यौनकर्मीले सादा पोसाकमा छड्के निस्केका एसपीलाई नै 'जाने हो' भनेपछि...
२६ असोज २०८२
•
६ मिनेट पाठ
यौनकर्मीले सादा पोसाकमा छड्के निस्केका एसपीलाई नै 'जाने हो' भनेपछि...
नेपालगन्जको रात सधैँ रंगीन रहन्छ। दिनभरको भीडभाड, बजारको कोलाहल थामिएपछि बसपार्क वरिपरि भने अर्को संसार बाँचिरहेको हुन्छ, ‘जहाँ कानुनको आँखाले देख्न नसक्ने धेरै गतिविधि चलिरहेका हुन्छन्।’ यही संसारभित्रको यथार्थ बुझ्ने एउटा साहसिक प्रयास थियो, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको रातको छड्के अभियान।




ती रात उनी कुनै ठूलो फौज लिएर होइन, सादा पोसाकमा एकजना (प्रहरी नायब निरीक्षक) सईसहित निस्किएका थिए। उनको रातो पिलेट गाडी बिस्तारै बसपार्कतिर गुड्दै थियो। सहरका अधिकांश बत्तीहरू निभिसकेका थिए, तर बसपार्क नजिकको हल्का निलोरातो बत्तीमा भने जीवन अझै जागिरहेको देखिन्थ्यो। गाडी रोकियो। केही क्षणमै दुईजना युवती गाडीको ढोका नजिक आइपुगिन्। ती युवतीहरूको आँखामा परिपक्वताभन्दा बढी संघर्षको रेखा देखिन्थ्यो। उनीहरूले सहज स्वरमा सोधिन्, ‘जाने हो?’ कहाँ? ‘मात्र पाँच सय।’

एकछिनका लागि एसपी जिसी अचम्ममा परे। आफ्नो परिचय खुलाउने समय थिएन। उनले हल्का मुस्कानका साथ भने, ‘हामी अरु पनि छौं साथीहरू।’ युवतीहरू पनि नबुझ्ने होइनन्, उनीहरूले थपिन्, ‘हुन्छ, अरूलाई पनि बोलाउँछु।’ त्यसपछि एसपी जिसीले गाडीको ढोका खोल्दै भने, ‘पैसा छैन।’ त्यो रातको त्यो संवाद त्यत्तिमै सकियो, तर त्यसले जसरी उनलाई झस्कायो, त्यसले नेपालगन्जको बसपार्क क्षेत्रबारे उनको बुझाइ नै परिवर्तन गरिदियो। प्रहरीका रिपोर्टहरू र तथ्यांकले नदेखाएको कुरो उनले आफ्नै आँखाले देखें। केही समयपछि उनले यौन कारोबार, लागूऔषध र अस्वाभाविक गतिविधि भइरहेका ठाउँहरूको सूक्ष्म अनुगमन गर्न थाले।

केही दिनमै उनले गुप्त अनुसन्धान सुरु गरे। प्रहरीले पहिले पनि त्यस्ता ठाउँहरूमा छापा हानेका थिए, तर यसपटक कुरा फरक थियो, ‘मुख्य अधिकारी आफैं मैदानमा थिए।’ उनले गाडीमा यात्रु बनेर हिँड्दा, सडकमा हिँड्दा, क्याफे र होटेल छेउछाउमा हेरिरहेका थिए कसरी रातमा अपराधको व्यापार बाँचिरहेको छ। बिहीबार राति, केही साता लामो तयारीपछि, एसपी जिसीले आफ्नो टोलीलाई संकेत दिए। नेपालगन्जका विभिन्न चार क्षेत्रबाट संकास्पद स्थानहरूमा एकसाथ प्रहरी परिचालन भयो। नेपालगन्जको मिलन कटेज, भेरी कर्णाली होटेल, रिभरसाइड र दँगाली होटेलमा छापा मार्दा ३१ महिला र १४ पुरुषलाई प्रहरीले नियन्त्रणमा लियो। पक्राउ पर्नेमा आठजना भारतीय युवकसमेत छन्। प्रहरीका अनुसार होटेल तथा रेस्टुरेन्ट सञ्चालकसमेत नियन्त्रणमा छन्। ती होटेल तथा रेस्टुरेन्टमा अनैतिक गतिविधि भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

बाँके आएदेखि एसपी अंगुर जिसी रातभरि अपराध अनुसन्धानका लागि सादा पोसाकमा छड्के निस्किन्छन्। दिउसो योजना बनाएर अपराध न्यूनीकरणका लागि अभ्यास गर्छन्। पछिल्लो साता उनले चोरी नियन्त्रण, जुवातास र यौन क्रियाकलापमा उल्लेख्य सुधार गरेका छन्।
कसैले गरिबी, कसैले पारिवारिक समस्या, कसैले दलालको प्रलोभनका कारण त्यस संसारमा पुगेका थिए। प्रहरी प्रमुख जिसीका लागि त्यो रात एक किसिमको खुला किताब भयो। उनले पछि भने, ‘कसैको पीडा र अपराधको जालबीच सिमाना यति धमिलो छ कि त्यसलाई बुझ्न मान्छेले आफैं त्यहीँ पुग्नुपर्छ।’ बसपार्क क्षेत्रको समस्या पुरानो हो। भारतसँगको खुला सीमाका कारण अवैध कारोबार र यौन व्यापार यहाँ सजिलै फैलिए। बिचौलिया समूहहरूले आर्थिकरूपले कमजोर महिलाहरूलाई प्रयोग गर्न थाले। तर प्रहरीको निगरानी सीमित हुँदा समस्या मौलाउँदै गएको थियो। त्यसैले एसपी जिसीले अपनाएको ‘मैदानमै जानु, आँखा खुलाएर हेर्नु’ शैली प्रभावकारी सावित भयो। अभियानपछि प्रहरीले बसपार्क वरिपरिका होटेल र सवारी व्यवस्थापनमा पनि कडाइ गर्‍यो। राति ९ बजेपछि सन्देहास्पद व्यक्तिहरूको गतिविधि नियन्त्रण गर्न ‘मोबाइल पेट्रोलिङ’ बढाइयो। होटेल व्यवसायीहरूसँग सहमति गरेर ग्राहकको परिचय अनिवार्य गर्ने नियम लागू गरियो।

तर, यो मात्र सुरुवात थियो। एसपी जिसीले त्यसपछि पनि सादा पोसाकमा बारम्बार निरीक्षण गर्ने क्रम जारी राखे। कहिले टेम्पोमा यात्रु बनेर, कहिले चिया पसलमा साधारण नागरिकको रूपमा। उनले बुझ्न खोजेका थिए, नेपालगन्जको रात किन असुरक्षित बन्दै गएको छ। नेपालगन्जका नागरिकहरूले पनि भिन्न वातावरण महसुस गर्न थालेका छन्। रातको समयमा हुने अनावश्यक भीड घटेको छ, होटेल क्षेत्र नियमनमा आएको छ। यद्यपि, समस्या पूरै अन्त्य भएको छैन, तर एसपी जिसीले दिएको सन्देश स्पष्ट छ, ‘प्रहरीको आँखाले मात्र होइन, मनले पनि अपराध बुझ्नुपर्छ।’ त्यो रात, जब उनले यौनकर्मीको सोधिएको ‘जाने हो?’ भन्ने प्रश्न सुने, त्यो सामान्य संवाद थिएन। त्यो संवादले एउटा प्रणालीको नांगो यथार्थ खोलेको थियो जहाँ राज्य र समाजको नजरभन्दा पर, बेथितिहरू खुला रूपमा बाँचिरहेका थिए।

आज पनि नेपालगन्जको बसपार्क क्षेत्र रात परेपछि जाग्छ। तर, त्यो रातपछि प्रहरी पनि त्यहीँको अँध्यारोमा उज्यालो लिएर निस्किन सिकेको छ। एसपी जिसीको सादा पोसाकको त्यो यात्रा केवल एउटा छड्के मात्र होइन त्यो अपराधविरुद्धको सन्देश थियो, कि प्रहरी जब नागरिक बन्ने हिम्मत गर्छ, तब अपराधीहरू डराउन थाल्छन्। र, नेपालगन्जको रात अब पहिले जस्तो छैन। त्यो रातदेखि, बसपार्कका अँध्यारो कुनामा पनि प्रहरीको नजरले प्रकाश खोज्न थालेको छ।

एसपी जिसी जिल्लामा आइसँगै रातभरि सादा पोसाकमा छड्के निस्किन्छन् र योजना बनाइ अपराधमा संलग्नलाई नियन्त्रणमा लिने गरेका छन्। ‘म यहाँ कुर्सीमा बस्न मात्र आएको होइन,’ उनले भने, ‘नागरिकलाई प्रहरी छ है भन्ने सन्देश दिन पनि आएको हुँ।’ प्रहरी छ भन्ने सन्देशभित्र ठूलो अर्थ छ। ‘अपराध गर्नुअघि सोच्नुस्, प्रहरी पनि छ है’ भन्ने सन्देशसहित प्रहरीले पछिल्लो समय अपराध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। समाजमा बढ्दै गएको चोरी, ठगी, मादक पदार्थको ओसारपसारदेखि कुटपिटजस्ता घटनालाई नियन्त्रणमा लिन प्रहरी निरन्तर फिल्डमा सक्रिय देखिन्छ। प्रहरी अधिकारीहरूका अनुसार अपराध रोकथामका लागि निगरानी, गस्ती र सूचनाको प्रयोगलाई अझ प्रभावकारी बनाइएको छ। स्थानीय समुदायसँगको सहकार्यलाई पनि प्राथमिकता दिइँदैछ ताकि अपराध घट्नुअघि नै रोकथाम गर्न सकियोस्। प्रहरी स्रोतका अनुसार ‘प्रहरी पनि छ है’ भन्ने सन्देश केवल चेतावनी होइन, अपराधीका लागि सचेत गराउने र नागरिकलाई सुरक्षामा भरोसा जगाउने प्रयास हो। अपराध नियन्त्रण प्रहरीको मात्र नभई सबैको जिम्मेवारी भएको बताउँदै प्रहरीले नागरिक सहभागिताबिना स्थायी शान्ति सम्भव नहुने जनाएको छ। प्रहरीका अनुसार समाजमा कानूनी शासन र अनुशासन कायम राख्न सबै पक्ष एकताबद्ध हुनुपर्ने र प्रहरी सधैं नागरिक सुरक्षाका लागि चौबीसै घण्टा तत्पर रहनेछ।

चार होटेलबाट ४५ जना पक्राउ

नेपालगन्जका विभिन्न चार होटेलबाट आपत्तिजनक कार्यमा संलग्न ४५ जनालाई प्रहरीले नियन्त्रणमा दिएको छ। मिलन कटेज, भेरी कर्णाली होटेल, रिभरसाइड र दँगाली होटेलमा छापा मार्दा ३१ महिला र १४ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा आठजना भारतीय युवकसमेत छन्। प्रहरीका अनुसार होटेल तथा रेस्टुरेन्ट सञ्चालकसमेत नियन्त्रणमा छन्। ती होटेल तथा रेस्टुरेन्टमा अनैतिक गतिविधि भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। होटेलहरूबाट यसरी रंगेहात अनैतिक कार्य गरिरहेको अवस्थामा महिला पुरुष पक्राउ पर्नुले नेपालगन्जका केही होटेलमा अवैध कार्य निरन्तर भइरहेको प्रमाणित भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको निर्देशनमा शुक्रबार साँझ ति होटेर तथा रेष्टुरेन्टमा छापा मारिएको थियो।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस