रासायनिक मलको हाहाकार भएको बेला अनुदानको मल जति प्लाईउड उद्योगमा बेच्ने गरिएको गुनासो आए पछि प्रशासन कार्यालयले प्लाईउड उद्योगको अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेको नेतृत्वमा गएको अनुगमन टोलीले शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकामा रहेको ५ प्लाई उद्योगमा अनुगमन गरेका हुन्।
प्रशासन टोलीले गणपति, गणेश, ईन्डो नेपाल, कृष्ण, अटल प्लाई उद्योगमा स्थलगत अनुगमन गरेका हुन । मलको हाहाकार भएको बेला अनुदानको मल प्लाई उद्योगमा बेच्ने गरिएको भन्ने जन गुनासो आए पछि आफूहरूले ५ प्लाई उद्योगमा स्थलगत अनुगमन र निरीक्षण गरेको लामिछानेले बताए । एक साता अघि नै स्थानीय सञ्चारकर्मी अंकुश श्रवास्तवले प्लाई उड उद्योगमा अनुदानको मल राखिएको भिडियो सार्वजनिक गरेका थिए । सो भिडियोले गर्दा प्लाई उड उद्योगीहरू सजग बनेको स्थानीयले बताए । अनुगमनमा रासायनिक मल प्रयोग भएको नभेटिएको लामिछानेले बताए।
यद्यपि उद्योगीहरूलाई रासायनिक मल प्रयोग नगर्ने लिखित प्रतिबद्धता समेत गराइएको उनले बताए । घातक रासायनिक पदार्थको प्रयोग गर्नु अघि प्रशासन कार्यालयसँग अनुमिति लिन र कामदारको सुरक्षाको ग्यारेन्टी हनु पर्ने निर्देशन समेत दिएको उनले बताए । शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकामा गरी ८ वटा प्लाई उद्योग छन्। श्रोत अनुसार ती प्लाई उद्योगले गमको पेस्ट बनाउनका लागि युरिया मल प्रयोग गर्ने गर्छन् । कृषकहरूका लागि आउने सहुलियतको युरिया मल सबै भन्दा बढी बहादुरगंज र त्यस आसपास रहेका प्लाई उड उद्योगले सहकारीबाट किन्ने गरेको बहादुरगंजका एक स्थानीयले बताए ।
बहादुरगंजमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र कृष्णनगरमा रहेको साल्ट ट्रेडिङबाट कोटा बापत कृषकहरूलाई बाडन पाएको युरिया मल कृषि सहकारी र डिलरबाट प्लाइ उद्योगले बढी रकम दिएर किन्ने गरेका श्रोतको दाबी छ । अनुदान मात्र नभै तस्करहरूले भारतबाट अवैध रुपमा भित्राउने युरिया मल समेत यहाँका प्लाई उद्योगमा बेच्ने गरिएको स्थानीय बताउँछन् । यस अघि प्रहरीले यहाँका प्लाई उद्योगमा अनुदानका र चाईनिज युरिया मल पटक पटक पक्राउ गरी गरेको थियो । एउटा उद्योगले दैनिक ३० देखि ५० बोरा युरियाको खपत गर्ने गरेको स्थानीय बताउँछन् । प्रजिअ दिल कुमार तामाङले प्लाई उड उद्योगलाई निगरानीमा राखिएको बताए । अनुदानको मल दुरुपयोग भएको पाइए कडा कारबाही गरिने बताए ।
पूर्व सांसद शाहले एक महिना प्लाई उद्योग बन्द गर्नुपर्ने माग
कपिलवस्तु क्षेत्र नम्बर ३ का पूर्व सांसद अभिशेक प्रताप शाहले एक महिना प्लाइउड उद्योग बन्द गर्नु पर्ने माग गरेका छन् । आफ्नो फेसबुक बालमा उनले युरिया मल को आवश्यकता किसानलाई हो प्लाई उद्योगलाई होइन भनेर पोस्ट गरेका छन् । प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराउँदै उनले एक महिना प्लाईउड उद्योग बन्द गर्न माग समेत गरेका हुन । पूर्व सांसद शाहले जिल्लामा मलको हाहाकार भएको बेला प्लाईउड उद्योगमा युरिया मलको प्रयोग गरिएकाले यस्तो माग गरेको उठाएका हुन ।