विद्यार्थीमा ‘देउता’ चढेपछि...
०८ जेष्ठ २०८३
•
२ मिनेट पाठ
विद्यार्थीमा ‘देउता’ चढेपछि...
जुम्लाको पातारासी गाउँपालिका–२ स्थित ऋणोमक्ष माध्यमिक विद्यालय असामान्य घटनाले शुक्रबार दिनभर तनावग्रस्त बन्यो। नियमित प्रार्थना लाइन चलिरहेका बेला एक छात्रा अचानक ठूलो स्वरमा कराउन थालिन्। केही क्षणमै अर्की छात्रा ढलिन्। त्यसपछि एकपछि अर्को गर्दै विद्यार्थीहरू रुने, चिच्याउने, शरीर काम्ने र “देउता आयो” भन्दै कराउन थालेपछि विद्यालय परिसरमा भय, त्रास र अन्योल फैलियो।




घटना बढ्दै गएपछि विद्यालय प्रशासनले पठनपाठन नै बन्द गर्नुपरेको छ। प्रधानाध्यापक कृष्ण बुढाका अनुसार अवस्था नियन्त्रणबाहिर जान थालेपछि विद्यार्थीलाई घर पठाइएको हो। “शिक्षकले सम्हाल्नै कठिन भयो,” उनले नागरिकसँग भने, “एक जना कराउन थालेपछि अर्कोमा पनि उस्तै समस्या देखिन थाल्यो। बालबालिका डराए, अभिभावक पनि विद्यालयतिर दौडिए।”  

विद्यालयका अनुसार शुक्रबार मात्रै १८ जना छात्रा र एक जना छात्रमा यस्तो समस्या देखिएको थियो। केही विद्यार्थी बेहोसजस्तै हुने, केही निरन्तर रोइरहने र केहीले अस्वाभाविक व्यवहार देखाएको विद्यालयले जनाएको छ।बिहीबारदेखि सुरु भएको यो क्रम शुक्रबार बिहान झन् तीव्र बनेपछि गाउँपालिकाको शिक्षा शाखासँग समन्वय गरेर विद्यालय बन्द गरिएको हो।

“आज त घर पठायौँ,” विद्यालयका शिक्षकहरूले भने, “तर फेरि यस्तो भए के गर्ने भन्ने चिन्ता छ। बालबालिका मात्र होइन, शिक्षकसमेत मानसिक दबाबमा छन्।”

यस्तै प्रकृतिको घटना केही दिनअघि सिंजा गाउँपालिका–६ स्थित शान्तिजन आधारभूत विद्यालय, काडागाउँमा पनि देखिएको थियो। त्यहाँका विद्यार्थी रुने, कराउने र बेहोस हुने भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो। भिडियो भाइरल बनेपछि घटनालाई ‘देउता लागेको’ भन्दै गाउँघरमा विभिन्न अड्कलबाजी सुरु भएका थिए।  

स्थानीय स्तरमा यस्ता घटनालाई अझै पनि घटना हुनेबित्तिकै धामीझाँक्री बोलाउने, पूजा गर्ने र धार्मिक व्याख्या गर्ने क्रम दोहोरिने गरेको स्थानीय बताउँछन्।तर स्वास्थ्य क्षेत्रका विज्ञहरूले भने यस्ता घटनालाई अन्धविश्वासको दृष्टिले नभई मनोवैज्ञानिक समस्याका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका मनोपरामर्शदाता नन्दराज आचार्यका अनुसार यो अवस्था ‘मास कन्भरजन डिसअर्डर’ अर्थात् सामूहिक मनोवैज्ञानिक प्रभावसँग सम्बन्धित हुन सक्छ।“डर, तनाव, सामाजिक प्रभाव र भावनात्मक असुरक्षाले विशेषगरी किशोरावस्थाका बालबालिकामा यस्तो प्रतिक्रिया देखिन सक्छ,” उनले भने, “एक जनामा देखिएको व्यवहार अर्कोमा पनि सर्ने सम्भावना हुन्छ। विशेषगरी भीडभाड, अत्यधिक गर्मी, मानसिक दबाब र डरको वातावरणमा यस्तो समस्या बढ्न सक्छ।”

कर्णालीका अधिकांश विद्यालयमा नियमित मनोसामाजिक परामर्शको व्यवस्था छैन। ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना कमजोर हुँदा यस्ता घटनालाई अझै पनि ‘देउता’, ‘भूतप्रेत’ वा ‘अलौकिक शक्ति’सँग जोडेर बुझ्ने प्रवृत्ति कायमै छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस