एक महिनादेखि लाइसेन्सका सबै काम बन्द
२३ असोज २०८२
•
३ मिनेट पाठ
एक महिनादेखि लाइसेन्सका सबै काम बन्द
फाइल तस्बिर
सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा विगत एक महिनादेखि ठप्प भएको छ। यसबाट लाइसेन्स नभई नहुने तथा वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी गरेका सेवाग्राहीहरू मारमा परेका छन् ।  




यातायात व्यवस्था विभागका अनुसार जेनजी आन्दोलनपछि लाइसेन्स छाप्ने, नयाँ लाइसेन्सका लागि अनलाइनबाट निवेदन लिने, राजस्व बुझ्ने, लिखित तथा प्रयोगात्मक परीक्षा लिनेसम्बन्धी सबै काम बन्द भएको छ। यसै गरी भदौ २२ गतेभित्र सवारी चालक अनुमति पत्र लागि प्रयोगात्मक तथा लिखित परीक्षा पास गरेका तथा राजस्व बुझाउन नसकेका सेवाग्राहीले राजस्व समेत बुझाउन पाएका छैनन्।

यसबाट चालकले प्रयोगात्मक परीक्षा पास गरेको मान्यतासमेत पाउन सकेका छैनन्। लाइसेन्ससम्बन्धी सबै काम बन्द भएपछि वैदेशिक रोजगारका लागि विभिन्न देशमा जान तयारी गरेका सेवाग्राहीले लाइसेन्स कार्ड पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले लाइसेन्स छाप्न तयारी अवस्थामा राखिएको कार्ड तथा लाइसेन्स छाप्ने मेसिनसमेत जेनजी आन्दोलनका क्रममा जलेपछि लाइसेन्स छाप्ने काम स्थगित गरिएको बताए।

उनका अनुसार आन्दोलनबाट लाइसेन्ससम्बन्धी सर्भर तथा सिस्टमसमेत ध्वस्त भएको छ। लाइसेन्ससम्बन्धी काम पुनः सुचारु गर्ने प्रयास भइरहेको उनले बताए। ‘हामीले प्रयास गरिरहेका छौँ। दश/प्रन्ध दिनभित्र काम सुरु गर्ने हाम्रो तयारी छ,’ उनले भने। तिवारीका अनुसार यसअघि एक दिनमा देशभरिका ४३ वटा यातायात व्यवस्था कार्यालयबाट नयाँ लाइसेन्स लिन अनलाइन सेवाबाट दुई हजार पाँच सयदेखि तीन हजारसम्म आवेदन आउने गरेको थियो। अब यो काम ठप्प भएको छ।  

उनका अनुसार हाल करिब २० लाख सेवाग्राही लाइसेन्स कार्डका लागि प्रतीक्षा गरिरहेका छन् तर उनीहरूले लाइसेन्स कहिले पाउँछन्, त्यसको टुङ्गो छैन । विभागले सेवाग्राहीको मागअनुसार समयमा कहिल्यै पनि लाइसेन्स कार्ड दिन सकेको छैन । सवारी चालक अनुमति परीक्षा पास गरेको ५÷६ वर्षसम्म पनि जनताले लाइसेन्स पाउन सकेका छैनन्।  

नयाँ परीक्षा स्थल खोल्न जारी गरियो सूचना यातायात व्यवस्था कार्यालय, बनेपाले नयाँ परीक्षास्थल (ट्रायल सेन्टर) खोल्न १५ दिने सूचना निकालेको छ। मिलोमतोबाट एउटा ड्राइभिङ स्कुललाई ट्रायल परीक्षा लिन अनुमति दिने उद्देश्यबाट सूचना निकालेको भन्दै ड्राइभिङ स्कुलसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाबाट व्यापक विरोध भएपछि बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयले बनेपाले निकालेको सूचना सच्याउने निर्णय गरेको छ।  

मन्त्रालयका सचिव वीरेन्द्र भारतीले बनेपाले निकालेको सूचना सच्याएर शुक्रबार अर्को सूचना निकाल्ने बताए। ‘करिब ६ महिनाअघि पनि हामीले सूचना निकालेका थियौँ। त्यति बेला कसैबाट आवेदन नपरेपछि त्यो सूचना रद्द गरेर यस पटक पुनः अर्को सूचना निकालेका हांै,’ भारतीले भने, ‘फूलपातीको अघिल्लो दिन निकालेको सूचनाको अवधि सकिँदै छ। त्यस सूचनालाई सच्याई शुक्रबार अर्को सूचना निकाल्दैछौं।’  

यसअघि बनेपाले निकालेको सूचनामा केही त्रुटि भएपछि सूचना सच्याउन निर्देशन दिएको उनले बताए। यसै गरी बुधबार नै ड्राइभिङ स्कुल अफ नेपाल, काभ्रेका उपाध्यक्ष रुपेश काफ्ले, ड्राइभिङ स्कुल सङ्घ, ललितपुरका अध्यक्ष विष्णुराज खड्का, ड्राइभिङ स्कुल सङ्घ, भक्तपुरका अध्यक्ष रामभाइ बानिया तथा ड्राइभिङ स्कुल सङ्घ, काठमाडौँका अध्यक्ष रमेश खत्रीले संयुक्त विज्ञप्ति निकाली बडादसैंको मौका छोपेर यातायात व्यवस्था कार्यालय, बनेपाले परीक्षास्थल छनोटसम्बन्धी निकालेको सूचना तत्काल रद्द गर्न माग गरेका छन्।  

उक्त सूचनामा टेन्डर खरिद–बिक्री प्रक्रियामा कर्मचारीहरू र सरकार नै लागेको आशङ्कालाई बलियो बनाएको उनीहरूको भनाइ छ। ‘दसैँ पर्वको पूर्व सन्ध्यामा नियतवश नै एउटा मात्र ट्रायल सेन्टरबाट परीक्षा दिन अनिवार्य गराएर काभ्रेपलान्चोक जिल्लाभर क्रियाशील र सबै मापदण्ड पुगेका अरू ड्राइभिङ स्कुलहरू सबैलाई बाइपास गर्ने सर्तहरू राखी यातायात व्यवस्था कार्यालयको वेबसाइटमा नदेखिने गरी सूचना प्रकाशन गरेकाले उक्त सूचना तत्काल रद्द गर्न सरकारसँग माग गर्छ,’ विज्ञप्तिमा भनिएको छ। उक्त सूचना रद्द नभए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी बागमती प्रदेश सरकारले लिनुपर्ने चेतावनी समेत दिइएको छ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस