ। रसुवागढी र कोरला नाका अवरुद्ध भएपछि चीनबाट आउने सामानका लागि भारत हुँदै लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीले बताएका छन्।

रसुवागढी नाका विद्युतीय सवारी साधन आयातको प्रमुख प्रवेशद्वारका रूपमा विकास हुँदै आएको थियो। आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट ६ हजार पाँच सयभन्दा बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएको थियो। सोही अवधिमा सवारी साधन तथा अन्य वस्तुको आयातबाट रसुवा भन्सार कार्यालयले १५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो।

नाका तथा सडक अवरोधको असर चीनतर्फसमेत परेको व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार नेपालका लागि सामान बोकेका कन्टेनर तथा मालवाहक सवारी साधन केरुङतर्फ रोकिएका छन्। करिब २० वटा सामान लोड भएका तथा सिल गरिएका गाडी केरुङमै रोकिएको व्यवसायीको भनाइ छ।

अटो व्यवसायीले अवरुद्ध सडक तथा राजमार्ग तत्काल सञ्चालनमा ल्याउन, क्षतिको विवरण संकलन गर्न र रोकिएका सवारी साधनको ढुवानी सहज बनाउन सरकारसँग आग्रह गरेका छन्। सडक सञ्चालन भएपछि नाकामा रोकिएका सवारी साधनलाई प्राथमिकताका आधारमा गन्तव्यसम्म पुर्‍याउनुपर्ने उनीहरूको माग छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस